एके विश्वकर्मा, ससस । सिरहा, मंसिर १०– सिरहा गोलबजार नपा–९ की रुन्चिदेवी मोचीले छोरीको विवाह राम्रोसंग गरौंला भनी २०७२ मंसिरमा एकमात्र छोरा २३ वर्षिय छोरा संजय मोचीलाई विदेश (कत्तार) पठाउनु भयो । छोरा संजय चार महिनापछि नै घर आए कमाई होइन गलेको शरिर बोकेर ।
गत चैतमहिनामा घरआईपुग्नुभएको संजय कत्तार पुगेर कम्पनीमा राम्रैसँग काम गरिरहेको थियो । एक पटक पैसा पनि पाठायो संजयकी आमा रुन्चिले भन्नुभयो । दुई महिनापछि एकदिन छोरो विरामी भएर अस्पताल भर्ना भएको खवर आयो । हामीले सामान्य विरामी परेका ठान्यौं । तर, केहीदिनपछि छोराको हातखुट्टै काट्नुपर्छ भन्ने कुरा सुनाएपछि म आत्तिए । विवाह नभएको छोरो कहा हातखुट्टा काट्ने कुरागर्छ भन्नेलागेर मैले जे जस्तो अवस्थामा छ लिएरै आउनु भनेर श्रीमानलाई छोराभएकैठाउँ कत्तार पठाएँ ।
केही दिनपछि नै छोरालाई लिएर श्रीमान ज्ञानदेव आउनु भयो । काठमाडौं विमानस्थलबाटै छोरालाई ट्याक्सीमा राखेर नर्भिक अस्पताल पुर्याएर उपचार गरें । नर्भिकमै उपचाकै क्रममा संजयको छातिमा समस्या भयो भन्दै छातीको पनि अपरेशन गरे । उपचारकै क्रममा त्यहाँपनि खुट्टा काट्ने कुरा गरेपछि घर ल्याएँ । अहिले घरमा नर्भिकले दिएकै औषधीहरु चलाई रहेको छु, थप उपचारकोलागि भारत लाने आफन्तहरुले सल्लाह दिएको भएपनि आर्थिक अभावका कारण लग्न सकिरहेको छैन ।
कतार गएको दुमहिना पछि जरो आएको संजयलाई उपचारकोलागि अस्ताल पुर्याएको संजयले बताए । त्यहाँ उपचार सुरुभएकोसम्म मैले थाहापाएँ त्यसपछि म २२ दिनसम्म वेहोस भएँ । होसखुल्खदा सारा शरिर आगोले जलेको जस्तो देखे । उज्यालोसँगेको कुराकानीकै क्रममा संजयले भन्नुभयो, ‘म यस्तो शरिर देखेपछि एकपटक छाँगाबाट झरेकोजस्तै भएँ, हात, खुट्टा चलाउन समेत नसक्ने अवस्था थियो ।’
पछि बुझ्दा औषधीको रियाक्सन (कुप्रभाव) ले यस्तो भएको थाहापाएँ । जसको कारण अव दुवैहात खुट्टा काट्नुपर्ने अस्पतालले भने । यो सव गराएर उपचार गराउन कम्पनी तयार थियो । मैले यतिठूलो निर्णय गर्न सकिन । घरमा फोन गरें । आमाले त्यस्तो केही गर्नुपर्दैन पहिला नेपाल आउँ भन्नुभयो । बुबालाई लिन पठाउनु भयो । कम्पनीले नै डाक्टरको टोलीसहित हामीलाई नेपाल पुर्याई दियो । काठमाडौंमा उपचार पछि अहिले १० महिना देखि घरमै छु । राम्रो उपचार हुन सकिरहेको छैन ।
सञ्जयले निराश हुँदै सुनाउनु भयो, ‘हामी गरिव मान्छे, हाम्रो केही छैन । एकजना बुवाको कमाईले जसोतसो परिवार चलिरहेको छ । थप उपचार कसरी गर्ने ?’ काठमाडौंबाट दिएको औषधीलेकेही विशेक भएको जस्तो भएपनि दुईदिन अघि देव्रे खुट्टाको पैताला झर्यो । अव उपचार चाँडैभएन भने बाचिने हो की होइन ?
उहाँले विदेशमा छँदा सम्पूर्ण उपचार खर्च कम्पनीले नै दिएको सञ्जयको परिवारजनले बताए । काठमाडौं आएर पाँच लाखभन्दा बढी रकम खर्च भयो । अव थप उपचार गर्न सकिरहेको छैन । इन्स्योरेन्स कम्पनीले पनि एक वर्ष पुगेपछिमात्र दिन्छु भने, अव हामी कसरी छोरोको उपचार गर्ने भन्दै संजयी आमा रुन्चिदेवीले विलौना गनुभयो । उहाँले सुँकसुकाउँदै भन्नुभयो, ‘ हामी गरिवको छोराछोरी उपचार गर्नै नसेकर मर्नेभो ।’

No comments:
Post a Comment