सिरहा, २२ मंसिर । गोलबजारका स्थानिय ब्यापारीहरुले उद्योग व्यापार संघ गोलबजारसंग आयव्याय माँग गरेका छन् । बर्तमान कार्यसमितिले बिगत ८ बर्ष देखि लापर्वाही तरिकाले कार्यालय संचालन गरि स्थानिय ब्यापारीहरुलाई गुमराह बनाएको भन्दै ब्यापारीहरुले आयव्याय प्रस्तुत गर्न माँग गरेका छन् । आज गोलबजारमा आयोजित व्यापार संघको साधारण सभा सम्बन्धि छलफलमा स्थानिय ब्यापारीहरुले बर्तमान कार्यसमिति प्रति आक्रोश ब्यक्त गर्दै पहिला आयव्याय प्रस्तुत गर्न बर्तमान कार्य समितिसंग माँग गरेका छन् । नजिकिदै गरेको गोलबजार ब्यापार संघको चुनाबमा आ–आफ्नो प्यानल बनाई चुनाबमा होमिने तयारीमा रहेका ब्यापारीहरुले बिगत ८ बर्ष देखि हुन नसकेको चुनाबलाई अगामी चुनाबको नतिजा आ–आफ्नो पक्षमा पार्न सक्रिय भएका छन् । व्यापार संघले यहि कार्तिक १५ गते देखि मंसिर १५ गते सम्मका लागि व्यापारीहरुलाई नयाँ सदस्यताको लागि निबेदन दिन र पुरानो सदस्यतालाई नविकरण गर्नका समय दिएको थियो । यता, विगत ८ बर्ष देखि व्यापार संघको चुनाब हुन नसकेकाले अबको चुनाबले कुशल नेतृत्ब चयन गर्नमा जोड दिने गोलबजारका स्थानिय व्यापारीहरुको भनाई रहेको छ ।
No comments:
Post a Comment