Onlinesiraha-Nepali |
- ६ सय ७० पिस लागूऔषध नाइट्रोसनसहित एक पक्राउ
- गौर चपुर सडक खण्डमा कुकर बम डिस्पोज
- एउटै परिवारका ३ जना सशख्त अपाङ्गलाई सहयोग
- वर्तमान सरकारले माँग सम्बोधन नगरे महाभारतः यादब
- विद्यालय बन्द गरी कुश्ती,राज्यमन्त्री भगत र सिडियोको रमोत्सव
- स्वयंसेविका दिवशमा नि :शुल्क महिला शिविर तीन सम्मानित
६ सय ७० पिस लागूऔषध नाइट्रोसनसहित एक पक्राउ Posted: 06 Dec 2016 06:58 PM PST फिरोज शेख , लहान मंसिर २२ । केहि दिन् देखि लहान प्रहरी लागू औषधका तस्कर र प्रयोगकर्ताहरू लाई पक्राउ गर्न सक्रीय भएका छन । यसै क्रममा सिरहाको लहानबाट मंगलबार ६ सय ७० थान लागूऔषध नाइट्रोसन सहित एक जना लाई पक्राउ गरेको छ। लहान ४ स्थित बिनोद यादवको घरमा डेरा गरी बसेका सिरहा गाढा गाविस २ घर भएका २२ वर्षिय तलेश्वर यादवको कोठाबाट उक्त परिमाणको लागूऔषध बरामद गरिएको इलाका प्रहरी कार्यलय लहानका डीएसपी राज कुमार केसीले जाएका छन। डीएसपी केसी को अनुसार विशेष सुचनाको आधारमा मंगलबार बिहान यादवको दुई तले पक्की घरको तल्लो तला भाडा लिई बसेका तलेश्वरको कोठामा खानतलासी गर्ने क्रममा उक्त परिणामको लागूऔषध नाइट्रोसन ट्याब्लेट बरामद भएको हो। यादवको कोठाबाट नगद बाइस हजार तीन सय पच्चीस नेपाली रुपैया तथा भारु एक सय पचास रुपैया र एक थान मोवाइल फोनसमेत बरामद भएकोले यादव लागूऔषध बिक्रि बितरणमा संलग्न हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेका छन। बरामद लागूऔषधसहित तलेश्वरलाई इलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान भइरहेको डीएसपी केसीले जाएका छन । इलाका प्रहरी कार्यलय लहानले मिति २०७३ श्रावण १८ गते देखि २०७३ मंसिर २१ गते सम्म ४ महिनाको अबधिमा १४ जना लागु औषध कारोवारी र प्रयोगकर्ता लाई पक्राउ गर्न सफल भएका छन । |
गौर चपुर सडक खण्डमा कुकर बम डिस्पोज Posted: 06 Dec 2016 08:37 AM PST रौतहट २१ म्ंसिर ।रौतहटको गौर चपुर सडक खण्ड बिरेन्द्र राजमार्ग सुकदेव चौकमा आज बिहानै कुकर बम व्यवारीस अवस्थामा फेला परेको थियो । रातीक वेला सडक खण्डमा पर्ने पुल माथि सो बम अज्ञात समुह द्धारा लगाईएको थियो । स्थानियहरुले सो चौकमा पर्ने प्रहरी पोष्टलाई खबर गरे केही समयमै सदरमुकाम गौरबाट नेपाली सेनाको डिस्पोजल टोलीले पुगी डिस्पोजल गरेका छन । घटना स्थलमा बम फेला परे पछी ठूलो तथा साना दुरीका सवारी साधन करिब ६ घण्टा अवरुद्ध भएका थिए । घटनामा केही क्षति न भएको र हाल सम्म उक्त बमको जिम्मा कसैले लिएको छैन । |
एउटै परिवारका ३ जना सशख्त अपाङ्गलाई सहयोग Posted: 06 Dec 2016 08:00 AM PST अभिमनु कुमार पटेल रौतहट २१ मंसिर ।रौतहटको ब्रहम्पुरी गा.वि.स वडा नं ३ का एउटै परिवारका ३ जना सशख्त अपाङ्ग लाई सहयोग गरिएको छ । सशख्त अपाङ्ग भएका ब्रहम्पुरीका प्रभु महारा चमार तथा उनकी २७ वर्षीय श्रीमती रेनु देवी महारा चमार र उनका ५ वर्षीय छोरा अमृत महारा चमार समेत अपाङ्ग रहेका छन । तर एउटै परिवारका ३ जना अपाङ्ग हुदाँ सरकार पक्षबाट अपाङ्ग परिचयपत्र पाउँदा पनि सो गा.वि.स का सचिव प्रभु यादव तथा प्राविधिक सचिव शिवशंकर सिंह समेतले गा.वि.स मा सरकारबाट आएको अपाङ्ग भत्ता खाई सो भत्ता अपाङ्ग परिवार लाई नदिई अपाङ्ग भत्ता माग्न जादा सचिव यादव र सिंह समेतले कुनै कुरा नसुनि आफुले पाउने भत्ताबाट पाँच सय अपाङ्गले नदिए सचिवले धपारेर फर्काएका छन । एकै परिवारका ३ जना अपाङ्ग भएको समाचार थाहा पाउदा यसु थापा ११ हजार र जमिल अख्तरले ५ हजारका चामल ४ क्वीन्टल , ब्लैकेट २ थान तथा बच्चाहरु र आमाक लागि चिसोमा लगाउने न्यानो कपडा समेत सहयोग गरेका छन । नेपालकै धर्तीमा जन्मेका यसु थापाले आजको दिनमा देशबाट विदेश सात समुन्द्र पारि युरोपको बेल्जियममा हाल बसी रहदा पनि देशको अवस्था नाजुक रहेको र देशमा धेरै गरिब तथा अपाङ्ग भएकोले सबैलाई सहयोग गर्न इक्छुक भई देश र समाजमा केही सुधार लयाउन सोचका साथ थापाले अगाडी बढी रहेका छन । मधेशी संग कुनै भेदभाव नगरी यसु थापाले जुन यो सहयोग गर्नुभएकोमा अपाङ्ग रेनु देवि महारा र स्थानिय बासीहरुले यो योगदान माथि खुशी ब्यक्त गरेका छन । त्यस्तै रौतहट क्षेत्र नं २ गा.वि.स लौकाहा वार्ड नं ५ का समाजसेवी जमिल अख्तरले ५ हजार मुल्य बराबरको कपडा लता समेत अपाङ्ग परिवार लाई हिन्दु मुस्लिमको भेदभाव नगरी यस मानवको नाताले सहयोग गर्नु भएको छ । यहाँहरुले अगामी दिनमा पनि असहाय , दलित , गरिब र अपाङ्ग परिवारलाई यस्तै सहयोग गर्न अपेक्षा राख्दै स्थानिय पत्रकार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष एवं मधेश प्रदेश अनलाईन अध्यक्ष अभिमनु कुमार पटेल र स्थानिय सहयोगी भाई नविन कुमार सिंह , रमेश साह , मुरल पटेल समेत लाई धन्यवाद दिएका छन । |
वर्तमान सरकारले माँग सम्बोधन नगरे महाभारतः यादब Posted: 06 Dec 2016 07:51 AM PST राम नारायण पंडित, सिरहा, २१ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान सरकारले संघिय गठबन्धन सहित मधेशी मोर्चाको माँग सम्बोधन नगरे महाभारत हुने चेताबनी दिएका छन् । सिरहामा आज (मंगलबार) आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादबले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । सरकारले दर्ता गरेको संबिधान संशोधन विधेयकले देशको समस्या समाधान नगर्ने भएकोले आन्दोलनको विकल्प नभएको भन्दै अध्यक्ष यादवले आन्दोलनको सामना गर्न सरकारलाई समेत चेतावनी दिएका छन् । सिरहाको खोक्सी जानकीनगरमा आयोजित पार्टी प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ५ सय भन्दा बढी नेता कार्यकताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी सिरहाका प्रभावशाली नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका छन् । नेकपा एमालेका अञ्चल सदस्य तारणी प्रसाद यादव, क्षेत्रीय उपाध्यक्ष प्रफुल्ल सिंह, हरि यादव, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व गाविस अध्यक्ष जवाहर यादव, कांग्रेसका पूर्व गाविस अध्यक्ष रामविलास यादव, दिपेन्द्र यादव त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता रामप्रकाश दास, घुरण यादब र कामेश्बर साफी लगायत ५ सय भन्दा बढी नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेको फोरम नेता राम दयाल यादबले जानकारी दिए । सिरहाको क्षेत्र २, खोक्सी जानकीनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि एवं पार्टी अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई फूलमाला र अबीरले स्वागत गर्दै पहिचान र संघीयताको पक्षमा लाग्न आह्वान गरेका छन् । कार्यक्रममा विशिष्ठ अतिथि पार्टीका केन्द्रीय कोषाध्यक्ष विजय यादव, अतिथिहरुमा पूर्व मन्त्री राजलाल यादव, केन्द्रीय सदस्य अशेश्वर यादव, महिला फोरमकी केन्द्रीय अध्यक्ष निर्मला यादव लगायतको उपस्थिति रहेको थियो । |
विद्यालय बन्द गरी कुश्ती,राज्यमन्त्री भगत र सिडियोको रमोत्सव Posted: 06 Dec 2016 07:27 AM PST सुरेन्द्रकुमार कामति सिरहा, २१ मंसिर । कुश्ती आयोजनाको नाउँमा सिरहाको एक विद्यालय बन्द गरिएको छ । सिरहाको बेल्हामा रहेको बिष्णु चरण श्रेष्ठ माध्यमिक विद्यालय बन्द गरिएको थियोे । उक्त कुश्तीको उर्जा राज्यमन्त्री सत्य नारायण भगतले उदघाट्न गरे । कुश्ती हेर्न नेपाली काँग्रेसका समानुपातिक साँसद मो.मुक्तार राईन, प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ लगायतका जिम्मेवार निकायकै प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।विद्यालय शान्ती क्षेत्र घोषणा गराउने राज्य र तिनका निकायले नै यसको अवज्ञा गरेको देखिन्छ । विद्यालयमा अध्ययन गर्ने प्राथमिक तहदेखी माध्यमिक तहसम्मका करिब ४ सय वढी विधार्थी पढ्नवाट बन्चित भएको छ ।विद्यालयमा कुश्तीको लागि साताअघि माटो पुड्ने (अखारा बनाउने) कामले विद्यालयको पठनपाठ्न प्रभावित हुँदै आएको थियोे । विद्यालय बन्द गरिएपनि कुनैपनी सरोकारवालाले चासो व्यत्त गरेनन् । कुनैपनि वहानामा विद्यालय बन्द गर्न नहुने जानकारी भएपनि प्रध्यानाध्यापक र शिक्षकले आयोजकको दबाब थेग्न नसकेको भन्दै पंछिएको छ । विद्यालय शान्ति क्षेत्रका रुपमा घोषणा भएको बर्षौ भैसकेको भन्दै नागरिक अगुवा रामकिशोर यादवले विधार्थिको पठनपाठन कुनैपनि कार्यक्रम, मेलारउत्सवको नाउँमा बन्द गर्नु निन्दनीय कार्य रहेको बताए । जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले कुनैपनि बहाना विद्यालय बन्द गर्न नहुने बताए । सबै राजनीतिक दल, संघसंस्थाले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा गरेको भन्दै जिशिअ कर्णले विद्यालय बन्दवारे आफूले कुनै जानकारी नभएको बताए । विद्यालय बन्द गरेको बारे थपकुरा बुझेर आवश्यक कारबाही गर्ने बताए । रामजानकी विवाह महोत्सवको अवसरमा कुश्तीको आयोजना गरिएको विराट दंगल कुश्तीका अध्यक्ष हेबु मुखियाले बताए । उनले आफूहरुको नियत विधार्थिको पठनपाठन प्रभावित गर्नु नरहेको दाबी गरे । |
स्वयंसेविका दिवशमा नि :शुल्क महिला शिविर तीन सम्मानित Posted: 05 Dec 2016 07:22 PM PST फिरोज शेख लहान मंसिर २१ । महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा स्वास्थ्य , समृद्ध राष्ट्र निर्माणमा टेवा " मूल नराका साथ मनाइएको १३औ महिला स्वास्थ्य स्वयंसेविका दिवशको उपल्यक्षमा लहनको बस्तीपुर विद्यालय र बस्तीपुर स्वास्थ्य चौकी परिसरमा एक दिने नी: शुल्क महिला स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्ला स्वास्थ्य कार्यलय सिरहाको आयोजना , HC3 प्रोजेक्टको सहकार्य र ओरेक नेपाल लहानको सहयोगमा नि : शुल्क महिला स्वास्थ्य शिविर संचालन गरिएको छ । उक्त शिविरमा बस्तीपुर , गोविंदपुर र पडरियाका सयौ महिलाहरुले आ - आफ्नो स्वास्थ्य चेकजाँच गराएका छन । शिविरमा स्वास्थ्यमा समस्या देखिएपछि नि:शुल्क औषधिको पनि सुविधा उपलब्ध गराइएको छ । चेकजाँच गर्ने क्रममा केहि महिलाहरुमा पाठेघर सम्बन्धी समस्या देखिएपछि सम्बंधित ठाउमा चेकजाँच गराउन सल्लाह समेत दिइएकोछ । यसै बिच उक्त शिविरमा ३ जना स्वयंसेविका लाई काम र क्षमताविकाशको आधारमा सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा गोविन्दपुर स्वास्थ्य चौकी बाट गीता कोइराला , बस्तीपुर स्वास्थ्य चौकी बाट इसु कुमारी खडका र पड़रिया स्वास्थ्य चौकी बाट मीना कुमारी सिंह लाई अविर र दोसल्ला ओढाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा पड़रिया स्वास्थ्य चौकीको जनस्वास्थ्य अधिकृत कृष्ण प्रशाद यादव , सवास्थ्य निरीक्षक सरोज कुमार कर्ण , जिल्ला स्वास्थ्य कार्यलय सिरहाका राकेश कुमार झा , ओरेक नेपाल लहानको कार्यक्रम संयोजक नीलम कुमारी यादव , मुक्ति नेपालको रेनू कर्ण , सीनियर अहेव गंगा राम साह , महिला अधिकारकर्मी गंगा अधिकारी , देव कुमारी महरा , रीता महतो , HC3 प्रोजेक्टको भोला प्रशाद विश्वकर्मा , शेख मीडिया हाउस प्रालि , रेडियो सरगम ९३ मेगाहर्ज़का संचालक फिरोज शेखको उपस्थिति रहेको थियो । उक्त शिविरमा हाम्रै गाउघरमा पाइने विभिन्न लाभदायक स्थानीय जड़ीबूटीको पनि प्रदर्शनी गरिएको छ । कार्यक्रमा वक्ताहरुले बोल्दै महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा,योगदान र भूमिकाको प्रशंसा गरेका छन । उक्त सम्मान कार्यक्रमा सयौ स्वयंसेविका , नागरिकसमाज , भर भलादमीको उपस्थिति रहेको थियो I यसै बिच त्यहा उपस्थित सेवाग्राही महिलाहरुले बस्तीपुर स्वास्थ्य चौकीमा चर्पीको समस्या रहेको बताए । उक्त चौकीमा चर्पी रहे पनि टूटफुट भएको कारण प्रयोग बिहीन रहेको उक्त चौकीका एक स्वयंसेविकाले बताईंन । सँगै थपिन चर्पी को समस्याका कारण पनि यस भेगका महिलाहरू निरन्तर स्वास्थ्य परीक्षण गराउन आउदिनन । सं न २०१७ सम्म नेपाल लाई खुल्ला दिशा मुक्त घोषणा गर्ने निर्णय लिएको नेपाल सरकारले सब भन्दा पहिला सरकारी कार्यलयहरुमा चर्पीको उचित व्यस्वस्था सँगै अनुगमन गर्नुपर्ने देखिन्छ । यदि यस्तो गरिएन भने २०१७ के २०२० सम्म पनि नेपाल लाई खुल्ला दिशा मुक्त घोषणा गर्न नसकिने जन गुनासो बढ़न थालेको छ । सर्वसाधारण , सेवाग्राही, अधिकारकर्मी , संचारकर्मी सबैले सरकारले आफ्नै घर बाट सुरु गरेपछि मात्र जनमानसमा सकारात्मक सोच उत्पन्न हुने जिकिर सँगै यस्ता समस्याहरूको समाधान चड़ै गर्न सम्बंधित निकाय संग आग्रह गरेका छन । त्यस्तै १३औ महिला स्वास्थ्य स्वयंसेविका दिवशको अवसरमा सिरहको सदरमुकाम सिरहामा जिल्ला स्वास्थ्य कार्यलयको आयोजनामा जनचेतना मूलक रयाली निकालिएको छ । उक्त रयालीमा सयौ स्वयंसेविकाहरू सँगै अधिकारकर्मी , संचारकर्मी र स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment