Onlinesiraha-Nepali |
तान्त्रिक विद्यामा सफलता पाउंन कमलामा भुत मेला Posted: 14 Nov 2016 02:28 AM PST दिनेश्वर गुप्ता लहान, २९ कात्तिक । अंधविश्वासलाई बढोत्तरी दिंदै तान्त्रिक विद्यामा सफलता पाउंन सिरहा र धनुषा सीमामा पर्ने कमला नदी छेउमा आज भूत मेला लागेको छ । कमला नदी किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन भूत मेला लाग्दछ । तान्त्रिक विद्या पाको हुने जनविश्वासका साथ भूत मेलामा नयाँ धामीहरु समेत सहभागि हुने गर्दछन । भूतप्रेतले हैरान पारेको तथा भविष्यमा भूतप्रेत आफ्नो घर परिवारमा नआउने विश्वासको साथ देउता भक्तालुहरुले कमला नदी किनारमा पुगि सोमबार बिहान सूर्य उदाउनु अघि स्नान गरेका हुन । स्थानीयमा रात भर देउता र भूत खेलेपछि नदिमा बिहान स्नान गरी त्यही स्थानमा दहि,च्यूरा, सखर तरकारी खाने प्रचलन रहेको छ । पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या पाको हुने, योग सिद्ध हुने, भूतप्रेत कहिले नआउने विश्वास रहेको छ । तान्त्रिक विद्या प्राप्तीको लागि ग्रामिण समुदायका मानिसहरु नदि किनारामा पुग्ने गर्दछन । मेलामा सहभागि हुन सिरहा, सप्तरी, उदयपूर, धनुषा, महोतरी सिमाबर्ति भारतको मधुबनि, दरभंगा, समस्तीपूर सहितका जिल्लाहरुबाट हजारौ मानिस पुगेका थिए । |
मधेश विरोधी गतिविधि गरेको आरोपमा एमाले विरोधमा प्रदर्शन Posted: 14 Nov 2016 02:04 AM PST ![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment