

मिनेट समय सरसफाई तथा फोहोरमैला ब्यबस्थापनमा दिई “स्वच्छ मिर्चैया, स्वस्थ्य मिर्चैया” अभियानलाई सफल पार्न मिर्चैया नगरपालीकाका कार्यकारी अधिकृत रमेश कुमार दासले आग्रह गरेका हुन् । प्रत्येक बिहिबार सम्पुर्ण मिर्चैयाबासीहरु एकजुट भई सरसफाई तथा फोहोरमैला ब्यबस्थापन गरे एक बर्ष भित्र मिर्चैया नगरपालिकालाई स्वच्छ र सफा बनाउन सकिने मिर्चैया उद्योग बाणिज्य संघका अध्यक्ष हरीशंकर साहले बताए । कार्यक्रममा मिर्चैया नगरपालिकाका, उद्योग बाणिज्य संघ, ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्पको साथै ब्यापारी, स्थानियबासी, बुद्धिजिबि, नागरिक समाज, पत्रकार लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको मिर्चैया नगरपालिकाका खरिदार राजगिर यादबले बताए ।
No comments:
Post a Comment