/ , , , , , / भुतही बलान दुधैला घाटमा भव्य मास महाकुम्भ मेला (फोटोफिचर सहित)

भुतही बलान दुधैला घाटमा भव्य मास महाकुम्भ मेला (फोटोफिचर सहित)

राम नारायण पंडित, सिरहा, १३ कार्तिक । सप्तरीको दुधैला स्थित भुतही बलान घाटमा मास कुम्भ महायज्ञको भव्य आयोजना गरिएको छ । सप्तरीको मौवाहा गाविसमा पर्ने भुतही बलान दुधैला घाटमा कार्तिक एक गतेदेखि सुरु भएको श्री श्री १०८ श्री मास कुम्भ महायज्ञ भर्नका लागि नेपालको बिभिन्न स्थानको साथै भारतीय दर्शनार्थीहरु आउने गरेको आयोजकले बताए । मास महायज्ञ रहेकोले कार्तिक मास नुहाउनेहरु दिनमा मेला हेरी राती बास बसी एका बिहानै बलान नदिमा नुहाई बिहान भइरहेको मास परायणमा सहभागि हुने गरेको आयोजकको भनाई रहेको छ । श्री श्री १०८ मास कुम्भ महायज्ञमा मास परायणको साथै प्रत्येक दिन संगितमय प्रवचन त्यस्तै मनोरंजनको लागि रामलिला, बैल दौड् र कुस्ति लगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ । उक्त कार्यक्रमहरुका लागि नेपालको बिभिन्न स्थानको साथै भारतीय कालाकारहरु महायज्ञमा सहभागि भएका छन् भने भारत विहार र नेपालको मधेश क्षेत्रका जिल्लाका सांस्कृति झल्किने कार्यक्रम समेत भइरहेको बताईएको छ । सिरहा सप्तरीको बीच भागमा पर्ने भुतही बलान दुधैला घाटमा टप्पु जस्तै सैयौं विघामा फैलिएको क्षेत्रमा यज्ञको आयोजना गरिएको छ । बलमन्त बाबाको अगुवाईमा जारी रहेको कुम्भ महायज्ञ कार्तिक मसान्त भरी चल्ने छ ।











about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment