कृष्ण गिरी, काठमाडौं, २० पुस । प्रमुख प्रतिपक्ष दल एमाले अहिले ‘करो या मरो’को अवस्थामा छ । संविधान संशोधनको विषयलाई लिएर झण्डै डेढ महिनायता संसद र सडक तताउँदै आएको एमाले अन्य ८ प्रतिपक्षको साथ लिएर अवको दुई दिनपछि अर्थात पुस २२ मा राजधानीमा शक्ति प्रर्दशन गर्दैछ ।
एमालेका लागि २२ गतेको शक्ति प्रर्दशन इज्जत र प्रतिष्ठासँग जोडिएको छ । सत्ता पक्षले उसलाई पटक पटक संसदमा फेस गर्न भन्दा पनि तयार नभएको प्रमुख प्रतिपक्ष सोमबार सर्वोच्चको फैसला आएपछि भने केहि लचिलो समेत बनेको छ । उसैको आग्रहमा सभामुखले पछिल्लो पटक ६ दिन संसद स्थगित गरेकी छन् ।
तरपनि, उसले पहिल्यै तय भएको शक्ति प्रर्दशनको कार्यक्रम स्थगित नगरी तयारीलाई बरु तिव्र बनाएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्राईका अनुसार शक्ति प्रर्दशनको तयारी अन्तिम चरणमा पुगेको छ । शक्ति प्रर्दशनमा दुई लाख भन्दा बढी मान्छे उर्ताने एमालेको दावी छ । तर एमाले स्रोत भन्छ –‘करिब ५० हजार भन्दा माथि मान्छे राजधानीमा उर्तान ठूलो चुनौति छ ।’
यस्तो छ तयारी
एमालेले शक्ति प्रर्दशनको तयारीस्वरुप पुस १४ गते पार्टी कार्यलयमा मोर्चाहरुको संयुक्त बैठक बासालेको थियो । बैठकमा एमालेका २२ वटा जनवर्गीय संगठनमध्ये राजधानीका १५ वटा निर्वाचन क्षेत्रमा संयोजन गर्न उनीहरुलाई संयोजक तोकेको छ । त्यस्तै आसपासका जिल्लाहरुमा त्यहिका जिल्ला अध्यक्षहरुले जनपरिचालन गर्ने प्रचार विभाग सदस्य सूर्य थापाले बताएका छन् । आन्दोलनका लागि लाखौको संख्यामा पर्चा पम्पप्लेट वितरण गरेको छ ।
एमालेको मात्रै तयारी हर्दा पनि लाखौ जनताको सहभागीता हुने थापाले बताए । थापा भन्छन् ‘उपत्यकामा मात्र एमालेका संगठित कार्यकर्ताहरु ५५ हजार भन्दा बढी छन् । हरेकले दुई जना ल्याएपनि एक लाख दशहजार हुन्छन् । यो कुनै पार्टी केन्द्रको मात्र योजना होइन हरेक एमाले सदस्यको योजना हो । त्यसकारण जनसहभागीता सोचे भन्दा राम्रो हुन्छ’ थापाले भने ।
राजधानीका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्र,नुवाकोट,धादिङ,काभ्रे,सिन्धुपाल्चोक,मकवान पुर र चितवनबाट पनि मान्छेहरु आउने छन् ।
५०० स्वयंसेवक खटिने
शक्ति प्रर्दशनलाई व्यवस्थित गर्न एमालेले युवा स्वयंसेवक खटाउने भएको छ । अन्य आठ दलहरुलाई मानिस उर्ताने जिम्मामात्रै दिएको एमालेले स्वयंसेवकको जिम्मा भने आफैले लिएको छ । थापा भन्छन् ‘यसको तयारी बिहिबार बामदेव गौतमको नेतृत्वमा तय हुनेछ ।’
स्वयंसेवकले ¥यालीलाई व्यवस्थित गर्ने देखि मंचको सुरक्षा लगायतका काम गर्ने थापाले बताए ।
कसको भागमा कति मान्छे परेका छन्
एमालेले आफ्ना सबै जनवर्गीय संगठनहरुलाई अनिवार्य मानिस ल्याउनै पर्ने जिम्मा दिएको छ । युवा संघलाई १५ हजार, विद्यार्थीलाई २० हजार, महिलालाई ५ हजार गर्दै अन्य संघ सग्ठनलाई पनि यसरी नै आ आफ्नो मोर्चाको झण्डामा कार्यकर्ता ल्याउन उर्दी जारी गरेको युवा संघका सचिव नरेश शाहिले बताए ।
प्रचारप्रसार नयाँ तरिका
प्रचार प्रसारको लागि एमालेले नयाँ तरिका अपनाएको छ । उसले वाल पेन्टीङ र भित्ते लेखन गरेको छ्रैन । बरु राजधानी लगायतका विभिन्न जिल्लाहरुमा संशोधनका बारेमा पर्चा पम्प्लेट वितरण गरेको छ । सामाजिक संजालहरुमा पनि यसको प्रचार तिब्र पारेको थापाले बताए । २१ गते मोटरसाइकल ¥याली निकाल्ने छ ।
३५ ठाँउबाट र्याली
एमालेका मात्र ३५ वटा ठाँउबाट रयालीहरु आउने छन् । अन्य दलहरुका लागि पनि विभिन्न ठाँउहरु तोकेका थापाले बताए । एमालेका मात्र ३५ ठाँउबाट विभिन्न नेताहरुको नेतृत्वमा दिउँसो १ बजे रयालीहरु रत्नपार्कमा आईपुग्ने छन् ।
राष्ट्रिय सभागृहमा मंच बन्ने
एमालेको शक्तिप्रर्दशन भने प्रर्दशनी मार्गमा हुनेछ । यत्रो जनमानस कसरी अटाउछ त भन्ने प्रश्नमा थापा भन्छन् ‘प्रर्दशनीमार्ग,भृकुटीमण्डप,विश्वभाषा
क्याम्पस,आरआर क्याम्पस,वाल्मीकी क्याम्स पुतलीसडक,लगायतका खालि ठाँउहरुमा सहभागीहरु बस्नेछन् ।खर्च आ आफैले गर्ने
यतिको जनशक्ति प्रर्दशनमा एमालेले चन्दा होइन, आन्तरिक कोषबाट खर्च गर्ने बताएको छ । हरेक कमिटिले आफैले खर्च हालेर आफ्नो व्यवस्थापन गर्ने जिम्मा दिइएको छ । त्यसकारण सबै कमिटिहरुले आ आफ्ना मातहत हुने सबैको खर्च आफै व्यहोर्ने गरी व्यवस्था मिलाएको छ । मंच,लगायतको व्यवस्थापन भने पार्टी केन्द्रले गर्नेछ । यति नै खर्च हुन्छ भन्ने अनुमान गरिनसकेको एमालेको भनाई छ ।
सहभागी दलहरु
१ नेकपा एमाले
२ नेकपा माले
३ राष्ट्रिय जनमोर्चा
४ नेपाल मजदूर किसान पार्टी
५ नेपाल परिवार दल
६ राष्ट्रिय जनमुक्ति पार्टी ९लोकतान्त्रीक०
७ नेपाःपार्टी
८ बहुजन शक्ति पार्टी
No comments:
Post a Comment