सुधिर साह-व्यापारी (गोलबजार) |
पछिल्लो समय गोलबजार उद्योग व्यापार संघका चूनावी सरगर्मी बढ्दै गएको छ । चूनावी मैदानमा आउने व्यापारीहरु खुलेर नआएपनि चुनाबी प्रचारको लागी स्पष्ट रुपमा बिभाजित भएका उद्योगी तथा व्यापारीहरु आ–आफ्नो पक्षलाइ जिताउन अहिले देखिनै लागी परेका छन् भने केहि व्यापारीहरु यो एउटा गैर राजनैतीक क्षेत्रमा राजनीती गर्न खोजीएको भन्दै दुःख ब्यक्त गरिरहेका छन । जित कसको पोल्टामा पर्ने भन्ने बिषयमा आ–आफ्ना मतमतान्तर सुरुभएकोछ । त्यसमा पनी युवा प्रतीनिधीको बिषय थप पेचिलो बन्दै गएको छ । हरेक व्यापारी तथा व्यवसायीकोमा पुगेर व्यापारीका समस्या लाई बुझ्दै त्यसको समाधान हामी गछौ भनेर, समस्या समाधानका गर्ने प्रतीबद्धताका साथ गोलबजारका व्यपारीहरु अगाडि बढिरहेका छन । त्यस्तो भन्न मिल्दैन, उद्योग व्यपार संघ भनेको मात्र उद्योगि व्यपारी हरु रहेको साझा संस्था हो ।
यहाँ कुनै राजनितिक विचार धारा भएको व्यक्तिहरु रहन हुन्न भन्ने हैन तर यस संस्था भित्र चाहि राजनीती हुनुहुदैन । र हामि ले कसैलाई जिताउनु छ भने राजनिति कर्मीलाई हैन एक असल व्यपारी लाई जिताउँ । म एक युवा व्यपारी हु, सानो पुँजिबाट सुरु गरेर केही मानेमा सफल भएको हु र म युवा लाई रोजगार हैन स्वरोजगार बनाउनु पर्छ भन्ने विचार लिएर हिनेको छु । भोट दिदा कस्ले काम गर्न सक्छ र पछि व्यपारिका लागि आइपर्ने समस्याका समधान लाई निवारण गर्छ गदैन त्यसै अनुरुप भोट दिने हो । युवाको लागि तालिम गोष्ठिको आयोजना गर्ने र व्यवसायको माध्यम बाट मात्र समाज र देशको बिकास सम्भव छ भन्ने विचार युवा माझ पु¥याउदै नयाँ सिप सिकाउने र रचनात्मक कममा युवा लाइ आकर्षित गर्नु पर्ने उम्मेदवारलाई चयन गर्नु पर्ने आबश्यक्ता देखिन्छ । खास गरेर युवामा देखिने समस्या भनेको विना लगानि नाफा तर्पm आकर्शीत हुने, र अवसर नदेख्ने रोग हो । अब हामिले अवसर देखाउनै पर्छ । गोलबजारमा सर्वप्रथमत लोडसेडिङ्गको समस्या छ । स्पष्ट उद्योग निति, लगानिको वातावरण नहुनाले पनि समस्या हो । व्यापार गर्ने समय र बिमा सम्बन्धि ऐजेन्डा भएमा यहाँ उद्योग फस्टाउने स्पस्ट आधार छ ।
युवा र सवैलाई समेटेर अगाडी बढ्न सक्ने क्षमता भएका उम्मेदबारले व्यवसायीहरुको साथ रहने भएकोले त्यस्ता व्यापारी नेताको आबश्यक्ता रहेको छ । यसअघिका व्यापार समिति समय सापेक्ष तथा व्यवस्थित हुन नसकेको भन्दै अव नयाँ पूस्ताले त्यसको नेतृत्व लिनु पर्ने संकेत देखिएको छन् । व्यवसायीहरुले युवाहरुमा आफ्नो व्यवसायलाई व्यवस्थित बनाउने योजना र जागर पनि भएकोले युवा नेतृत्वलाई स्थापित गर्नु पर्ने मनस्थितिमा पुगेको युवा व्यवसायीहरुको मत रहेको छ । हामीले हाम्रो व्यवसायलाई मर्यादित, व्यवस्थित बनाउँदै उपभोक्तालाई पनि मर्कामा पार्नु नहुने आबश्यक्ता रहेको छ । सवैभन्दा पहिला उपभोक्ता र व्यवसायको सम्वन्ध राम्रो पार्न व्यसायलाई मर्यादित बनाउनु पर्ने हुन्छ । यस सँगै व्यवसायीहरुले आफ्नो व्यवसायसँगै सामाजिक विकासको दायित्व पनि वहन गर्नु पर्ने हुन्छ ।
विकासे संस्थाहरुसँग साझेदार गरी व्यवसायिक क्षेत्रमा विकास निर्माणको काममा पनि हात बढाउने आबश्यक्ता रहेको छ । अवको दिनमा युवाहरुले नै व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न सक्छ भनेर नै युवाहरुको साथमा अगाडी बढ्न चाहने युबाहरुको यहाँ जमात रहेको छ ।
गोलबजारलाई सु–व्यबस्थित बनाउन पर्यटक क्षेत्र कमलदह सरोबरलाई आकर्षक बनाउने, यहाँ भएको पौराणिक संरचनालाई सरक्षण गर्ने, ब्यापारीहरुलाई समय समयमा ब्यपार अभिबृद्धि गर्ने सम्बन्धि तालिमको ब्यबस्था गर्नु पर्छ । चुनाबी मैदानमा आउने उम्मेदबारहरुलाई अध्ययन गरि ब्यापारीहरुका हकहितमा काम गर्ने उम्मेदबारलाई छनोट गर्नु पर्ने देखिन्छ ।
No comments:
Post a Comment