समग्र सन्देश सम्वाददाता सिरहा, १० मंसिर । रामपृत सज्ञान कुशवाहा मेमोरियल ट्रष्ट गोलबजार –१२ हरिपुरले एम्वुलेन्स सेवा सञ्चालन गरेको छ । स्थानीय समुदायका कोही पनि विरामी पर्दा वाहिरबाट एम्वुलेन्स मगाउनु पर्ने वाध्यता भएकाले ट्रष्टले यो सेवा सञ्चालनमा ल्याएको हो ।
ट्रष्टको हालै सम्पन्न दोस्रो साधारणसभाले एम्वुलेन्स संचालनमा ल्याएको जनाएको छ । दोस्रो साधारण सभाको अवसर पारेर एम्वुलेन्स सुचारु गरेको ट्रष्टका अध्यक्ष धर्मनाथ महतोले जानकारी दिए ।
दोस्रो साधारण सभामा प्रमुख अतिथीका रुपमा आउनु भएको नेपाल रेडक्रस सोसाइटी सिरहा शाखा सभापती राजदेव यादवले मानिसले धेरै धन, सम्पती, इज्जत कमाउन छ, तर धर्म कसै कसैलेमात्र गर्छ, यो पुन्यको काम हो यसमा सवैको सहयोग रहनु पर्ने बताउनु भयो । उहाँले एम्वुन्स सेवा यहाँका समुदायकै लागि हो, यसबाट सवैले उत्तिकै सेवा सुविधा लिन सक्छ । त्यसकारण यसको संरक्षण पनि हामी सवै मिलेर गर्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा समाजवादी फोरमका नेता तथा पूर्व पर्यटन राज्य मन्त्री सत्रुधन महतोले समाजको हरेक विकास लगाएतका अन्य कामहरुमा आफ्नो भरपुर सहयोग र समर्थन रहने भन्दै ट्रष्टले एम्वुन्स संचालन गरेर समुदायलाई ठूलो गुन गरेको बताउनु भयो ।
No comments:
Post a Comment