माघ २ गते । माघ २ – उपचारको क्रममा कुवेतमा एक नेपालीको ज्यान गएको छ । धनुषाको गोपालपुर ४ का बिसुन यादवको आदान अस्पतालमा शुक्रबार निधन भएको हो । कुवेतको नेसनल खराफी कम्पनीमा कार्यरत यादव क्षयरोगबाट पीडित भएको सहकर्मीहरुले बताएका छन् । यादवलाई गएको पुस २५ गते अस्पताल भर्ना गरिएको थियो । मृतक यादव कार्यरत कम्पनी सम्पर्कमा आएको र आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल फर्काउने पहल भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
No comments:
Post a Comment