पर्सा, १० पौष । विजय गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पर्सा जिल्ला कार्यसमितीका सम्पूर्ण पदाधिकारी तराई मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा० मा प्रवेश गरेका छन्।
शनिबार पर्साको रामगढवामा आयोजित एक समारोहबिच फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष शशिकपुर मिँयाको नेतृत्वमा फोरम लोकतान्त्रिकको जिल्ला समिति नै तमलोपामा प्रवेश गरेका हुन्। उनीहरूलाई अध्यक्ष महन्थ ठाकुरले टीका माला लगाएर पार्टी प्रवेश गराएका हुन्।
कार्यक्रममा तमलोपा अध्यक्ष ठाकुरले मुलुकमा हाल संविधान संशोधन चाहने र नचाहने बीच नै मुख्य द्वन्द्व रहेको बताए। उनले सरकारमा सामिल दलका नेताले नै संशोधन प्रस्तावको विरोध गर्दै पश्चिममा बन्द गरी विभेदलाई कायम राख्ने एमालेसहित मुख्य तीन दल प्रयासमा लागेको आरोप लगाए।
तमलोपा पर्साले शनिबार वीरगन्जको रामगढवामा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मुलुकमा विभेद रहेसम्म बिभिन्न जाति तथा वर्गबीच द्वन्द्व रहने भएकाले संविधानमा सबैलाई समान अधिकार दिई विभेदको अन्त्य गरे मुलुक विकास तर्फ उन्मुख हुने विचार व्यक्त गरे।
उनले सीमांकनको टुङ्गो नलागेसम्म कुनै पनि निर्वाचनको औचित्व नरहेको बताए। संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई पारित गरी संविधानलाई सर्वस्वीकार्य बनाउँदै सीमांकनको टुङगो लगाएपछि मात्र निर्वाचन सम्भव रहेको नेता ठाकुरले दाबी गरे।
सभालाई सम्बोधन गर्दै नेता ठाकुरले मधेसीको आन्दोलनलाई भारतीयले गरेका भन्ने दल र त्यस्ता नेताले नेपालमा शान्ति भएको देख्न नचाहेको बताए।
अधिकारका लागि ज्यान समेत बलिदान गर्ने मधेसीलाई विभेदमा राखी मुलुकमा द्वन्द्वकायम राखी सत्ता टिकाई राख्ने भएकाले त्यसबाट सबै नेपाली सचेत हुनु पर्ने बताए।
कार्यक्रममा तमलोपाका पार्टी प्रवक्ता बिमल प्रसाद श्रीवास्तवले अब तराईमा एमाले मुक्त अभियान चलाउन आवश्यक भएको बताए। मधेसी, जनजाति, आदिवासी, दलित महिला मुस्लिमलाई अधिकारबाट बञ्चित राख्ने एमाले र उनका नेता विरुद्ध तराईमा मात्र नभई हिमाल र पहाडमा समेत सफाई अभियान चलाउन आवश्यक रहेको नेता श्रीवास्तवले बताए।
No comments:
Post a Comment