दिनेश्वर गुप्ता लहान, ९ मंसिर । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय मिर्चैयाले विद्युत चुहावटको लागि हुंर्किग गर्ने चारलाई नियन्त्रणमा लिएको छ । सिरहाको दुर्गापुर ३ मा विद्युत प्राधिकरण मिर्चैयाका कर्मचारीहरुले ग्राहकको मिटर जडान गर्न जांदा त्यहांका विद्युत चुहावट गर्नेहरुले कर्मचारीसंग रहेको औजार खोसेर फरार भएका थिए । सोहीक्रममा राति ८ बजेतीर पूनः विद्युतका कर्मचारीहरु त्यहां पुग्दा विद्युत चुवाहट गर्ने तथा औजार खोस्ने ज्ञानेन्द्रदास, विजय दास, रामकिसन दास र आशाराम दासलाई पक्राउ गर्न सफल भएको प्राधिकारणका प्रमुख शिवराम यादवले बताए । पक्राउ परेका चारै जनालाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । मिर्चैया क्षेत्रमा २३ हजार गा्रहक भएपनि ७ हजार गा्रहकलृे मात्र समयमा बिद्युत महशुल बुझाउने गरेको मिर्चैया बितरण केन्द्रका प्रमुख यादबले बताए । बिद्युत चुहाबट न्यनिकरण र महशुल असुली गर्न प्राधिकरण सक्रिय भएको उनले दाबी गरे । यतिबेला विद्युत चुहावट रोक्ने काम अगाडि बढाएपछि त्यस क्षेत्रमा लोडसेडिंग कम हुने गरेको नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्ष गणेश साहले बताए ।
Home /
Apradh Khabar
,
Breaking
,
Headline2
,
National
/
सिरहामा विद्युत चुहावट रोक्न विद्युत प्राधिकरण सक्रिय, चार पक्राउ
No comments:
Post a Comment