/ , , , , , / एकतालेमात्र देश शान्ति र समृद्धितर्फ बढ्छ : मन्त्री खाँड , गोलबजार नगरपालीकाद्वारा करिव १७ करोड बजेट प्रस्ताव

एकतालेमात्र देश शान्ति र समृद्धितर्फ बढ्छ : मन्त्री खाँड , गोलबजार नगरपालीकाद्वारा करिव १७ करोड बजेट प्रस्ताव

मुकेश यादब सिरहा, २७ पुस । सवैपार्टी मिलेर अगाडीवढेमात्र मुलुक शान्ति र समृद्धिको दिशामा अगाडी बढ्ने रक्षा मन्त्री बालकृष्ण खाँणले बताउनु भएको छ । गोलबजार नगरपालीकाको बुधबार तेस्रो नगर परिषद्को उद्घाटन गर्दै मन्त्री खाँणले अहिलेको अवस्थामा कुनै एउटैपार्टी वा नेताले मुलुक चलाउँछु भन्नु दिवासप्नमात्र भएको भन्दै सरकारमा रहेका र सरकार वाहिर भएका सवैपार्टी मिलेर देश संचालन गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । 


मन्त्री खाँणले मुलुक अहिले संविधान कार्यान्वयनको अवस्थामा रहेको भन्दै सम्विधान संसोधान गरेर यसलाई कार्यान्वयनमा लग्नुपर्ने जिकिर गर्नु भयो । उहाँले संविधान अपरिवर्तनिय दस्तावेज नभएको भन्दै यसलाई समय सान्दर्भिक परिमार्जन गर्दै जान सकिने पनि बताउनु भयो । 
मन्तव्यकै क्रममा मन्त्री खाँणले सम्पूर्ण नेपाली राष्ट्रवादी हो, उहाँले भन्नुभयो, ‘यहाँ कोही राष्टवादी र कोही अराष्ट्रदी छैनन् ।’ राजाले आफूलाईमात्र राष्ट्रवादी ठानेकै कारण आज यो अवस्थामा पुगेको बताउनु भयो । कुनैपार्टीले आफूलाईमात्र राष्ट्रवादी देखे उनलाईपनि जनताले एकदिन राजाकै अवस्थामा पुर्याउने मन्त्री खाँणले बताउनु भयो ।
सोहीक्रममा खाँडले सोलुमा पनि नेपाल र चिनको सीमानामा सुरक्षा निकाय छैन, दसगज्जामा पनि त्यहि अवस्था छ । त्यसठाउँमा सीमाको सुरक्षा गर्ने स्थानीय जनता नै हुन्, भन्दै मन्त्री खाँणले सवै नेपाली राष्ट्रवादी रहेको जिकिर गर्नु भयो । 

परिषद्वारा करिव १७ करोड बजेट बस्ताव
परिषद्मा आर्थिक वर्ष २०७४÷०७५ को लागि अनुमानित कुल आय १६ करोड, ७० लाख, ४८ हजार पाँच सय ७२ रुपैयाँ बजेट प्रस्थाव गरेको छ । 
जसमध्ये आन्तरिक श्रोतबाट एक करोड १६ लाख ७० हजार आठ सय ७२, स्रोत बाँडफाड (जिविस) राजस्व बाँडफाड (मालपोत) बाट ५२ लाख ७० हजार, बाह्य स्रोत अन्तर्गत नेपाल सरकार चालु अनुदान ५० लाख ६० हजार, नेपाल सरकार निशर्त पूँजीगत अनुदान ३ करोड, ६१ लख ५० हजार, नेपाल सरकार शशर्त अनुदान एक करोड, नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट एक करोड ७६ हजार दुई सय, कडक वोर्ड ४९ लाख ५० हजार, एल.जी.सी.डी.पी.बाट ३६ लाख ७० हजार सात सय, बातावरण मैत्री स्थानीय शासन कार्यक्रमबाट ९७ लाख ९० हजार, सामाजिक सुरक्षा अनुदानतर्फ पाँच करोड, ७८ लाख ८५ हजार  र अन्य स्रोत तथा निकायबाट ५० लाख गरी कुल १६ करोड, ७० लाख, ४८ हजार पाँच सय ७२ रुपैयाँको आय बजेट प्रस्ताव नगरपालीकाका कार्यकारी अधिकृत राजकुमार दासले गर्नुभएको हो । 
त्यसैगरी व्यय तर्फ सुरक्षा अनुदान खर्च समेत गरी आड करोड, ७८ लाख, ५० हजार सात सय, पूँजीगत खर्चतर्फ ७ करोड ९१ लख ९७ हजार आठ सय ७२ रुपैयाँ अनुमानित खर्च प्रस्ताव गरिएको छ । व्ययमा पूँजीगतभन्दा चालु खर्च सामाजिक सुरक्षाको एकमुष्ट पाँच करोड ७८ लाख ८५ हजार यसैमा समावेस भएकोले देखिएको अधिकृत दासले बताउनु भयो । 
चलु आर्थिक वर्षको रकमा सामाजिक सुरक्षा भत्तासमेत गरी ८५.६ प्रतिशत रकम खर्च भएको परिषद्मा सार्वजनिक गरेको छ । 






















about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment