काठमाडौं, २० पुस । संघीय लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले पेश गरेको संविधान संशोधन विधेयक केही परिमार्जन गरेर संसदमा पर्नुपर्ने बताएको छ।
बुधबार तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको मोर्चाका संयोजक उपेन्द्र यादवले बताए।
आवश्यक परे संविधानको धारा २७४लाई खारेज गरेर भए पनि अगाडि बढ्नुपर्ने मोर्चाको भनाई छ। सर्वोच्चको फैसलालाको स्वीकार गर्दै मोर्चाले संसदीय सर्वोच्चता भनेको संसदनै भएकाले संसदबाट यसको निकास खोज्नुपर्ने यादवले बताए।
गठबन्धनले संशोधनका सम्बन्धमा यसअघि राखेको परिमार्जनको माग यथावत् राखेको छ र उसले सरकारले परिमार्जन गर्न कुनै गृहकार्य नगरेको गुनासो समेत गरेको छ। बैठकले संशोधनका सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णय उचित भएको जनाउँदै ‘अदातलले जे गर्नुपथ्र्यो त्यही गरेको’ निष्कर्ष निकालेको छ ।
बैठकमा संयोजक यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका महासचिव मनिष सुमन, सङ्घीय लिम्बूवान् पार्टी नेपालका कुमार लिङ्देन, थरुहट तराई पार्टीका भानुराम थारुलगायत उपस्थित थिए।
No comments:
Post a Comment