/ , , , / साइबर क्राइम अभियोगमा पक्राउ परेका पत्रकार थपलियाको म्याद थप

साइबर क्राइम अभियोगमा पक्राउ परेका पत्रकार थपलियाको म्याद थप

सिरहा, १० मंसिर । साइबर क्राइम अभियोगमा पक्राउ परेका गोलबजारका पत्रकार अर्जुन थपलियालाई तीन दिन म्याद थप गरिएको छ । केन्द्रीय अनुसन्धान व्यूरो सिविआईको विशेष टोलीले गिरफ्तार गरेको पत्रकार थपलियालाई जिल्ला अदालत काठमांडौले तीन दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको छ ।  पत्रकारीताको आडमा अरुको चरित्र हत्या गर्ने उद्देश्य सहित विभिन्न सामाजिक संजालमा लेखेको, दशैं तिहार र नयाँ वर्षमा मात्र निस्किने पत्रिकामा लेखेको भन्दै पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देवकुमार यादवले मुद्दा दायर गरेपछि पत्रकार थपलीयालाई पक्राउ गरेको जनाएको छ । उहाँले आफ्नो सामाजिक प्रतिष्ठामा नै आचपुग्नेगरी फेसबुकमा लेखेपछि मुद्दा दिन बाध्य भएको बताएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment