/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सिरहाको कर्जन्हा–२ की १६ वर्षिया प्रियंका यादवले यौनकाण्ड लुकाउन भाइको हत्या

Posted: 29 Oct 2017 06:02 AM PDT

कात्तिक १२ । सिरहाको कर्जन्हा–२ की १६ वर्षिया प्रियंका यादवले यौनकाण्ड लुकाउन भाइको हत्या गरेकी छिन् । यादवले साथीसँग मिलेर आफ्नै ठूलोबुवाको छोराको हत्या गरेकी हुन् । १४ वर्षिय सञ्जय साहसँगको यौन सम्बन्ध खुल्ने डरले प्रियंकाले साहसँग मिलेर ठूलोबुवा कुसुमलाल यादवको १३ वर्षिय छोरा भवेश यादवको कात्तिक ३ गते हत्या गरेको प्रहरीले जनाएको छ । हत्या घटनामा संलग्न उनीहरु दुवैलाई प्रहरीेले पक्राउ गरेर छानबिन सुरु गरेको छ । भैसी चराउन गएको वेलामा प्रियंका र सञ्जयलाई आपत्ति जनक अवस्थामा देखेका भवेशले काका र आफन्तलाई सुनाइदिने भनेपछि उनीहरु दुबै मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको आइतबार पत्रकार सम्मलेन गरी इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ । गत कात्तिक ३ गतेदेखि घरबाट हराएका भवेशको शव घर ननिकैको सिशमको जंगलमा वनमारा घारीमा कुहिएको अवस्थामा ५ गते बेलुका फेला परेको थियो । प्रियंकाले नै साथीहरुसँग भैसी चराउन गएको बेला शव देखेको र शव नजिकै भाइ भवेशको हातमा लाउने बाला र चप्पल देखेपछि भवेशकै शव भएको भन्दै घरमा खबर गरेका थिए । प्रियंका र सञ्जयले आफूहरुको यौन काण्ड सार्वजपनक नगर्न अनुरोध गर्दा उनले अभिभावकलाई सुनाउने भनेपछि आफूहरुले हत्या गर्ने योजना बनाएको कुरा प्रहरीलाई बताएको प्रहरीले जनाएको छ । 
योजना अनुरुप नै भवेशसँग समेत अतिमिल्ने र ४ कक्षामा एउटै विद्यालयमा पढ्ने साथी सञ्जयले हामीले पटाका र एउटा मोबाइल भेटेका छौं तिमीलाई पनि दिन्छौं, भन्दै घर नजिकैको वनमा लगेर हत्या गरेको सञ्जयले प्रहरीलाई बयान दिएका छन् । प्रियंका र सञ्जयले पटाका खाल्डो खनेर लुकाएका छौं, यही छ भनि भवेशलाई खन्न लगाएर उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । लाश नचिनियोस् भनेर आफूहरुले जिउ र टाउको छुट्याएर फालेको उनीहरुले सुनाएको प्रहरीले जानकारी दिएको छ । कसरी भयो अनुसन्धान ? घरबाट सञ्जय र भवेशसँगै निस्किएको र सञ्जयले भवेशलाई आफूले नचिनेको युवकसँग कुराकानी गर्न थालेपछि मलाई घर जाउ म आउँछु भनेर घर पठाएको भनेपछि प्रहरीले उसैको बयानको आधारमा स्केच फोटो बनाएको थियो । 
सञ्जयको बयानका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट आएका प्रहरीले उनीसँगै मिल्ने स्केच फोटो बनाएका थिए । उनीसँगै मिल्ने फोटो बनेपछि प्रहरीले अनुसन्धानलाई उनीहरुबितर मोडेको थियो । अनुसन्धानकै क्रममा सञ्जय पछि घर आउँदा पानीले भिजेको कपडा लगाएर आएको सूचना पाएपछि प्रहरीले केरकार गर्दा घटनाको रहस्य खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो 'अनुसन्धानको क्रममा सञ्जयलाई हामीले दिनभरी ल्याएर प्रहरीसँगै राख्ने र वेलुका घर पु¥याउने गरिरहेका थियौं, पछि प्रहरीको छानबिनको घेरमा उनी आफैं परे ।' उनीहरु दुवैलाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, २ नम्वर प्रदेशबाट आएका विशेष प्रहरीको अनुसन्धान टोली र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले हत्यामा संलग्न रहेकाले दुवैलाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।

तिलाठीवासी शाेकमा : एकै परिवारका ५ जनाकाे मृत्यु

Posted: 29 Oct 2017 02:43 AM PDT

राजविराज,१२ कर्तिक lछोराबुहारीलाई विदा गरेर बसेका तिलाठी-कोइलाडी गाउँपालिका १ तिलाठीका ८५ बर्षीय पण्डित रमानाथ झा 'हामी काठमाडौं पुग्यौं है' भन्ने फोनको पर्खाइमा थिए ।तर, उनलाई छोराको त्यो बोली कहिल्यै सुन्न नपाउने भएका छन् । झाका छोरा बुहारी, नातीहरु सवार बस त्रिशुली नदीमा खसेको छ l तिलाठी काेईलाडी गाऊपालिका १ तिलाठिका सँजित झा ५ जना अाईतवार देखि अाैफिस सुरू गर्नकाे लागि घरवाट काठमान्डाै लागि हिडेका थिए । राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धकको रुपमा कार्यरत झा सहित उनका पत्नी सिमि झा १० वर्षा छाेरा अभिनव ४ वरषका छाेरा प्रतिक भाई अनजित साली पुजा सालाे बिटु एउटै बसमा चठेर गईरहेकाे थियाे । तर सँजित सहित काेही पनि काठमानडाै पुगेन,उनीहरू ना ६ख १४६७ नम्वरकाे सन्देश गाडीवाट जाँदै गर्दा अाईतवार बिहान त्रिसुलीमा खसेपछि बसमा सवार सँजित, उनका भाइ, पतनी दुई छाेरा र साली सबैकाे मृत्यु भईसकेकाे छ । गाउँले पनि शोकमा छन् । वडाध्यक्ष दिनेश्वर मिश्रले तिलाठी गाउँमा ठूलो बज्रपात परेको बताए । उनले भने, 'गाउँका सबै जनाको आँखा रसाएको छ । बिहानै खबर सुनेकाले गाउँका सबै भोको बसेका छन् ।' संजित राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धक थिए भने उनका भाइ अन्जित निजी कलेजहरुमा पढाउँथे । संजीतका सालो बिटु र साली पूजा काठमाडौंमा अध्ययन गरिरहेका थिए । संजित राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धक थिए भने उनका भाइ अन्जित निजी कलेजहरुमा पढाउँथे । संजीतका सालो बिटु र साली पूजा काठमाडौंमा अध्ययन गरिरहेका थिए । संजितकी पत्नी सिमी र दुई छोरा उनीसँगै काठमाडौंमै बस्थे । झा परिवार दीपावलीका लागि तिलाठीस्थित घर आएका थिए । दीपावली र छठ मनाएर काठमाडौं जाँदै गर्दा दुर्घटनामा परे । 

हारको डरले संजय टकलालाई बदनाम गर्न खोजीएको हो : यादव

Posted: 29 Oct 2017 02:29 AM PDT

कार्तिक १२। जनकपुर हत्या काण्डका आरोपित पुर्व सांसद तथा चर्चित युवा नेता सन्जय साह (टकला) जेल बाट उम्मेदवारी दिने निश्चित भएको छ । नेता साह जेल बाट आफ्नै पुरानो पार्टी (मधेश क्रान्ती फोरम) को तर्फबाट स्वतन्त्र उम्मेदवारी दिने निश्चित भएको छ ।
चुनावको मुखमा आफुँ प्रति विभिन्न मिडियामा आएको समाचारहरु सत्य तथ्य नरहेको र जनता माझ विभिन्न राजनीतिक दल तथा विपक्षीहरुले बारमबार बदनाम गर्न लागेको समेत जानकारी दिए । आफुँ विरुद्ध साजिस रच्ने राजनितीक दल र विपक्षीलाई यसै चुनावबाट मुहतोड जवाब दिने र जनताको मनोभावनालाई कदर गरि आफुँ चुनावमा उठ्ने निधो गरेको समेत बताए ।
जनकपुरमा निकै बलियो पकड बनाएका नेता साह जेलबाट धनुषाको क्षेत्र नं. ३ को "क" बाट नेपाली कांग्रेसको विमलेन्द्र निधि विरुद्ध उम्मेदवारी दिने उनि निकट युवा नेता नविन यादवले बताए । यादवका अनुसार चुनाव चिन्ह अहिले टुंगो न लागेको र निर्वाचन आयोगले दिए अनुसारकै चिन्ह लिएर चुनावी मैदानमा उत्रिने बताए ।
साहको जनकपुरमा ठुलो संख्यामा भोट ब्यांक रहेको र उनी विरुद्ध काँग्रेस र तत्कालिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र उनका समर्थकहरुले षडयन्त्र गरेको अवस्थामा जेल बाट उम्मेदवारी दिई जनताको भरपुर सहानुभुति प्राप्त हुने अपेक्षा गरिएको बताए ।
आफुँ एक सच्चा मधेशी नेता भएको हुनाले कहिले मधेश को मुद्दा न त्यागने र मधेश मुद्दाको वकालत गरेकै हुनाले आफुलाइ फसाईएको समेत आरोप लगाए ।
साह एउटा ठूलो जन्यधर बोकेको नेता हो र वहाँ युवा, गरीब, असहाय र मधेशी जनताको मनमा बसेको हुनाले बिपक्षीहरुलाई हारको डरले छटपटाहट सुरु भैसकेको आफुँहरुले महसूस गरेको युवा नेता नविन यादवले बताए ।
मिडियालाई पैसा खुवाई आफुँहरु प्रती बारम्बार भ्रामक सामाचार सम्प्रेषण गर्न लगाई चुनावको मुखमा जनता माझ आफुँहरुलाई बदनाम गर्न खोजिएको प्रती  यादवले घोर भत्सर्ना समेत गर्नु भयो ।
News

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment