समग्र संदेश डट कम सम्बादाता सिन्धुली, २८ कार्तिक – विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण सर्वसाधारण समस्यामा परेका छन् । निकै न्यून संख्यामा सवारी साधन गुडेकाले स्थानीय सर्वसाधारण समस्यामा परेका हुन् । सिन्धुलीमा आज बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा स्कारपियो जिपमा आगजनी गरेका छन्।
बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा ए. ने. क. पा. माऔबादि केन्द्रका विद्यार्थी सचिवालय सदस्य पुजन सिंहको गाडीमा आगजनि गरेको हो । काठमाडौँबाट सिरहा जाँदै गरेको स १ च ११४४ नम्बरको स्कारपियोमा बन्दकर्ताले आगजनी गर्दा स्कारपियो पुर्णरुपमा जलेको जिल्ला प्रहरी र्यालय, सिन्धुलीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार पाँच सातजना बन्दकर्ताले गाडी रोकी बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइदिएका थिए । जिप्रका सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बलेरोमा आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने बताउनुभएको छ । आगजनी भएको स्कारपियोमा यात्रु नरहेको बलेरो चालक रामचन्द्र महतोले बताए। बन्दकर्ताले आफूलाई गाडीबाट निकालेर आगो लगाएको उनको भनाइ छ ।यता सिन्धुलीमा आज विगतमा हुने गरेको विप्लव माओवादीको बन्द प्रभावकारी नहुने गरेको भन्दै विद्यालय सञ्चालन गर्ने भनिए तापनि चियाबारीमा एक स्कारपियोमा आगजनी भएपछि एकाएक बन्द गरिएको छ । यस्तै सिन्धुलीमाढीमा खुलेका पसल पनि गाडीमा आगजनी भएको खबर थाहा पाएपछि बन्द गरिएको छ । बन्दले सर्वसाधारणलाई सास्ती ,१०७ बन्दकर्ता पक्राउ
विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण सर्वसाधारण समस्यामा परेका छन् । निकै न्यून संख्यामा सवारी साधन गुडेकाले स्थानीय सर्वसाधारण समस्यामा परेका हुन् । बन्द गराउन निस्केका विप्लव माओवादीका एक सय ७ जना नेता९कार्यकर्तालाई प्रहरीले झिसमिसेमै पक्राउ गरेको छ । पूर्वघोषित ‘नेपाल बन्द’ सफल पार्न भन्दै विप्लवका कार्यकर्ता आईतबार बिहान अँध्यारोमै काठमाडौं र ललितपुरका चोक–चोकमा निस्केका थिए । प्रहरीले उनीहरुलाई बिहान ३ देखि चार बजेको बीचमा पक्राउ गरेको हो ।अहिलेसम्म पक्राउ पर्नेको सख्याँ एक सय ७ पुगेको छ । पोलिटव्यूरो सदस्य ओम पुनसहित १३ जनालाई प्रक्राउ गरेको छ । रत्नपार्कमा जुलुश निकाल्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट अन्य बन्दकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।‘काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रधुम्न कार्कीले भने, ‘अहिलेसम्म आगजनी, तोडफोड लगायतका कुनै घट्ना घटेको छैन ।’महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दका अनुसार पक्राउ पर्नेहरुमा नेकपा माओवादी काठमाडौं जिल्ला समितिका उपाध्यक्ष किरण भनिने सुर्य भुजेल र जिल्ला सदस्य विशाल लामा रहेका छन् ।महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा सन्दिप तामाङ, साधु चौरसिया, संकल खड्का, सुवास नगरकोटी, उपेन्द्र तामाङ, प्रसन्न आलेमगर, पदम बहादुर सुनुवार, धन बहादुर तामाङ, अनुप तामाङ, निरज गुरुङ, सम्भु थापा मगर, विकास थापामगर लगायत छन् । पक्राउ परेका हरुलाई, सिंहदरबार, कालिमाटी, महाराजगञ्जलगायतका प्रहरी वृतहरुमा राखिएको छ । प्रहरीले ललितपुरको पुल्चोकबाट विहान करिब सांढे चारबजे शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ । बन्दकर्ताले चढेको दुईओटा मोटरसाईकल महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ । त्यस्तै एक लिटर तारपिन तेलसहित गोंगवुबाट विष्णु पराजुलीलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment