
’विवाह गरेको सात वर्ष भयो । तर अहिलेसम्म बच्चा जन्माउन सकेकी छैनन् दिनदिनै भूत पनि खेल्छे,’ आफनी ३० वर्षीया वुहारी रामवती देवीलाई डोर्याएर इनरुवा घाटमा आहुत सल्काएर भगता नजिक लग्दै गरेकी भारत मधुवनी जिल्लाको साहरघाटकी ५० वर्षिया सासू निर्जलादेवीले भनिन, ’कुन जोगिया भूतप्रेत पाल्नेले जादु टुनामुना गरेको छ त्यही देखाउन ल्याएको । भगताले झारफुक गरेर बच्चा हुन्छ त भन्ने प्रश्नको जवाफमा ती वृद्धाले भनिन् मेरी जेठी बुहारी रीता देवीलाई कमलामाईकी कृपाले छोरा भएको छ ।’कात्तिक पूर्णिमाका दिन कमला गंगालगायतका पवित्र नदीमा नयाँ भगता जसको जीउमाथि प्रथमपटक देवताको गात स्थायी हुने र भगताको गुण तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ । तन्त्रशास्त्र अनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ ।
टुनामुना सिकेर धामीझाँक्री र बोक्साबोक्सी बन्नेहरु सिद्धि प्राप्त गर्न कमला नदीमा स्नान गर्ने गर्छन । विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुन्छन्। आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सवोत्तम मानिन्छ । देवीदेवताको गात स्थायी होस् भनेर आआफनो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन । पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य थिए । महोत्तरी धनुषा सर्लाही सिरहा सप्तरी बारा पर्सा सुनसरी मोरङ र भारतको दर्जनौ गाउँबाट लावालस्कर का साथ काम्दै उफ्रदै घण्टौघण्टाको बाटो पैदल गई स्थान र तन्त्रमन्त्र गरेको दृश्य हेर्दा यस क्षेत्रका बासिन्दा भन्ने साह्रै रमाएका थिए ।
No comments:
Post a Comment