१७ कार्तिक । तराई–मधेशमा लामो समयदेखि भूमिगत सशस्त्र संघर्ष गरिरहेको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले आगामी मंसिर २३ गते ‘तराई बन्द’को घोषणा गरेको छ ।
‘०८ दिसम्वर, १८१६ तराई र तराईवासीहरुलाई ब्रिटिश ईष्ट इण्डिया कम्पनीद्वारा नेपालको गुलामबनाउँने ‘दिन’अगामी०८ दिसम्वर २०१६ को २००९दुई सय० वर्ष पुरा हुनगई रहेको छ । जनतान्त्रिक तराई मुक्तिमोर्चा९क्रान्तिकारी०को तेश्रो केन्द्रीय समितिको बैठकले ०८ दिसम्वर, २०१६ तदानुसार २३ मंसिर, २०७३ लाई ‘कालदिन’ घोषण गर्दै सो दिन ‘तराई बन्द’गर्ने निर्णय गरियो’ मोर्चाका अध्यक्ष गोइतले विज्ञप्तिमार्फत जनाएका छन् ।
गोइतले विज्ञप्तिमा ‘२०७३, मंसिर २३ गते ‘तराई बन्द’भव्य र शानदार रुपले सफलपार्न सम्पूर्ण तराईका मूलनिवासिहरुलाई आह्वानगर्ने निर्णय गरियो । साथै मजदूर, किसान, युवा, विद्यार्थि, राजनीतिकदल, नगरिक समाज, बौद्धिक समुदाय, शैक्षिक संस्थान, औद्योगिक–व्यापारिक प्रतिष्ठान, यातायातव्यवसायी, रिक्साचालक संघ संगठन आदिलाई अपीलगर्ने निर्णय गरियो’ उल्लेख गरेका छन् ।
साथै सो विज्ञप्तिमा गोइतले भ्रष्टचारलाई अपराध र भ्रष्टाचारलाई अपराधीको दर्तामा राख्ने निर्णयसमेत गरेका छन् । उनले भ्रष्टाचार पहाडी होस् वा मधेशी हदैसम्मको फौजी कारबाही गर्ने निर्णय गरेका हुन् ।
प्रेस विज्ञप्ति
हालै हाम्रो महन् एवं गौरव जनतान्त्रिक तराई मुक्तिमोर्चा९क्रान्तिकारी०को तेश्रो केन्द्रीय समितिको बैठक अध्यक्ष जय कृष्ण गोइतको अध्यक्षतामा सम्पन्नभयो । केन्द्रीय समितिको बैठकले लिएका महत्वपूर्ण निर्णयहरुको सारसंक्षेप सर्वजनिकगर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
९१०बैठकको प्रारम्भमा सर्वप्रथम् तराई मुक्ति युद्धका वीर अमर शहीद देव नारायण यादव९प्रशान्त०, विनयकुमार महतो९सूरज०, शम्भू प्रसाद यादव९अजय०, राजकुमार मिश्र, बिहारी महतो लगायत ज्ञात–अज्ञात शहीदहरु प्रति १ मिनट मौनधारण सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
९२० दोश्रो केन्द्रीय समितिको बैठकले दिएको कार्यभार निरधारित समयमा पुरा हुन सकेन । यसले केन्द्रीय समितिको नियमितबैठकप्रभावितभयो । बैठकले यसलाई गम्भीरतापूर्वक लिएको हो ।
९३० बैठकमा वर्तमान परिस्थित र आगामी राजनैतिक, फौजी, सांगठनिक र संघर्ष सम्बन्धी योजन बारे अत्यन्तगम्भीर र जिम्मेवारीपूर्ण वहस छलफल भयो ।
९४० ०८ दिसम्वर, १८१६ का दिनचीनदेखि ब्रिटिश ईष्ट इण्डिया कम्पनीले नेपाललाई चीनको पक्षमाजाननदिनको लागिहाम्रो मातृभूमि‘तराई’कामेचीनदीदेखि राप्तीनदीसम्मका भू–भागमात्र स्मरण–पत्रको कुटिल चालद्वारा नेपाललाई दिएन, तराईवासीहरुलाई नेपालको गुलामबन्नविवशपारियो ।
स्मरण–पत्रको बूँदा –७माउल्लेख गरियो कि यदिकिसानहरुको अतिरिक्त तराईवासीहरु मध्येबाट कुनै व्यक्ति सम्पति त्याग गरी कम्पनीको क्षेत्रमा बस्न चाहे भने उसको लागिकुनै अवरोध खडा गरिने छैन ।
स्मरण–पत्रको बूँदा –७अनुसार तराईका किसान९श्रमशक्ति०लाई नेपालको गुलामबन्नै प¥यो र अन्यलाई सम्पति त्याग गरी मजदूर वाभिखारी भएर कम्पनीको क्षेत्रमा बस्न सक्ने अर्थात अन्यतराईवासीहरुलाई पनि स्मरण–पत्रको बूँदा –७ को शर्त अनुसार विवशभएर नेपालको गुलामबन्नु प¥यो ।
०८ दिसम्वर, १८१६ तराई र तराईवासीहरुलाई ब्रिटिश ईष्ट इण्डिया कम्पनीद्वारा नेपालको गुलामबनाउँने ‘दिन’अगामी०८ दिसम्वर २०१६ को २००९दुई सय० वर्ष पुरा हुनगई रहेको छ ।जनतान्त्रिक तराई मुक्तिमोर्चा९क्रान्तिकारी०को तेश्रो केन्द्रीय समितिको बैठकले ०८ दिसम्वर, २०१६ तदानुसार २३ मंसिर, २०७३ लाई ‘कालदिन’ घोषण गर्दै सो दिन ‘तराई बन्द’गर्ने निर्णय गरियो ।
२०७३, मंसिर २३ गते ‘तराई बन्द’भव्य र शानदार रुपले सफलपार्न सम्पूर्ण तराईका मूलनिवासिहरुलाई आह्वानगर्ने निर्णय गरियो । साथै मजदूर, किसान, युवा, विद्यार्थि, राजनीतिकदल, नगरिक समाज, बौद्धिक समुदाय, शैक्षिक संस्थान, औद्योगिक–व्यापारिक प्रतिष्ठान, यातायातव्यवसायी, रिक्साचालक संघ संगठन आदिलाई अपीलगर्ने निर्णय गरियो ।
तराई बन्दको व्यापकप्रचार–प्रसारको लागि छापा, विद्युतीय, इलेक्टोनिकलगायतका सबै संचार माध्यमको उपयोगगर्ने बैठकमा निर्णय भयो । अपील, हातेपर्चा वितरण र भित्ते लेख्न समेतगर्ने निर्णय भयो ।
९५० ‘नेपाल’विश्वमाअति भ्रष्टाचार हुने मुलुकअन्तर्गत पर्द छ । हाम्रो मातृभूमि तराईमा नेपालीशासनको कारण भ्रष्टाचार अत्यन्तभयावह र कहालीलाग्दो छ । भ्रष्टाचारले गर्दा हाम्रो मातृभूमि तराई दिनप्रतिदिनअधोगतितिर लाग्दै गए रहेको छ भने तराईका मूलनिवासिहरुको जीवन कष्टकर बन्दै गए रहेको छ ।
अतः तराईमा भ्रष्टाचार रोक्नु अपरिहार्य हुनगएको छ । सभ्य समाजमा भ्रष्टाचारलाई अपराधकै दर्जामा राख्ने गरिन्छ । चोरी, डकैती, हत्याआदि जस्तै भ्रष्टाचार पनि समाजिकअपराधहुन् । जनतान्त्रिक तराई मुक्तिमोर्चा९क्रान्तिकारी०को तेश्रो केन्द्रीय समितिको बैठकमा भ्रष्टाचारलाई अपराध रभ्रष्टाचारीलाई अपराधीको दर्जामा राख्ने निर्णय भयो । साथै भ्रष्टाचारी पहाडी होस वामधेशीहदैसम्मको फौजी कारवाहीगर्ने बैठकले निर्णय लियो ।
९६० बैठकले शहीद परिवार, बन्दी परिवार, राजनीतिक र फौजी फाँटका कार्यकत्र्ताहरुको समस्या र आर्थिक विषयमा कैयौं महत्वपूर्ण निर्णयहरु लिएको छ ।
अन्तमाअध्यक्षद्वारा संक्षिप्त समापनमन्तव्य सहित बैठकको समापनगरियो ।
जयकृष्ण गोइत
अध्यक्ष
केन्द्रियसमिति
जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी)
No comments:
Post a Comment