Onlinesiraha-Nepali |
- अबको राजनितिक युवाको बागडोरमा – सहमहासचिव गुप्ता
- प्रधानमन्त्री प्रचण्ड सिरहा आउँदै, प्रहरीलाई थाहै छैन्
- जोखिम पेशाको विकल्प खोज्दै यौनकर्मीहरु
- छठ पर्वमा ६ करोडभन्दा बढीको कारोबार
- उदाउँदै सुर्यको अध्र्य दिँदै छठ मनाईयो
- आज छठ पर्व मनाइँदै
- मिथिलांचलमा छठको रौनक, आज दोस्रो दिन खरना
- नगरपालिका भवन निर्माणका लागि करोडौंको जग्गा दान
- सिरहामा यात्रुवाहक वसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु
- मिथिलाको महान पर्व छठ आज देखि सुरु, पहिलो दिन ‘नहाय–खाय’
- मुखर्जी जनकपुर आउनु अघिको केही रमाईला तस्विरहरु
- नेपाली सेनाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले गरे रक्तदान
- भवानी अस्तालका गार्डहरुले बिरामीका आफन्तलाई कुटे
- मिर्चैयामा कुस्ति प्रतियोगिता सम्पन्न
- संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले पद पैसाका लागि मधेसीको मुद्दा त्यागेर संविधान संशोधनको नाटक गरिरहेका छन फोरम मधेस राष्ट्रिय अध्यक्ष गुप्ता
- मधेसी मोर्चाको माग पुरा नभए सम्म मुलुकमा कुनै पनि चुनाव हुन नदिने तमलोपा महामन्त्री सोनल
- जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा मंसिर २३ गते बन्दको घोषणा
- भारतीय राष्ट्रपति नेपाल आउँदै, आज सार्वजनिक विदा
- व्यापार संघ गोलबजारको कार्यालय सचिवको घरमा
- एसपी श्याम लाल ज्ञवाली माथि आईजी समक्ष उजुरी
- सिरहामा अस्पताल भित्र ढुङ्गामुढा, प्रहरीद्धारा ७ जना पक्राउ
- कुनैपनि हालतमा संविधान संशोधन गरिने ः शान्तिमन्त्री यादव
- सिरहामा विमानस्थल र ट्रमा सेन्टर बन्ने
- ब्लुबुक लिएपछि ट्राफिक प्रहरीलाई मासु—रक्सी
- भुतही बलान घाटमा भव्य मास महाकुम्भ मेला
अबको राजनितिक युवाको बागडोरमा – सहमहासचिव गुप्ता Posted: 09 Nov 2016 08:57 AM PST रौतहट २४ कार्तिक । समान एवं शुभकामना कार्यक्रममा प्रमुख अतिथि सदभावना पार्टीका केन्द्रीय सहमसचिव अजय कुमार गुप्ताले देशको प्रत्येक्ष राजनितिमा युवा वर्गको सहभागिता हुनु नै पर्छ । नेपाल सरकारले युवाको भुमिका लाई नजर अन्दाज गर्दै आईरहेकोले आजको प्रस्थितिमा कुशल राज्य युवा नेताको खोजी भईरहेको गुप्ताले बताउनुभयो । विश्वकै इतिहासमा कुनै पनि देशको परिवर्तण भएको हो भने युवाको अहम भुमिका रहेको छ । आजको दिनमा सदभावना पार्टीले भाई नविन सिंहको काधमा ठूलो जिम्मेवारी थमाईएको हो । उहाको प्रति पार्टीको ठूलो विश्वास र महत्व अकांक्षा राखेकोले अब भाई सिंहले आफनो उर्जालाई सहि ठाउँमा प्रयोग गरी देश र विकास कार्य तिर अगाडी बढोस सहमहासचिव गुप्ताले बताउदै राजनितिक क्षेत्रमा उहाको कार्यकालमा कुनै बधा अर्चन नहोस एउटा ठूलो इमान्दार युवा प्रभावशाली नेताको रुपमा विश्वकै इतिहासमा चिनोस समेत बधाई एवं शुभकामना दिनुभयो । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष अभिमनु कुमार पटेलको अध्यक्षतामा आज आफनै क्लबको कार्यालयमा सदभावना युवा मंच केन्द्रीय सहमहासचिवलाई समान एवं शुभकामना कार्यक्रम आयोजना गर्नुभएको थियो । सो समान एवं शुभकामना कार्यक्रममा विशिष्ठ अतिथि सदभावना पार्टी जिल्ला अध्यक्ष शेख जमशैद , अतिथि युवा मंचका केन्द्रीय सदस्य दिनेश यादव ,समाजवादी बिधार्थी संघ रौतहट अध्यक्ष एवं गौर नगर अध्यक्ष ओमप्रकाश साह , प्रेस मंचका जिल्ला अध्यक्ष ध्रमेन्द्र साह , उपाध्यक्ष कृष्णा यादव , सदस्य हनुमत कु. यादव, प्रेस सेन्टर रौतहट उपाध्यक्ष चंचल झा लगायतका अतिथिहरुले बधाई तथा शुभकामना व्यक्त गरेका हुन । |
प्रधानमन्त्री प्रचण्ड सिरहा आउँदै, प्रहरीलाई थाहै छैन् Posted: 08 Nov 2016 06:40 PM PST राम नारायण पंडित, सिरहा, २३ कार्तिक । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' जनसभालाई सम्वोधन गर्न यहि कार्तिक २६ गते सिरहाको चोहर्वा आउने भएको छ । प्रधानमन्त्रिमा निर्वाचित भएपछि यसअघि आफ्नो निर्वाचन क्षेत्र सिरहाको मिर्चैया आउने कार्यक्रम तय गरेपनि अन्तिम समयमा आएर मौसमका कारण कार्यक्रम स्थगित गरेका प्रधानमन्त्रि प्रचण्ड पुनः सिरहाको चोहर्वा जनतासँग भेटघाट गर्न आउन लागेको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राम नारायण सिंहले बताए । यसअघि सिरहाको मिर्चैयामा भदौ २७ गते आयोजित जनसभामा मौसम खरावीका कारण उपस्थित हुन नसकेपछि टेलिफोन मार्फत सम्वोधन गरेका प्रधानमन्त्रि प्रचण्ड प्रत्यक्ष रुपमा जनतालाई सम्बोधन गर्न पुनः यहि कार्तिक २६ गते सिरहाको चोहर्वा आउन लागेको आयोजकले बताए । नेकपा माओबादी केन्द्रका केन्द्रिय अध्यक्ष समेत रहेका प्रचण्डले मधेसको मागको बारेमा भईरहेको प्रगतिको वारे मधेसी जनतासँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सिरहा आउन लागेको बताईएको छ । गत वर्ष नयाँ संविधानको प्रारम्भिक मस्यौदाको लागि राय सुझाव संकलन गर्न ५ दिने भारत भ्रमण सकेर काठमाडौं फर्के लगत्तै निर्वाचित क्षेत्र सिरहा आउँदा तत्कालीन एमाओवादीका अध्यक्ष प्रचण्डलाई कालो झण्डाको साथै चर्को नारावाजीको सामना गर्नु परको थियो । त्यतिबेला प्रचण्ड केवल आधा घण्टामै कार्यक्रम स्थलबाट काठमाडौं फर्किएका थिए । यसअघि निरास भएका सिरहावासी पुनः प्रचण्डको भव्य स्वागतको तयारीमा । यसअघि प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्डले अन्तिम समयमा आएर सिरहा आउने कार्यक्रम स्थगित गरेपछि निरास भएका सिरहाबासी पुनः प्रचण्डलाई भव्य स्वागत गर्ने तयारीमा जुट्ेका छन् । संबिधानको मस्यौदा सुझाव संकलनका क्रममा बिरोधका साथै ढुङ्गामुडा गरेकाहरुले पनि प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गर्ने तयारी गरेको छन् । प्रधानमन्त्री प्रचण्डले सम्वोधन गर्नु हुने जनसभाको तयारी तिव्र रुपमा भईरहेको आयोजकले बताए । यसअघि प्रधानमन्त्रि प्रचण्ड मौसमको खराबीका कारण जनसभालाई सम्बोधन गर्न मिर्चैया नआएपछि सहभागी भएका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र उदयपुर लगायतका जनता निरास भएर फर्केका थिए । प्रधानमन्त्री भएपछि पहिलो पटक मधेसमा आउन लागेका प्रचण्डको सम्वोधन सुन्न आएका जनताहरु अन्तिम समयमा नआउने सुचना पाएपछि निरास भएर फर्किएका थिए । प्रधानमन्त्रिको सम्वोधन प्रत्यक्ष रुपमा सुन्न पानी परिरहेकै वेला गाउँ गाउँबाट आएका सर्वसाधारण हिलो, पानीमा वसिरहका थिए । त्यो बेला प्रचण्डलाई स्वागत गर्न ५० केजीको माला पनि बनाइएको थियो । प्रचण्ड सिरहा आइरहेको सम्बन्धमा प्रहरीलाई जानकारी छैन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्ड यहि कार्तिक २६ गते सिरहा आइरहेको सम्बन्धमा आफुलाई औपचारीक जानकारी नरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ । प्रचण्ड सिरहा आइरहेको सम्बन्धमा हामी नेता कार्यकर्ताहरुबाट मात्र जानकारी पाएकोले औपचारीक रुपमा जानकारी आएपछि मात्र सुरक्षा व्यवस्थाको बारेमा केहि भन्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता एक नारायण कोइरालाले बताए । यसअघि सिरहाको मिर्चैयामा प्रचण्डको सुरक्षामा काठमांडौको बिषेश प्रहरी टोली, पुर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरका टोली सहित चार सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । |
जोखिम पेशाको विकल्प खोज्दै यौनकर्मीहरु Posted: 08 Nov 2016 06:27 PM PST दिनेश्वर गुप्ता लहान,२३ कात्तिक । यौनकर्मी महिलाले म यौनकर्मी महिला हुँ, हामी किन र कसरी यौनकर्मी बन्यौं, समस्या केके छन्, राज्यले हाम्रो लागि यस्तो कानुन बनाओस भनेर खुलेर पैरवी गर्न सक्ने स्थितिमा छैनन् । किनकी यौन मनोरञ्जन लिन जाने पुरुषलाई कानुन लाग्दैन, दिने महिलालाई कानुन लाग्छ । यो हरफ प्रतिमा शर्माले एक लेखमा उल्लेख गरेका छन् । यत्तिवेला सबै आफ्नो अधिकारको कुरा उठाइरहेको छ । यौनकर्मी महिलाहरु लुकेर शहरबजारमा भेला हुने गरेको छ । उनिहरुको पेशा व्यवस्थापन हुनुपर्छ की यस पेशाको विकल्प दिनुपर्छ भनी यौनकर्मीहरुले आवाज उठाउंन थालेको छ । विगतमा लहानमा रेष्टुरेन्टको नाममा दूई दर्जन बढी यौनकर्मी आफ्नो पेशा गर्दै थिए । तर, समाजमा बढ्दो विकृति र छाडापन बढेपछि ईलाका प्रहरी कार्यालय लहानले त्यस्ता रेष्टुरेन्टलाई बन्द गर्दै यौनकर्मीहरुलाई विस्थापित गराउंन थाले । यौनकर्मी महिलाहरु तत्काल विस्थापित भएपनि आजभोली कोठा भाडा लिएर यौन धन्दा संचालन गर्दै आएको एक विशेषको दावी रहेको छ । यस्ता यौनकर्मीहरु लहानभित्र अहिले पनि ढेड दर्जन रहेको दावी छ । यस्ता महिलाहरु पीडित भएकै कारण यौन पेशामा संलग्न हुने गरेको स्थानीय बलवीर यादव बताउंछन् । यौन पेशामा लागेका महिलाहरु लहानको अस्पताल चौकको टोलहरु, लहान १ स्थित तरकारी बजारदेखि दक्षिण वस्तीहरुमा, ग्रामिण चौकको वस्ती र खुट्टी छेउछाउको वस्तीमा डेरा लिएर बस्ने गरेको यादवको दावी छ । यि यौनकर्मीहरु होटल, लांज, चिया पसललगायतको सम्पर्कमा धन्दा गर्दै आएको छ । अस्पताल चौकको केही लांजमा दिउंसो र रात्री ग्राहकलाई आवश्यक परेको बेला सम्पर्कमा रहेका पसलेहरुबाट यौनकर्मीहरु उपलब्ध हुंदै आएको छ । एक स्रोतका अनुसार अस्पताल चौकमा ड्युटीमा रहेका प्रहरी र लांज, होटलवालहरुको मिलोमतोमा धन्दा हुंदै आएको छ । तर, ड्युटीमा रहेका केही प्रहरी मात्र चिसो, चिया, डबलमजाको कारण मौन बस्ने गरेका छन् । अधिकांश प्रहरी यस्ता क्रियाकलाप रोक्न सक्रिय रहेका छन् । |
छठ पर्वमा ६ करोडभन्दा बढीको कारोबार Posted: 07 Nov 2016 11:53 PM PST रोहित कुमार मण्डल लहान, २० कार्तिक । तराईमा विशेष महत्वका साथ मनाइने छठ पर्वका लागि सिरहामा मात्र ७ करोडभन्दा बढीको कारोबार भएको छ । शनिबारदेखि नै शुरु भएको यो पर्वको लागि आवश्यक पर्ने सामग्रीहरुको कारोबार सिरहाको प्रमुख बजारहरुमा ह्वात्तै बढेपछि यसैका साथ भएको मूल्यबृद्धिले गर्दा त्यत्तिको व्यापार भएको स्थानीय व्यापारीहरुले जनाएका छन् । छठ पर्वमा प्रसादको रुपमा प्रयोग हुने केराको एक घरी, उखु, भोगटे, ज्यामिर, निबुवा, हरियो पातसिहितको अदुवा, बेसार, मुला, नरिवल, ओल, सुथनी जस्ता सामग्री तथा पर्व मनाइने खोलानाला र पोखरीको साजसज्जामा प्रयोग हुने विधुतीय सामग्रीहरु, व्रतालु महिलाले प्रयोग गर्ने लत्ताकपडा र गरगहनाको कारोबारका कारण यो वर्ष सिरहा जिल्लाका सबै बजारहरुमा गरी करीब पाँच करोडभन्दा बढी मूल्यको कारोबार भएको स्थानीय व्यापारीहरु बताउछन् । छठ पर्वको बेला सबैभन्दा बढी कारोबार महिलाले लाउने वस्त्र र आभुषण, केराको घरी, ढाकी, सुपा, कोनिया, फलफूल तथा साजसज्जामा हुने गरेको पाइयो । यो पर्वको लागि व्रतालु महिलाले मात्र दुई वटा साडीसहितको वस्त्र र त्यस अनुसारको गरगहना लगाउने गरेका छन् । पर्वस्थल खोलानाला तथा पोखरीमा महिला तथा युवतीहरुले लगाउने पहिरनका कारण त्यहाँ एक किसीमको सामाजिक फेशन शोजस्तै देखिन्थ्यो । छठ पर्व मनाइएका खोलानदी, पोखरी तथा दहहरुमा राम्रो कपडा र गरगहना लगाई महिलाहरु यसपालि पहिरनको प्रतिष्पर्धामा उत्रिएको टन्नै देखिन छ । यो पर्वमा बेला प्रत्येक पुरुष तथा महिलाहरुले नयाँ र राम्रो कपडा तथा गरगहना लाउनुपर्ने अनि मिठो परिकार खानुपर्ने परम्परा नै रहेको कुशहा निवासी सत्य नारायण चौधरीले जानकारी दिए । वस्त्र, गरगहना, केराको घरी तथा अन्य सामग्री गरी आयस्तरको आधारमा एक परिवारको न्युनतम अढाई हजारदेखि १० हजारसम्म खर्च हुने गरेको चौधरीले बताए । सिरहाका बजारहरुमा केराको एक घरीको मूल्य न्युनतम चार सयदेखि पाँच सय रुपियाँ रहेको छ । यस पर्वमा आवश्यक पर्ने बाँसबाट निर्मित नाङ्लो, ढाकी, डगरा, कोनिया जस्ता समानहरुको विक्री बढेपछि मलहनमाका चलित्तर रामा मरिकले राम्रो आम्दानी गरेको बताए । अरुबेला ५०÷६० रुपियाँमा विक्री हुने नाङ्लो यसपालि डेढ सयदेखि दुई सय रुपियाँसम्ममा विक्री भएकोले आफूले राम्रै आम्दानी गरेको उनले बताए । सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको लहान, गोलबजार, मिर्चैया, सुखिपुर, सिरहा, धनगढी, छपराडी, कुशहालगायतका बजारहरुमा छठ पर्वको सामग्रीहरु खरीद विक्रीका लागि राम्रै चहलपहल रह्यो । अरुबेला सामान्य विक्री हुने माटोबाट निर्मित हात्ती, घैंला, ढकना, मटकुरी, फुच्चि (गिलास) लगायतका सामग्रीहरु खरीद गर्न सर्वसाधारणहरु तछाडमछाड गरेको देखिन्थे । 'छठ पर्वको लागि आवश्यक पर्ने फलफूल, अदुवाको बोट, उखु, सुथनी, केरा, पानी फल, नरिवल, बोडी, नाङ्लो, केनिया, ढाकी, माटोको दियो, कराई लगायतका प्रत्येक सामग्रीको मूल्य अरु दिनको तुलनामा यस बेला अत्यन्तै महङ्गो भएको छ', कुशहा निवासी ब्रतालु सत्य नारायण चौधरीले भने–अरु दिनमा ५० रुपियाँमा पाइने सामग्री यसबेला डेढ सयदेखि दुई सयसम्म परेको हुनाले हामीजस्ता सर्वसाधारणको ढाड खुस्किएको छ । |
उदाउँदै सुर्यको अध्र्य दिँदै छठ मनाईयो Posted: 06 Nov 2016 06:59 PM PST राम नारायण पंडित, सिरहा, २२ कार्तिक । उदाउँदै सुर्यको अध्र्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आज (सोमबार) सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपुर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरेर स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा 'नहाय–खाय' भनिन्छ । मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन शनिबार पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर 'खरना' विधि गरेका थिए । त्यस्तै, आइतबार संध्याकालिन र सोमबार प्रभातकालिन सुर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्र्ब बिधिवत रुपमा समापन भएको छ । पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई र सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अघ्र्य दिएपछि यो पर्व बिधिबत रुपमा सम्पन्न भएको छ । छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलपूmल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ । ![]() निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ । सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् । यस वर्षको छठ शान्तिपुर्ण र सैहार्दपुर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक एंव प्रवक्ता एक नारायण कोइराला जानकारी दिएका हुन् । |
Posted: 06 Nov 2016 01:18 AM PST ![]() छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि 'छठ पर्व' मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाैं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । |
मिथिलांचलमा छठको रौनक, आज दोस्रो दिन खरना Posted: 05 Nov 2016 12:24 AM PDT राम नारायण पंडित, सिरहा, २० कार्तिक । मिथिलांचलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज दिन खरना गरिदैं छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपुर्वक मनाइने छठ पर्वको पहिलो दिन शुक्रबार 'नहाय–खाय' विधि गरिएको छ । सोमबारसम्म मनाइने छठ पर्वको तयारी सिरहा सहित तराईका जिल्लाहरुमा जोरतोरले चलिरहेका छन् । मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरेर स्नान गरेर चोखो नितो खाएका छन् । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा 'नहाय–खाय' भनिन्छ । पर्वको दोस्रो दिन आज (शनिबार) पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर 'खरना' विधि गर्ने गर्छन । त्यस्तै, आइतबार संध्याकालिन र सोमबार प्रभातकालिन सुर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्र्ब बिधिवत रुपमा को समापन हुनेछ । पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई अघ्र्य दिने गरिन्छ । त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अघ्र्य दिएपछि यो पर्व बिधिबत रुपमा सम्पन्न हुनेछ । छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलपूmल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ । सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् ।मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्ड सहितका जलाशयहरु मनमोहक ढङ्गले सिङ्गारिने क्रम चलिरहेका छन् । जलाशय सजाउनुको साथै घरघरमा पर्वको तयारी चलिरहेको । छठ पर्व सुरुवात संगै टोल टोलमा छठको गीतहरु गुञ्जिरहेकोले मिथिला क्षेत्र छठमय बनेको छ । |
नगरपालिका भवन निर्माणका लागि करोडौंको जग्गा दान Posted: 04 Nov 2016 06:26 AM PDT राम नारायण पंडित, सिरहा, २० कार्तिक । गोलबजार नगरपालिका कार्यालय भवन निर्माणका लागि स्थानीयवासीहरुले करोडौंको जग्गा दान गरेका छन् । गोलबजार नगरपालिका कर्यालय भवन निर्माण गर्नका लागि गोलबजार ६ मा स्थानिय धर्म सिंह तामांगले ६ कठ्ठा, पदम लाल लामाले ३ कठ्ठा र मदन कुमार लामाले ३ कठ्ठा गरी जम्मा १२ कठ्ठा जग्गा निशुल्क दान गरेका हुन् । जग्गाको चलनचल्तीको मूल्य करिव तीन करोड रहेको दाताहरुले बताए । नगरपालीकाले कार्यालय निर्माणको लागि गोलबजार क्षेत्र भित्र पूर्वपश्चिम लोकमार्ग देखी ५ सय मिटरको आसपासमा जग्गादान गर्न गत जेष्ठमै सुचना प्रकाशित गरेको नगरपालीकाका कार्याकारी अधिकृत राजकुमार दासले जानकारी दिए । गोलबजार नगरपालिका ६ मा रहेको जग्गा नगरपालिकाको नाममा नामसारी भईसकेको कार्यकारी अधिकृत दासले बताए । नगरपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका दाताहरुलाई गोलबजार नगरपालिकाका कार्यकारी अधिकृत दासले धन्यबाद दिएका हुन् । |
सिरहामा यात्रुवाहक वसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु Posted: 04 Nov 2016 03:55 AM PDT राम नारायण पंडित, सिरहा, १९ कार्तिक । सिरहामा यात्रुवाहक वसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट राजविराजतर्फ जाँदै गरेको यात्रुवाहक वसको ठक्करबाट आज (शुक्रवार) सिरहाको बरहरामालमा एक बालकको ज्यान गएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत वडहरामाल ४ का प्रदिप मुखियाका १० वर्षिय छोरा रोशन मुखियालाई ना. ५ ख ४८४७ नम्वरको अम्वे बसले ठक्कर दिंदा बालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी श्याम ंिसंह चौधरीले जानकारी दिए । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने शव पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहा पठाईएको छ । |
मिथिलाको महान पर्व छठ आज देखि सुरु, पहिलो दिन ‘नहाय–खाय’ Posted: 03 Nov 2016 10:57 PM PDT ![]() |
मुखर्जी जनकपुर आउनु अघिको केही रमाईला तस्विरहरु Posted: 03 Nov 2016 10:15 PM PDT |
नेपाली सेनाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले गरे रक्तदान Posted: 03 Nov 2016 09:52 PM PDT राम नारायण पंडित, सिरहा, १९ कार्तिक । सिरहामा दीपावली तथा छठ पर्वको अवसरमा नेपाली सेनाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । पुर्वाञ्चलमा रगतको अभाव भएको समाचार आउन थालेपछि रगतको अभावलाई केही हदसम्म कम गर्ने उद्देश्यले विहिवार सिरहाको चोहर्वामा रहेको नयाँ गोरखगणले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, ट्राफिक प्रहरी र स्थानीयवासिन्दा गरी जम्मा ४५.जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमबाट संकलित रगत नेपाल रेडक्रस सोसाईटी सिरहा शाखालाई जिम्मा लगाइएको आयोजकले जनाइएको छ । रगतको अभावमा विरामीको अकालमै ज्यान गुमाउनु नहोस् उद्देश्यले रक्तदानको कार्यक्रमको आयोजना गरेको नयाँ गोरखगण चोहर्वा ब्यारेकका प्रमुख सेनानी मनोज भण्डारीले बताए । रक्तदान कार्यक्रममा १८ नं. बाहिनीका बाहिनीपति सहायक रथी सुवर्ण बहादुर शाहको पनि उपस्थिति रहेको थियो । यता, चाडवाड तथा मौसम प्रतिकुलताको कारणले रक्तदान गर्ने मानिसहरुमा गिरावट आएकोेले रगतको अभाव भएको नेपाल रेडक्रस सोसाईटी सिरहा शाखाका सभापति राजदेव यादवले बताए । सिरहामा वार्षिक करिव दुई हजार पाउण्ड रगत खपत भइरहेको छ । |
भवानी अस्तालका गार्डहरुले बिरामीका आफन्तलाई कुटे Posted: 03 Nov 2016 05:48 AM PDT राम मण्डल बीरगंज पर्सा १८ बीरगंजको लिंकरोडमा रहेको भवानी अस्पताल प्रालिका सुरक्षा गार्डहरुले बिरामीका आफन्तलाई कुटपिट गरेका छन।पर्सा रामगढवा निवासी आरिफ अन्सारीलाई अस्पतालका तिनजना सुरक्षा गार्डहरु मिलि कुटपिट गरेका हुन। अन्सारीले आफना १३ बर्षीय छोरी सबिना खातुनलाई अस्पतालमा उपचारका लागि भर्ना गराएका थिए ।अस्पतालका डाकटर समयमा नआएका तथा सोधपुछ गर्दा डाक्टर आउदै छ,केहीबेरमै आईपुग्ने भनी पन्छाउने गरेका कारण आफनो छोरीको स्वास्थय झन बिग्रको अन्सारीले बताउनु भयो ।आज आएर अस्पतालले आफना छोरीको उपचार गर्न नसकने भन्दै अन्त लैजान भनेको तथा आफुले अन्य अस्पतालमा लग्न खोज्दा पैसा नतिरी किन लैजान लागेको भन्दै डयुटीमा रहेका सुरक्षा गार्डहरु मिलि कुटपिट गरेको बिरामीका पिता अन्सारीको भनाई छ ।कुटपिट भएको पुरै घटना अस्पतालमा जडित सिसिटिभि क्यामरामा रेकर्ड भएको छ ।घटना भएको थाहा पाउने बितिकै घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कुटपिट गर्ने तिनैजना सुरक्षागार्डहरुलाई नियन्त्रणमा लिएको छ |
मिर्चैयामा कुस्ति प्रतियोगिता सम्पन्न Posted: 02 Nov 2016 07:50 PM PDT राम नारायण पंडित, सिरहा, १८ कार्तिक । सिरहाको मिर्चेयामा बुधबार कुस्ति प्रतियोगिता सम्पन्न भएको छ । संस्कृतिक समबद्र्धन र खेलकुदको प्रवद्र्धनको गर्ने उदेश्यले लक्ष्मी पुजाको अवसरमा मिर्चैयमा आयोजना गरिएको तीन दिवसीय कुस्ति प्रतियोगिता सम्पन्न भएको छ । कुस्ती प्रतियोगितमा छिमेकी मुलुक भारत र नेपालका प्रसिद्ध कुस्तिवाजहरुले कुस्ति लडे्का थिए । कुस्तिमा उत्कृष्ट गरेका भारत चंडीगढ पंजाबका प्रदिप खाना, अध्योध्यका मुनु पहलमान र मध्यप्रदेशका बाबा नायक लगायतका पाँच जना पहलमानहरुलाई आयोजकले दोसल्ला ओढाई सम्मान गरेको लक्ष्मी पुजा मेला समिति मिर्चैया ६ मटियर्बाका सचिब रामप्रित साहले बताए । कुस्ति प्रतियोगितामा भारतका अयोध्या, मध्यप्रदेश, कानपुर, गजियाबाद, कुरुक्षेत्र त्यस्तै नेपालका बिभिन्न स्थानका पहलानहरुले कुस्तिको माध्यमले दर्शकहरुलाई मनमोहित गरेका थिए । यसैबिच एक जोडी महिला पहलमानले पनि कुस्तिको माध्यमले दर्शकहरुलाई झुमाएका थिए । प्रतियोगितामा पुरुष तिर मखन सिंह, अरविन्द यादब, मंगल यादब, भिम सिंह, सैतान सिंह, विरजु यादब र महिला तिर रंजिता र सरिता पहलमानले कुस्ति लडेका थिए । यहि कार्तिक १५ गते नेपाल सरकारका कानुन मन्त्री अजय शंकर नायकले कुस्ति प्रतियोगिताको उदघाटन गरेका थिए । उक्त अबसरमा राष्ट्रपतिका स्बकिय सचिव जिवछ साह र नेकपा माओबादी केन्द्रका नेता जगत यादव लगायतका सहभागिता रहेको थियो । लक्ष्मी पुजाको अबसरमा आयोजना गरिएको तीन दिने कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानका दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । ![]() |
Posted: 02 Nov 2016 04:47 AM PDT राम मण्डल बीरगंज पर्सा कार्तिक १७ । मधेसी जन अधिकार फोरम मधेसका राष्ट्रिय अध्यक्ष भागनाथ गुप्ताले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले पद पैसाका लागि मधेसीको मुद्दा त्यागेर संविधान संशोधनको नाटक गरिरहेको आरोप लगाउनु भएको छ । फोरम मधेस पर्साले आज वीरगन्जको घण्टाघर चोकमा अयोजना गरेको शंकल्प सभालाई सम्बोधन गर्दै अध्यक्ष गुप्ताले नाकाबन्दीका बेला इन्धन र खाद्यान्नको तस्करीबाट रकम कामाउन पल्केका मधेसी मोर्चाका नेताहरु अहिले भने छठ पछि आन्दोलन गर्ने घोषणा गरी पुनः पैसा कमाउने दाउमा लागेकाले त्यसबाट मधेसी जनता सचेत हुनु पर्ने बताउनु भयो । अध्यक्ष गुप्ताले अब कुनै मधेसी दलका नेता वा मोर्चाकोे आह्वानमा आन्दोलनमा नगरी जनता आफैले आन्दोलनलाई अगाडी बढाउनु पर्ने बेला आएको बताउनु भयो । उहाँले अब कुनै नेतालाई मन्त्री वा कुनै नेताको दलाललाई जिएम बनाउनकालागि नभई समग्र मधेस एक स्वायत प्रदेश र जनसंख्याको आधारमा पुर्ण समानुपातिक निर्वाचत प्रणलिका लागि आन्दोलन हुने पर्ने बताउनु भयो । मधेसी मोर्चाका नेताहरुले सत्ता र शक्तिका लागि मात्रै मधेसी जनतालाई प्रयोग मात्र गर्दै आएकाले अब हुने आन्दोलन नेता शुद्धीकरणका लागि समेत हुनु पर्ने धारणा राख्दै अध्यक्ष गुप्ताले मधेसीको मुक्ती समग्र मधेस एक प्रदेश र जनसंख्याको आधारमा पुर्ण समानुपातिक निर्वाचन प्रणलिबाट मात्र सम्भव भएको दावी गर्नुभयो ।अध्यक्ष गुप्ताले मधेसको मुद्दामा कुनै अभिव्यक्ति ब्यक्त नगर्न भारतीय राष्ट्रपतिलाई सुझाव समेत दिनु भयो । उहाँले तीन दिने राजकिय भ्रमणमा नेपाल आएका भारतीय राष्ट्रिपति प्रणव मुखर्जीलाई मधेसको विरोधमा कुनै अभिब्यक्ति व्यक्त नगर्न आग्रह पनि गर्नु भयो । |
मधेसी मोर्चाको माग पुरा नभए सम्म मुलुकमा कुनै पनि चुनाव हुन नदिने तमलोपा महामन्त्री सोनल Posted: 02 Nov 2016 04:40 AM PDT राम मण्डल बीरगंज पर्सा कार्तिक १७ । तराइ मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले मधेसी मोर्चाको माग पुरा नभए सम्म मुलुकमा कुनै पनि चुनाव हुन नदिने बताउनु भएको छ । छठ पर्बको अवसरमा बाराको रामपुर टोकनी गाविसको मुसहरी टोलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री सोनलले छठ लगत्तै मधेसी मोर्चाको माग संविधान संशोधन मार्फत सम्बोधन नगरिए मुलुकमा कुनै पनि चुनाव हुन नदिने चेतावनी दिनु भयो । उहाले मोर्चाको माग पुरा नभए सम्म संविधान कार्यान्वयन हुन पनि नदिने दाबी गर्नु भयो । महामन्त्री सोनलले मधेसीको अधिकार अब कुनै पनि शक्तिले खोस्न नस्कने दाबी गर्नु भयो । तमलोपाका स्थानीय नेता भोला साहको अध्यक्षतामा भएको कार्यक्रममा बिन्दु साह ,संतोष यादब ,रमेश सरार्फ लगायतकाले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए । |
जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा मंसिर २३ गते बन्दको घोषणा Posted: 02 Nov 2016 12:07 AM PDT ![]() '०८ दिसम्वर, १८१६ तराई र तराईवासीहरुलाई ब्रिटिश ईष्ट इण्डिया कम्पनीद्वारा नेपालको गुलामबनाउँने 'दिन'अगामी०८ दिसम्वर २०१६ को २००९दुई सय० वर्ष पुरा हुनगई रहेको छ । जनतान्त्रिक तराई मुक्तिमोर्चा९क्रान्तिकारी०को तेश्रो केन्द्रीय समितिको बैठकले ०८ दिसम्वर, २०१६ तदानुसार २३ मंसिर, २०७३ लाई 'कालदिन' घोषण गर्दै सो दिन 'तराई बन्द'गर्ने निर्णय गरियो' मोर्चाका अध्यक्ष गोइतले विज्ञप्तिमार्फत जनाएका छन् । गोइतले विज्ञप्तिमा '२०७३, मंसिर २३ गते 'तराई बन्द'भव्य र शानदार रुपले सफलपार्न सम्पूर्ण तराईका मूलनिवासिहरुलाई आह्वानगर्ने निर्णय गरियो । साथै मजदूर, किसान, युवा, विद्यार्थि, राजनीतिकदल, नगरिक समाज, बौद्धिक समुदाय, शैक्षिक संस्थान, औद्योगिक–व्यापारिक प्रतिष्ठान, यातायातव्यवसायी, रिक्साचालक संघ संगठन आदिलाई अपीलगर्ने निर्णय गरियो' उल्लेख गरेका छन् । साथै सो विज्ञप्तिमा गोइतले भ्रष्टचारलाई अपराध र भ्रष्टाचारलाई अपराधीको दर्तामा राख्ने निर्णयसमेत गरेका छन् । उनले भ्रष्टाचार पहाडी होस् वा मधेशी हदैसम्मको फौजी कारबाही गर्ने निर्णय गरेका हुन् । प्रेस विज्ञप्तिहालै हाम्रो महन् एवं गौरव जनतान्त्रिक तराई मुक्तिमोर्चा९क्रान्तिकारी०को तेश्रो केन्द्रीय समितिको बैठक अध्यक्ष जय कृष्ण गोइतको अध्यक्षतामा सम्पन्नभयो । केन्द्रीय समितिको बैठकले लिएका महत्वपूर्ण निर्णयहरुको सारसंक्षेप सर्वजनिकगर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । ९१०बैठकको प्रारम्भमा सर्वप्रथम् तराई मुक्ति युद्धका वीर अमर शहीद देव नारायण यादव९प्रशान्त०, विनयकुमार महतो९सूरज०, शम्भू प्रसाद यादव९अजय०, राजकुमार मिश्र, बिहारी महतो लगायत ज्ञात–अज्ञात शहीदहरु प्रति १ मिनट मौनधारण सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो । ९२० दोश्रो केन्द्रीय समितिको बैठकले दिएको कार्यभार निरधारित समयमा पुरा हुन सकेन । यसले केन्द्रीय समितिको नियमितबैठकप्रभावितभयो । बैठकले यसलाई गम्भीरतापूर्वक लिएको हो । ९३० बैठकमा वर्तमान परिस्थित र आगामी राजनैतिक, फौजी, सांगठनिक र संघर्ष सम्बन्धी योजन बारे अत्यन्तगम्भीर र जिम्मेवारीपूर्ण वहस छलफल भयो । ९४० ०८ दिसम्वर, १८१६ का दिनचीनदेखि ब्रिटिश ईष्ट इण्डिया कम्पनीले नेपाललाई चीनको पक्षमाजाननदिनको लागिहाम्रो मातृभूमि'तराई'कामेचीनदीदेखि राप्तीनदीसम्मका भू–भागमात्र स्मरण–पत्रको कुटिल चालद्वारा नेपाललाई दिएन, तराईवासीहरुलाई नेपालको गुलामबन्नविवशपारियो । स्मरण–पत्रको बूँदा –७माउल्लेख गरियो कि यदिकिसानहरुको अतिरिक्त तराईवासीहरु मध्येबाट कुनै व्यक्ति सम्पति त्याग गरी कम्पनीको क्षेत्रमा बस्न चाहे भने उसको लागिकुनै अवरोध खडा गरिने छैन । स्मरण–पत्रको बूँदा –७अनुसार तराईका किसान९श्रमशक्ति०लाई नेपालको गुलामबन्नै प¥यो र अन्यलाई सम्पति त्याग गरी मजदूर वाभिखारी भएर कम्पनीको क्षेत्रमा बस्न सक्ने अर्थात अन्यतराईवासीहरुलाई पनि स्मरण–पत्रको बूँदा –७ को शर्त अनुसार विवशभएर नेपालको गुलामबन्नु प¥यो । ०८ दिसम्वर, १८१६ तराई र तराईवासीहरुलाई ब्रिटिश ईष्ट इण्डिया कम्पनीद्वारा नेपालको गुलामबनाउँने 'दिन'अगामी०८ दिसम्वर २०१६ को २००९दुई सय० वर्ष पुरा हुनगई रहेको छ ।जनतान्त्रिक तराई मुक्तिमोर्चा९क्रान्तिकारी०को तेश्रो केन्द्रीय समितिको बैठकले ०८ दिसम्वर, २०१६ तदानुसार २३ मंसिर, २०७३ लाई 'कालदिन' घोषण गर्दै सो दिन 'तराई बन्द'गर्ने निर्णय गरियो । २०७३, मंसिर २३ गते 'तराई बन्द'भव्य र शानदार रुपले सफलपार्न सम्पूर्ण तराईका मूलनिवासिहरुलाई आह्वानगर्ने निर्णय गरियो । साथै मजदूर, किसान, युवा, विद्यार्थि, राजनीतिकदल, नगरिक समाज, बौद्धिक समुदाय, शैक्षिक संस्थान, औद्योगिक–व्यापारिक प्रतिष्ठान, यातायातव्यवसायी, रिक्साचालक संघ संगठन आदिलाई अपीलगर्ने निर्णय गरियो । तराई बन्दको व्यापकप्रचार–प्रसारको लागि छापा, विद्युतीय, इलेक्टोनिकलगायतका सबै संचार माध्यमको उपयोगगर्ने बैठकमा निर्णय भयो । अपील, हातेपर्चा वितरण र भित्ते लेख्न समेतगर्ने निर्णय भयो । ९५० 'नेपाल'विश्वमाअति भ्रष्टाचार हुने मुलुकअन्तर्गत पर्द छ । हाम्रो मातृभूमि तराईमा नेपालीशासनको कारण भ्रष्टाचार अत्यन्तभयावह र कहालीलाग्दो छ । भ्रष्टाचारले गर्दा हाम्रो मातृभूमि तराई दिनप्रतिदिनअधोगतितिर लाग्दै गए रहेको छ भने तराईका मूलनिवासिहरुको जीवन कष्टकर बन्दै गए रहेको छ । अतः तराईमा भ्रष्टाचार रोक्नु अपरिहार्य हुनगएको छ । सभ्य समाजमा भ्रष्टाचारलाई अपराधकै दर्जामा राख्ने गरिन्छ । चोरी, डकैती, हत्याआदि जस्तै भ्रष्टाचार पनि समाजिकअपराधहुन् । जनतान्त्रिक तराई मुक्तिमोर्चा९क्रान्तिकारी०को तेश्रो केन्द्रीय समितिको बैठकमा भ्रष्टाचारलाई अपराध रभ्रष्टाचारीलाई अपराधीको दर्जामा राख्ने निर्णय भयो । साथै भ्रष्टाचारी पहाडी होस वामधेशीहदैसम्मको फौजी कारवाहीगर्ने बैठकले निर्णय लियो । ९६० बैठकले शहीद परिवार, बन्दी परिवार, राजनीतिक र फौजी फाँटका कार्यकत्र्ताहरुको समस्या र आर्थिक विषयमा कैयौं महत्वपूर्ण निर्णयहरु लिएको छ । अन्तमाअध्यक्षद्वारा संक्षिप्त समापनमन्तव्य सहित बैठकको समापनगरियो । जयकृष्ण गोइत अध्यक्ष केन्द्रियसमिति जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी) |
भारतीय राष्ट्रपति नेपाल आउँदै, आज सार्वजनिक विदा Posted: 01 Nov 2016 11:44 PM PDT १७ कात्तिक, काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमणका लागि आज अाउँदैछन् । भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ । उनको सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् । राष्ट्रपति मुखर्जीको स्वागतका लागि सबै प्रबन्ध पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ । भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन् । राष्ट्रपति मुखर्जी नेपाल रहँदा राजनीतिक दलका नेताहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जाने कार्यक्रम छ । भारतीय राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका राष्ट्राध्यक्षको भ्रमणमा सरकारले अाज सार्वजनिक विदा समेत दिएकाे छ । अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते यहाँको भ्रमण गरेका थिए । |
व्यापार संघ गोलबजारको कार्यालय सचिवको घरमा Posted: 01 Nov 2016 08:46 PM PDT राम नारायण पंडित, सिरहा, १७ कार्तिक । उद्योग व्यापार संघ गोलबजारको कार्यालय वर्तमान कार्यसमितिका सचिबले आफ्नो घरमै संचालन गरी काम काज गरिहेका छन् । संघको कार्यालय भएपनि व्यापार संघका सचिब फुलगेन नायकले मनोमानी गर्दै कार्यालय आफनो घरमै संचालन गरिरहेकोले समस्या भइरहेको स्थानिय व्यापारीह?ले गुनासो गरेका छन् । यस सन्दर्भमा संघका उपाध्यक्ष धनिक लाल महतोसग सम्पर्क गर्दा फोन रिसिभ हुन सकेन् । गोलबजारका व्यापारीह?ले संघको कार्यालय संचालन गरि कामकाज गर्नका लागि बर्तामान कार्य समितिका पदाधिकारीसंग आग्रह गरेका छन् । बर्तमान नेतृत्बले नियमित ?पले कार्यालय संचालन नगरेको खण्डमा बाध्य भएर व्यापारीह?लाई आन्दोनमा उत्रिनु पर्ने गोलबजारका स्थानिय व्यापारी संतोष साहले चेताबनी दिए । यहि कार्तिक १५ गते देखि मंसिर १५ गते सम्मका लागि व्यापारीह?लाई नया सदस्यताको लागि निबेदन दिन र पुरानो सदस्यतालाई नविकरण गर्नका समय दिए पनि बर्तमान नेतृत्बले हैकमबादी शासन गर्दै घरमै कार्यालय संचालन गरेकोले समस्या भइरहेको उनले आरोप लगाए । विगत १० बर्ष देखि व्यापार संघको चुनाब हुन नसकेकाले अबको चुनाबले कुशल नेतृत्ब चयन गर्नमा जोड दिने सुनचाँदी ब्यबसायी संघका केन्द्रिय सदस्य तथा स्थानिय व्यायपारी भरत अग्रबालले बताए । यता, अगामी महिना हुन गईरहेको संघको चुनाबको लागि जिबछ साह, दिपक नायक, भरत अग्रबाल र प्रमेश्बर साह लगायतक अध्यक्षका प्रत्यासी रहेका छन् । |
एसपी श्याम लाल ज्ञवाली माथि आईजी समक्ष उजुरी Posted: 31 Oct 2016 07:58 AM PDT ![]() शान्ति तथा पुर्ननिर्माण मन्त्री सीता देवी यादवको सामुन्ने प्रहरीले उद्धारको नाममा कव्जामा लिएका दुई किशोरीहरुका अभिभावकहरुले प्रहरी महा निरीक्षक समक्ष एसपी श्याम लाल ज्ञवाली विरुद्ध उजुरी दिएका छन् । उजुरी दिनेहरुमा त्रियुगा नगरपालिका ८ उदयपुर बस्ने ईन्दिरा परियार र सोही ठाउँकी कुमारी विक रहेकी छिन् । उजुरीमा निवेदक द्वयद्वारा भनिएको छ मेरी छोरी मुना भन्ने मल्लिका परियार र भतिजी यमुना विक भारत तर्फ कमाउन जाँदै गर्दा लहान स्थित साना हातहरु भन्ने संस्थाका कर्मचारीहरु र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरीहरुले माडरवाट जवरजस्ति समातेर ल्याई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेको छ । हामी निवेदकहरुले छोरी र भतिजीलाई जिम्मा लगाउन माग गर्दा हालसम्म जिम्मा नदिएको र भेटघाट गर्न समेत नदिई अवस्था अज्ञात राखेकोले अन्यायमा परेका छौं । निवेदकहरुले पारिवारिक सल्लाह र सहमतिवाट कानून बमोजिम वयस्क छोरीहरुलाई काम गर्न पठाउँदा जवरजस्ति पक्राउ गरी काम गर्नवाट बञ्चित गरिएकोले क्षतिपूर्ति दिलाई साना हातहरुका कर्मचारी तथा सिरहाका प्रहरी माथि आवश्यक कारवाही गर्न माग गरेका छन् । निवेदकहरुले जिल्ला अदालत सिरहा, वार एसोशिएसन सिरहा, जिल्ला प्रसाशन कार्यालय सिरहा, गृह मन्त्रालय, महिला विकास शाखा, पत्रकार महासंघ सिरहा, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय विराटनगर र काठमाण्डौ, एसएसपी कार्यालय राजविराज र क्षेत्रिय प्रहरी कार्यालय विराटनगरलाई बोधार्थ पनि दिएका छन् । निवेदकहरुले प्रहरी महा निरीक्षकलाई निवेदन चढाए पछि प्रहरी महा निरीक्ष उपेन्द्र कान्त अर्यालले तपाईहरु संग न्याय हुन्छ भनेर आस्वासन दिएको निवेदक ईन्दिरा परियारले बताईन् । मन्त्री यादवले एसपी ज्ञवालीले ज्यादति गरेको र यसवारे गंभीरतापूर्वक सोच्न महा निरीक्षक अर्याललाई आग्रह गरेको मन्त्री निकट नरेश यादवले जानकारी दिएका छन । |
सिरहामा अस्पताल भित्र ढुङ्गामुढा, प्रहरीद्धारा ७ जना पक्राउ Posted: 31 Oct 2016 07:45 AM PDT सिरहा, १५ कार्तिक । उपचारका लागि सिरहा अस्पतालमा ल्याएका सिरहा नगरपालिका वडा नं. १५ सुखचैनाका धाइते बिरामीको ७ जना आफन्तलाई सिरहा प्रहरीले सोमबार पक्राउ गरेको छ । दुई पक्षको विवादमा परी धाइते भएकाहरुको आफन्तले अस्पताल भित्रै दोषारोपन गर्दा विवाद भई भै ढुङ्गामुढा हुन थालेको र स्थितीलाई नियन्त्रणमा लिन ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एक नारायण कोइरालाले बताए । पक्राउ परेकाहरुको अनुसन्धान गर्ने कार्य भै रहेकोले नाउँ भन्न नमिल्ने उनले बताए । छिमेकी सुनिता कुमारी ठाकुर सँग सिरहाको सुखचैनामा जमुना देवी र निर्मला बरही सँग विवाद हुदाँ अस्पतालको इमरजेन्सी कक्षामा भर्ना भएको र उपचारकै क्रममा सुनिता कुमारी ठाकुरको आफन्त राजे ठाकुर, देवेन्द्र ठाकुर र मुनेश्वर ठाकुरले थप व्यक्तिको सहयोगमा आफु माथि ढुङ्गामुढा गरिएको धाइते जमुना देवी बरहीको आफन्त सुरेश ठाकुरले बताए । दुवै पक्षको विचमा ७ धुर जग्गाका लागि सिरहा जिल्ला अदालतमा मुद्दा चलिरहेको र सोही विषयमा विवाद भएको स्थानियको भनाइ छ ।स्रोत;अपनदैनिक |
कुनैपनि हालतमा संविधान संशोधन गरिने ः शान्तिमन्त्री यादव Posted: 31 Oct 2016 05:40 AM PDT सुरेन्द्र कुमार कामति सिरहा, कार्तिक १५ गते /शान्ति तथा पुर्ननिमार्ण मन्त्री सितादेवी यादव कुनैपनि हालतमा संविधान संशोधन गरिने बताएकी छिन् । सिरहा पुस्तकालयको सभाहलमा सलहेश टाईम्स साप्ताहिक पत्रिकाको सामुहिक विमोचन कार्यक्रमका प्रमुख अतिथि रहेका शान्तिमन्त्री यादवले मधेसको माग सम्बोधन नहुँदासम्म देशमा शान्ति स्थापना हुन नसक्ने र तीन तहको चुनावपनि सम्भव नहुने बताईन् । काँग्रेस केन्द्रिय कोषाध्यक्ष समेत रहेकी शान्तिमन्त्री यादव मधेस आन्दोलनमा बलिदान दिएका पचासभन्दा वढीको सहादत खेर नजाने भन्दै संविधान संशोधनको लागि सुरुदेखि नै जोडदार रुपमा आफ्नो कुरा राख्दै आएको बताईन् । पत्रिका विमोचन कार्यक्रममा नेपाली काँग्रेसका साँसद मो मुक्तार अहमदले सिरहाको विकासमा सबै चिन्तित हुनुपर्ने धारणा व्यक्त गरे । साँसद अहमदले सिरहाको अवस्था २० बर्ष पहिले जस्तो थियो त्यस्तै रहेको भन्दै यसलाई बदल्न सबै लाग्नुपर्ने जोड दिए । सलहेश टाईम्स साप्ताहिक पत्रिकाको विमोचनमा सहभागी नेकपा एमालका साँसद आशा यादवले जनताको सूचनाको हक सुनिश्चित गराउन र संविधानको कार्यान्वयमा भूमिका खेल्न स्थानीय सञ्चारमाध्यम फस्टाउनु पर्ने बताईन् । शान्तिमन्त्री यादव, साँसदद्वय अहमद र यादव, प्रेस काउन्सीलका सदस्य चन्द्रदेव कामती, नेकपा एमालका जिल्ला अध्यक्ष प्रमोद यादव, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देव कुमार यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य सुरेश मण्डल, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशाकसीय अधिकृत कमलदेव यादव र सिरहा क्याम्पसका प्राध्यापक चन्देश्वर यादवले सामुहिक विमोचन गरेका थिए । विमोचन कार्यक्रमको अध्यक्ष वरिष्ठ पत्रकार गंगाप्रसाद साहले गरेका थिए भने कार्यक्रममा स्वागत मन्त्वय नेपाली काँग्रेसका जिल्ला सदस्य रामकिशोर यादवले व्यक्त गरेको युवा पत्रकार नरेशचन्द्र बरबरीयाले जनाए । ![]() युवा संघका केन्द्रिय सदस्य एवं नेकपा एमाले जिल्ला सदस्य रविन्द्र साह, सामुदायिक विकास समिति सिरहा माडरका अध्यक्ष राजकुमार झा, अभियन्ता धिरेन्द्र साह, नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय अध्यक्ष सञ्जय प्रकाश यादव, एभरग्रीण एकेडमीका प्रिन्सिपल अरुण कुमार पासमान, चन्द्र उच्च माध्यमिक विद्यालयका प्रार्चाय मधुसुदन कर्ण लगायतले आफ्नो शुभकामना मन्तव्यको क्रममा महालक्ष्मी पूजाको अवसरमा सदरमुकाम सिरहाबाट प्रकाशन सुरु गरेको सलहेश टाईम्स साप्ताहिकको सफलताको कामना गरेका थिए । विमोचन कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषदका पूर्वाञ्चल उपाध्यक्ष गंगा कामती, सामाजिक अभियन्ता शम्भु साह, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष नविन यादव, जीवनज्योती डिजिटल प्याथोलोजी ल्याबका सञ्चालिका इन्दिरा साह, सिरहा पुस्तकालका अध्यक्ष ओमप्रकाश साह, आरके मेमोरियल पब्लिक स्कूलका सञ्चालक मनोज यादव, जेम्स इण्लिस स्कूलका सञ्चालक विकास साह, नेपाली काँग्रेसका जिल्ला सदस्य रामचन्द्र यादव, धनेश्वर यादव, युवा युवा समाजिक अभियन्ताहरु सोनु महरा, जितेश कर्ण, विवेक यादव, सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल साह, उद्योग वाणिज्य संघका सदस्य मो. शेख इमरान, पत्रकारहरु नविन ढकाल, अपन दैनिकका प्रकाशक शुभनारायण कामती, मधेसी पत्रकार समाजका अध्यक्ष बद्रीनारायण यादव, नव जागृति साप्ताहिकका सम्वाददाता दिलिप सहनी लगायत समाजसेवी, पत्रकार, व्यवसायी, सरकारी निकायका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, राजनीतिकर्मीको उपस्थिती रहेको थियो । सदरमुकाम सिरहाबाट हप्ताको प्रत्येक आईतवार पत्रिका प्रकाशन हुने भएको छ । |
सिरहामा विमानस्थल र ट्रमा सेन्टर बन्ने Posted: 30 Oct 2016 12:00 AM PDT ![]() प्रधानमन्त्री दाहालले सिरहा जिल्लाकै विकास निर्माणका लागि आफूले विभिन्न योजनाहरु अघि सारेको बताउँदै क्षेत्र नं ५ मा पूर्वको सिरहा, सप्तरी, उदयपुरलगायतका जिल्लालाई पायक पर्ने गरी एक विमानस्थलको निर्माण तथा पूर्व पश्चिम राजमार्गमा अत्याधुनिक सुविधासहित ट्रमा सेन्टर स्थापना गर्न पहल गर्ने बताए । उनले सिरहामा खानेपानी, सडक, कृषि, स्वास्थ्य चौकी, क्याम्पस आदिका लागि पनि आफूले पहल गरेको जानकारी दिए । शनिबार पूर्वमन्त्री विश्वनाथ शाह, क्याप्टेन देवकुमार लामासहितको प्रतिनिधिमण्डलले सिरहाको विकास निर्माणमा ध्यान दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेको थियो । |
ब्लुबुक लिएपछि ट्राफिक प्रहरीलाई मासु—रक्सी Posted: 29 Oct 2016 12:21 PM PDT दिनेश्वर गुप्ता लहान, १३ कात्तिक । सिरहाको धनगढीमाई नगरपालिकामा ट्राफिक प्रहरीले अनाहकमा सवारी चालकलाई दुःख दिने गरेको खुलासा भएको छ । धनगढी प्रहरीसंग आबद्ध रहेका प्रसनी सचेन्द्र यादवले केही समयदेखि मोटरसाईकल चालक तथा अन्य सवारी चालकका ब्लुबुक लिएर सांझमा भेट्न आदेश दिने गरेको छ । यो एउटा घटना कात्तिक ८ गते हो । धनगढी ३ निवासी सुर्यदेव महतोको लक्ष्मी सुपरट्राभल्स धनगढीदेखि अम्बास चल्ने बसको ब्लुबुक लिएर २५ सय रुपैयां माग गरियो । सो रकम प्रसनी सचेन्द्र यादवले धनगढीको महेश होटलमा सांझतीर लिएर आउंन भनियो । ब्लुबुक खोसेपछि सुर्यदेव महतो त्यस होटलमा पुग्ने नै भयो । होटलमा प्रसनी यादवलगायत तीन चार जनाले मासु रक्सीे खादैं जांदा २५ सयको ठाउंमा ३५ सयको विल बनियो । एक हजार बढीको विल भएपछि सुर्यदेव महतोले भने 'म संग २५ सय मात्र छ । बांकी रकम तपाई आफै तिर्नुस् ।' यतिकैमा प्रहरी र महतोबीच विवाद भयो । विवादकै क्रममा एक जनाले जिल्ला प्रहरी कार्यालय सिरहामा फोन हानियो । यता, लहानबाट डिएसपीसहितको टोली धनगढी पुग्दा प्रसनी सचेन्द्र यादव रातीभरी फरार रहे । प्रसनी सचेन्द्र यादव रक्सी खाएकोले मापसे चेकिंगको कारण हाजिरी भएन् । त्यसको भोलीपल्ट कात्तिक ९ गते जिल्ला ट्राफिक कार्यालय लहानले प्रसनी यादवलाई २४ घण्टे स्पस्टिकरणको माग गरेको छ । यसबारे प्रहरी निरिक्षक आमोदकुमार खेरबारले भने 'कारवाहीको प्रक्रिया जारी छ । तर, डिएसपी राजकुमार केसी स्वंम त्यस केसमा गएकोले म केही भन्न सक्दिन् ।' धनगढी क्षेत्रमा प्रसनी यादवको यो एउटा उदाहरण मात्र हो । यस्ता कैयन सवारी चालक उनीसंग पीडित छन् । चेकजांचको नाममा यस्ता घुसखोरी गरी दिउंसै रक्सी खाने ट्राफिक प्रहरीलाई कस्तो कारवाही हुने हो सम्बन्धित निकायलाई नै थाहा हुनुपर्छ । |
भुतही बलान घाटमा भव्य मास महाकुम्भ मेला Posted: 29 Oct 2016 05:18 AM PDT राम नारायण पंडित, सिरहा, १३ कार्तिक । सप्तरीको दुधैला स्थित भुतही बलान घाटमा मास कुम्भ महायज्ञको भव्य आयोजना गरिएको छ । सप्तरीको मौवाहा गाविसमा पर्ने भुतही बलान दुधैला घाटमा कार्तिक एक गतेदेखि सुरु भएको श्री श्री १०८ श्री मास कुम्भ महायज्ञ भर्नका लागि नेपालको बिभिन्न स्थानको साथै भारतीय दर्शनार्थीहरु आउने गरेको आयोजकले बताए । मास महायज्ञ रहेकोले कार्तिक मास नुहाउनेहरु दिनमा मेला हेरी राती बास बसी एका बिहानै बलान नदिमा नुहाई बिहान भइरहेको मास परायणमा सहभागि हुने गरेको आयोजकको भनाई रहेको छ । श्री श्री १०८ मास कुम्भ महायज्ञमा मास परायणको साथै प्रत्येक दिन संगितमय प्रवचन त्यस्तै मनोरंजनको लागि रामलिला, बैल दौड् र कुस्ति लगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ । उक्त कार्यक्रमहरुका लागि नेपालको बिभिन्न स्थानको साथै भारतीय कालाकारहरु महायज्ञमा सहभागि भएका छन् भने भारत विहार र नेपालको मधेश क्षेत्रका जिल्लाका सांस्कृति झल्किने कार्यक्रम समेत भइरहेको बताईएको छ । सिरहा सप्तरीको बीच भागमा पर्ने भुतही बलान दुधैला घाटमा टप्पु जस्तै सैयौं विघामा फैलिएको क्षेत्रमा यज्ञको आयोजना गरिएको छ । बलमन्त बाबाको अगुवाईमा जारी रहेको कुम्भ महायज्ञ कार्तिक मसान्त भरी चल्ने छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment