/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


निःशुल्क बाल स्वास्थ्य शिविर गौरको बाल मन्दिरमा सम्पन्न

Posted: 07 Jan 2017 06:36 AM PST

अभिमनु कुमार पटेल रौतहट २३ पुष ।रौतहटको सदरमुकाम गौरको बाल मन्दिरमा निःशुल्क स्वास्थ्य बाल शिविर संचालन भव्यताका साथ सम्पन्न भएको छ । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा तथा मधेश प्रदेश डटकम अनलाईनका अध्यक्ष अभिमनु कुमार पटेल र युवा समाजसेवी भाई नविन कुमार सिंहको आयोजनामा सो बाल शिविर परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
निःशुल्क बाल स्वास्थ्य शिविरमा नवजात शिशु तथा १८ वर्ष मुनिका बालवालिकाहरुलाई स्वास्थ्य परिक्षण पश्चात निःशुल्क औषधी समेत वितरण गरिएको छ । सो शिविर विहान ११ बजे देखि बेलुका ५ बजे सम्म बाल मन्दिरमा डा.प्रविन कुमार सिंह , डा.श्रीराम शर्मा , डा. मुन्ना राज चौहान द्धारा स्वास्थ्य परिक्षण गरिएको छ भने कार्यक्रमका प्रमुख अतिथि जनस्वास्थ्य प्रमुख डा. नवलकिशोर झाले दिप प्रज्जलन गरि उद्घाटन गर्नु भएको छ ।
सो निःशुल्क बाल स्वास्थ्य शिविर कार्यक्रममा १०० भन्दा बढी अपाङ्ग तथा ५०० भन्दा बढी दलितहरु रहेको आयोजक वर्गले जनाएका छन । सेवाग्राहीहरुमध्ये स्थानिय गौर बजारका विधालयहरुका विधार्थीहरु साथै ६० प्रतिशत भन्दा बढी ग्रामिण भेगका बाल वालिका रहेको समेत थाहा हुन आएको छ । स्वास्थ्य शिविरमा स्थानिय साथी पोली क्लीनिकका डा.आनन्द रौनियार , स्वास्थ्यकर्मीहरु , जिल्ला जनस्वास्थ्य गौरका प्रचार प्रसार प्रमुख हरेन्द्र गुप्ता , स्टार्फ नर्स लगायत सहयोगी संस्थाहरु अभियान नेपाल रौतहट , आर.डि.सि. नेपाल , वातावर तथा बाल विकास परिषद, रौतहट , ए.एच.आई.एच.एस. अस्पताल गौर ८ ,धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरुले कार्यक्रममा सहयोग गरेका छन ।
निःशुल्क बाल स्वास्थ्य शिविरमा डाक्टरहरुबाट बाल वालिका स्वास्थ्य परिक्षण गर्दा खास गरि बाल वालिकाहरुमा देखा पर्ने रोग छात्री तथा स्वास प्रश्वास सम्बन्धी रोग बढी मात्रामा पाईएको डाक्टरहरुले पुष्टी गरेका छन ।

बिष्णुपुरमा नागरिक सचेतना केन्द्रद्धारा सरसफाई

Posted: 07 Jan 2017 06:05 AM PST

राम नारायण पंडित, सिरहा, २३ पौष ।सिरहाको बिष्णुपुरमा नागरिक सचेतना केन्द्रले सरसफाई गरिएको छ । नागरिक सचेतना केन्द्र बिष्णपुरको आयोजनामा सुरु गरिएको साप्ताहिक सरसफाइ कार्यक्रम अन्तर्गत शनिबार बिष्णुपुर प्र.म. ४ मा सरसफाई गरिएको छ । अबदेखि प्रत्येक शनिबारको सरसफाई गर्ने संस्थाको संयोजक नथु महराले बताए । सचेतना केन्द्रका संयोजक महराको अगुबाईमा गरिएको सरसफाइ कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानियबासी, बुद्धिजिवी, बिद्यार्थी, शिक्षक, प्रहरी, संचारकर्मी लगायतका सहभागिता रहेको थियो ।

२० लाख भन्दा बढीको अवैध सालको काठ सहित दुई पक्राउ

Posted: 07 Jan 2017 12:18 AM PST

राम नारायण पंडित, सिरहा, २३ पौष । ईलाका प्रहरी कार्यालय मिर्चैयाको विशेष गस्ति टोलीले भारी परिमाणमा जंगली काठ सहित दुईजना लाई नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा सिरहाको बडहरामाल १ रतनपुर स्थित झाडिमा परालले छोपेर लुकाईछिपाई राखेको अवस्थामा प्रहरीको विशेष टोलीले करीब २० लाख भन्दा बढी मोल बराबरको अबैध काठ बरामद गरेको हो । पक्राउ पर्नेमा स्थानीय ५० बर्षीय भोला धामी र सिरहाकै गौतारी २ बस्ने ५२ बर्षीय शिवशंकर पासवान रहेको प्रहरीले बताए । उनीहरु काठ चिरान गर्ने मजदुर रहेको प्रहरीको भनाई रहेको छ । शुक्रबार बेलुका प्रहरीले छापामारी गर्दा अन्दाजी २० लाख भन्दा बढी मूल्य बराबरको साल, साज, सिसौ लगायत बिभिन्न जातको अबैध काठ नियन्त्रयामा लिएको छ । विशेष सुराकीको आधारमा काठ भएको ठाउँमा पुग्दा ठूलो परिमाणमा काठ, काठ चिरान गर्ने आरा सहित दुईजना फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए । ठूलो परिमाणमा काठ रहेकाले राती देखिनै उक्त स्थानमा सेक्टर बन कार्यालय मिर्चैया र प्रहरीले पहरा दिएर वसेको डिएसपीले बज्राचार्यले बताए । सिरहामा पहिलो पटक यति ठूलो परिमाणमा काठ बरामद गरिएको सेक्टर बन कार्यालय मिचैैयाका प्रमुख झरोखी साहले दाबी गरे । काठ कसको र कहाँबाट ल्याई राखेको हो भन्नेकुराको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment