रोयाण्टर मण्डल, सिरहा, १० पौष । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको जीवनीलाई आधार बनाएर चलचित्र निर्माण हुने भएपछि मधेश आन्दोलन र मधेशको पीडा अर्थात मधेश आन्दोलनको क्रममा दिईएका अभिव्यति सत्यतथ्य घटनाका आधार बनाएर सिरहाको लहानबाट मैथिली भाषामा फिल्म निर्माण हुने भएको छ । ओलीको जीवनीलाई आधार बनाएर चलचित्र निर्माण हुने फिल्मको नाम ‘रातो सूर्य’ राखिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा अध्यक्ष ओली आफू पनि महत्वपूर्ण सिनमा सहभागी हुने चलचित्रको निर्देशन दीपेन्द्रप्रसाद दाहालले दाबी गरेको छ । यता मधेशको अधिकारको सवालमा बारम्बार भईरहेको मधेश आन्दोलन र मधेश आन्दोलनमा आक्रमक अभिव्यक्ति दिने एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली लगायतका सन्दर्भहरुलाई कथा रुप दिई निर्माण हुने , मधेशको ऐतिहासिक भूमीप्रति गरिएको दोहन शोषण र जमिन्दारहरुले बार्षिक लगान बेलायत सरकारलाई दिने गरेको कथावस्तुमा आधारित फिल्मको नाम ‘मधेशपुत्र ’ राखिएको निर्माण पक्षले जनाएको छ । मधेशपुत्रको नाम परिवर्तन पनि हुन सक्ने सम्भावना रहेको छ ।
परिवर्तित नाम ‘मधेशक लाल’ नमाकरण गर्ने छलफल पनि चलिरहेको छ । फिल्ममा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको महत्वपूर्ण भूमिका रहने छ । कलाकारहरु दिनेश्वर गुप्ता, राजकुमार साह, महमुद आलम,बीरेन्द्र यादव, रोयान्टर मण्डल, कमल मण्डल, राजदेव यादव, संजिव झा, अरुण केसी, दिनेश रसिया, भारती गुप्ता, साविर,सन्तोष निरौला, राजकुमार राउतलगायत दूई दर्जन कलाकार रहेका छन् ।
यस फिल्मको लागि हिरोइनको खोजी भइरहेको छ । हिरोइन फिक्स भएलगतै फिल्मको कार्य अगाडि बढने छ । यता, रातो सूर्य फिल्ममा अध्यक्ष ओलीको बाल्यकालदेखि अहिलेसम्मको राजनीतिक यात्रालाई फिल्ममा देखाइनेछ । फिल्मका लागि दाहालले थुप्रै अध्ययन गरेको जनाइएको छ । त्यसैगरी, मधेशपुत्र फिल्ममा मधेश के हो रु मधेश बेलायतीका कब्जा , मधेशको संस्कृती र नेपालमा मधेश माथी भईरहेको दमन शोषन र भेदभाव र बारम्बार मधेश आन्दोलनमा सहिद भएकाहरुको सपना मधेशवादी नेता अर्थात मधेशका जनता गुलामीमुक्त भई आफ्नो रोजीरोटीको लागि खुला रुपमा काम गर्न थाल्छ । सबैको समान अधिकारको प्रतियाभूतीको महसुस गर्न थाल्छ ।
No comments:
Post a Comment