/ , , , / झापामा नागरिकताकोे ढड्डा नै गायव

झापामा नागरिकताकोे ढड्डा नै गायव

झापा, ३० गते । झापा जिल्ला प्रशासन कार्यालयद्वारा वितरण गरिएका साढे ७ सयभन्दा धेरै नागरिकताको ढड्डा ९अभिलेख० नै गायव पारिएको छ । २०६३ साल चैतमा टाघनडुब्बा गाविसमा टोलीद्वारा वितरण गरिएका नागरिकताको ढड्डा गायव भएको १० वर्ष बितिसक्दा पनि त्यहाँका कर्मचारीले गुपचुपमा राखेको रहस्य खुलेको छ ।


जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत ज्ञानेन्द्र ओझा प्रमुख रहेको टोलीले वितरण गरेका नागरिकताको सक्कल ढड्डा नै गायव पारिएको हो । भारतसँग सीमा जोडिएको टाघनडुब्बाका अधिकांश तराई मूलका नागरिकलाई वितरण गरिएका नागरिकताको अभिलेख गायव पारिएको हो । ढड्डा गायव पारिए पनि प्रतिलिपि लिन वा आफन्तका नागरिकता लिन जिल्ला प्रशासन पुग्ने त्यस क्षेत्रका नागरिकहरुलाई नयाँ नागरिकता दिने गरिएको स्रोतले बताएको छ । जिल्ला प्रशासन कार्यालयले अधिकांशलाई पहिले वितरण गरिएका नागरिकतालाई आधार बनाएर वा पुनः नयाँ नागरिकता वितरण गर्ने प्रक्रियाबाट गाविसको सिफारिसका आधारमा नागरिकता दिइरहेको प्रशासन स्रोतले बताएको छ । यस सन्दर्भमा भने कार्यालयका कर्मचारीहरुका फरक–फरक धारणा छन् ।

धेरैले नागरिकता वितरण गरिएकै दिन ढड्डा नदीमा बगाइएको र प्रमाण नष्ट गरिएको दावी गरेका छन् भने केहीले ढड्डा ‘मिसप्लेस’ भएर नभेटिएको हुन सक्ने बताए । तर ढड्डा के कारणले नष्ट भएको हो भन्ने कसैले बताउन चाहेनन् । ढड्डा गायव हुँदा झापामा जयमुकुन्द खनाल प्रमुख जिल्ला अधिकारी थिए । १० वर्षको बीचमा यहाँ शंकरप्रसाद कोइराला, नरेन्द्र दाहाल, कुमार श्रेष्ठ, यादव कोइराला, शशिशेखर श्रेष्ठ, गेहनाथ भण्डारी, नरेन्द्रराज शर्मा, एकमणि नेपाल र तेजप्रसाद पौडेलले प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यभार सम्हालेका छन् । कुनै पनि प्रमुख जिल्ला अधिकारीले यो सूचना बाहिर ल्याउन चाहेनन् । एक कर्मचारी भन्छन्, ‘जे भयो, भयो । भरसक यो विषय बाहिर नजाओस् भन्ने सबैको चाहना हो ।’ झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यस विषयमा आपूmलाई जानकारी नभएको बताए । उनले भने, ‘मलाई यस विषयमा केही थाहा छैन । नागरिकता मसम्म आइपुग्दैन, त्यसैले थाहा नभएको हो ।’ मोटो रकम लिएर भारतीयलाई नागरिकता दिइएको रहस्य नखुलोस भनेर ढड्डा गायव पारिएको अनुमान गरिए पनि तत्कालीन टोली प्रमुख ओझाले भने, ‘मैले सबै कागजात बरबुझारथ गरेको छु ।

बुझाएको पेपरसमेत लिएको छु ।’ आपूmले ढड्डा गायव नबनाएको बताउँदै उनले कार्यालयमा ढड्डा नभएको कुरा आपूmले पनि सुनेको जनाए । ओझा हाल झापाको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख छन् ।नागरिकता फाँटका एक कर्मचारीले नागरिकता लिएर आउने कतिपयसँग कुनै प्रमाण नहुने र कार्यालयसँग कुनै अभिलेख पनि नहुने भएकाले नागरिकता खिचेर राख्ने गरेको सुनाए । झापामा काम गरिसकेका एक प्रमुख जिल्ला अधिकारीले नाम नछाप्ने शर्तमा मधेशी साथीहरुले डर, त्रास, धम्की र हतियार देखाएर नागरिकता दिन दवाब दिएपछि कर्मचारी वा कसैले प्रमाण नदेखिऊन् भनेर गायव गरेको हुनसक्ने बताए ।

नागरिकता फाँटका एक कर्मचारीले भने टाघनडुब्बामा वितरण गरिएको नागरिकताको ढड्डा गायव भए पनि निर्णय फाइल फाँटमा रहेको सुनाए । ‘अर्को नागरिकता दिन निर्णय कपीकै कारण हामीलाई सजिलो भएको छ तर कुनै दिन हामी नै फँसिन्छ कि भन्ने डर छ ।’ उनले भने ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment