/ , , , / प्रहरीको अवरोधका बीच स्वतन्त्र मधेश गठबन्धनले मनाए ‘रङ्गभेद विरोध दिवस’

प्रहरीको अवरोधका बीच स्वतन्त्र मधेश गठबन्धनले मनाए ‘रङ्गभेद विरोध दिवस’

सिरहा,१० मंसिर । २०७१ साल मंसिर १० गते सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट तीन सय भन्दा बढी मधेशीहरुलाई छालाको रङ्ग देखेरै गिरफ्तार गरेको घटनाको स्मरण गर्दै शुक्रवार सप्तरीसहित मधेशका जिल्लाहरुमा रङ्गभेद विरोध दिवस मनाईएको छ ।

मधेशका जिल्लाहरुमा प्रहरीको सुरक्षा घेराका बीच गठबन्धनले रङ्गभेद दिवस मनाएका हुन् । प्रहरीले पूर्व निर्धारित कार्यक्रम स्थलहरुमा कार्यक्रममा अवरोध पुर्याए पनि स्वराजीहरुले स्थान परिवर्तन गर्दै कार्यक्रम आयोजना गरेका छन् ।

डा। सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले यस वर्ष समेत मधेशका जिल्लाहरूमा मंसिर १० गते शुक्रबार प्लाकार्ड र वैनरसहित शान्तिपूर्ण प्रदर्शन गरेका छन् । ’रंगभेद विरोध दिवस’ मधेशको झापादेखि कञ्चनपुर जिल्लासम्म आयोजना गरिएको जानकारी प्राप्त भएको छ ।
सप्तरी सदरमुकाम राजविराजमा पूर्व निर्धारित कार्यक्रम अनुसार हरिनन्देश्वर शिव मन्दिर प्राङ्गणमा भेला भएका स्वराजीहरुको वरिपरि प्रहरीले घेरा हालेका थिए । सोही क्रममा गठबन्धनका अभियन्ता डा। वीरेन्द्र कुमार यादव कार्यक्रम स्थलमा आउने क्रममा गठबन्धनका संयोजक डा। सिके राउत हो कि भनी ठानेर प्रहरीहरु उतै हानिएका थिए । डा। यादवलाई प्रहरीले एकछिन घेरा हालेका थिए ।बष्m(ड
तत्पश्चात आफ्ना सहयोगीका साथ उनी राजविराजको मुटु मानिने गजेन्द्र चौक पुगेका थिए । त्यहाँ भेला भएका गठबन्धनका अभियन्ता एवम् समर्थकहरुले ‘स्वतन्त्र मधेश अप्पन देश’ भनी नाराबाजी गरेका थियो । प्रहरी घेराका बावजुद पनि सभाको आयोजना गरियो । उक्त सभामा गठबन्धनका अभियन्ता डा। यादवले मधेश आजाद नभएसम्म मधेशी जनताले अधिकार नपाउने विचार व्यक्त गरे ।
सभामा पूर्व सभासद् महेश यादव, मो। उस्मान मियाँ, श्यामसुन्दर मण्डल, अनिल मण्डल, राजनारायण यादवलगायतले सम्बोधन गरे । सभा चलिरहँदा प्रहरीले स्वराजीहरुको झण्डा, अपिल, टोपी तथा व्यानर खोस्ने प्रयास गरेका थिए । जनकपुरमा समेत प्रहरीले अभियानको कार्यक्रममा प्रहरीले अवरोध पुर्याएका छन् ।बष्m(ढ
आयोजित डा। सीके राउत जेलबाट रिहा भए पछि, २०७१ साल मंसीर १० गते काठमाडौंमा सार्क सम्मेलन चलिरहेको मौका पारेर काठमाडौंकै खुलामञ्चमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । सोही कार्यक्रमकालागि तयारी गरिरहेका कार्यकर्ताहरुलाई मंसीर ९ गतेदेखि नै काठमाडौं तथा बाहिरबाट धरपक्कड गरिएको थियो । सोही दिनको स्मरण गर्दै गठबन्धनले रङ्गभेदी दिवस मनाउँदैआएका छन् । मंसीर १० गते पनि सो धरपकड गर्ने क्रम जारी नै रह्यो र सुन्धारा क्षेत्रबाट डा। सी।के। राउत लगायत ३०० भन्दा बढी मधेशीहरुलाई गिरफ्तार गरिएको थियो । त्यस क्षेत्रमा कालो छाला भएको मान्छे देखिने वित्तिकै गिरफ्तार गरिन्थ्यो । सोही क्रममा वीर अस्पताल जान लागेका विरामी कुरुवाहरु तथा कालो वर्णका सादा पोशाकका मधेशी प्रहरीहरु समेत गिरफ्तार भएका थिए ।न्युजटुडे

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment