/ , , / प्रेस काउन्सिलले नश्लको आधारमा विभेद गरेको छ : प्रेस मञ्च

प्रेस काउन्सिलले नश्लको आधारमा विभेद गरेको छ : प्रेस मञ्च

वीरगंज, २० पुस । प्रेस काउन्सिल नेपालले मधेशका पत्रपत्रिकाहरुसँग नश्लको आधारमा विभेद गरेको आरोप सद्भावना पार्टी निकट प्रेस मञ्च नेपालले आरोप लगाएको छ । 

मञ्चका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले बुधबार एक विज्ञप्ति जारी गरी सो आरोप लगाएका हुन् । तराई मधेशका पत्रपत्रिकाहरुलाई निरुत्साहित गर्न प्रेस काउन्सिलले खास राजनीतिक दल र जातीय मानसिकताबाट निर्देशित भएर काम गरेको उनले आरोप लगाए ।

पटेलले खसबादी सोंचले ग्रसित भएर मधेशका छापा सञ्चार माध्यमहरुमाथि गरिएको विभेदलाई तत्काल सच्याउन विज्ञप्ति मार्फत जोडदार माग गरेका छन् । पटेलले २०७०।०७१ आर्थिक वर्षको वर्गिकरणमा परेका तराईका अधिकांश पत्रपत्रिकाहरुको ‘वर्ग’ घटाइएको जनाउादै मधेशका पत्रपत्रिकाहरुलाई अबमूल्यन गराउने, पुरस्कार बितरण लगायतका सुबिधाहरुमा भइरहेको बिभेदमा नेपाल पत्रकार महासंघको समेत संलग्नता रहेको बिज्ञप्ती मार्फत जनाएका छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment