समग्र संदेश डट.कम.सिरहा, कात्तिक २४–सिरहाको औरहीमा सोमबारदेखि फैलिएको माहामारीको प्रकोपले एक बालकको ज्यान जानुको साथै ३४ जना विमारी परेका छन् । झाडा पखालकाले औरही ३ का ७ वर्षिय वर्जुन यादवको ज्यान गएको हो । झाडा पखाला औरहीे गाविसको वडा नं. २, ३, ५ र ८ मा फैलिएको छ ।
झाडा पखाला फैलिएपछि स्थानीय वासिन्दा त्रसित छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले भने हैजा नभएको भन्दै सामान्य झाडापखाला भएकोले नआत्तिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
उनको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । ढिलोगरी अस्पताल ल्याईपुर्याएको हुँदा उनको मुत्यु भएको जिल्ला अस्पताल सिरहाले जनाएको छ ।
अन्य सवै विमारी सवैको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीलाई ठाउँको अभावमा चिसो भूइमै राखेर उपचार भईरहेको छ ।
विरामीमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षण देखिएको छ । झाडा पखालकाबाट बाल बालिका सवैभन्दा धेरै प्रभावित भएको छ । विरामीमध्ये १४ जना १६ वर्ष भन्दा कम उमेरको रहेको विरमी दर्ता किताबले देखाएको छ । एक घन्टामा नै ५÷६ पटक भन्दा बढी पटक पखाला लाग्ने गरेको उपचारमा संलगन चिकित्सकको भनाई रहेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख रामनारायण सिंहले झाडा पखालका विरामीहरु दैनिक स्वास्थ्य केन्द्रमा आउने गरेको र झाडा पखाला अझै नियन्त्रण नभएको बताउनु भएको छ ।
झाडा पखाला नियन्त्रणकोलागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा, काठमाडौं र जिल्ला स्वास्थ्य कार्यालयको टोली गाउँमै पुगेर उपचार गरिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख दयाशंकर लाल कर्णले जानकारी दिनुयो । उहाँले पानीका कारण झाडा पखाला लागेको हुनसक्ने भन्दै पानी परीक्षणकोलागि काठमाडौं पठाईएको बताउनु भयो । उहाँले झाडा पखालको लागि जनस्वास्थ्यसँग प्रयाप्त औषधी रहेको पनि जानकारी दिनु भयो ।
क्याप्सन ः सिरहाको औरहीस्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचाररत झाडापखालाका विरामी हरु ।
No comments:
Post a Comment