/ , , , , , / एक, दुई, तीन नेपाल टुक्रिन्छ, मधेस छुट्टै देश हुन्छ

एक, दुई, तीन नेपाल टुक्रिन्छ, मधेस छुट्टै देश हुन्छ

 काठमान्डौ ८ मंसिर - उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका युवा नेता तथा सांसद अभिषेकप्रताप साह सामाजिक सञ्जाल फेसबुकमार्फत मुलुक टुक्र्याउने अभिव्यक्ति दिएपछि विवादमा छन् । उनकै पार्टीले समेत साहको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ । तर, साह आफ्नो अभिव्यक्तिमा अडिग रहेको बताउँछन् । साहले अधिकार माग्दा मधेसी
  जनतालाई अपमानित र तिरस्कृत गरिएकाले नेपालभित्र मधेस बस्न नसक्ने जिकिर गर्छन् । साहले नेपाल टुक्रिने ठोकुवा गर्दै त्यसको दोष एमालेलाई लगाए । भारतीय सीमाको दसगजासम्म नेपाल मान्ने तर, चुरेभन्दा तलको भूभागमा बस्नेहरु भारतीय र विखण्डनकारी भन्ने एमालेको सोचका कारण मुलुक टुक्रने अवस्था आएको दाबी उनको छ । साहसँग काठमाण्डु टुडेले यिनै विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंशः–
तपाईंजस्तो जनताबाट निर्वाचित प्रतिनिधिले खुलेआम मधेसलाई नेपालबाट अलग गर्ने धम्कीपूर्ण र विवादित फेसबुक स्टाटस पोस्ष्ट गर्न मिल्थ्यो ?
मैले कुनै विवादित र धम्कीपूर्ण कुरा गरेको होइन । कसैलाई धम्की लागेको होला । तर, यो सत्य कुरा हो । केही मानिसको आँखाबाट हेर्दा मेरो कुरा विवादित लागेको हुनसक्छ । मैले मधेसी जनताको भावना बोलेको हुँ ।

यो तपाईंको आवेगको वा सुझबुझपूर्ण अभिव्यक्ति हो र ?
मैले एकपटक, दुईपटक होइन, सयौंपटक सोचेर बोलेका कुरा हो । हामीले समग्र नेपालभित्रै बसेर अधिकार लिन खोज्दा तिरस्कृत गरियो । मधेसीहरु नेपाली होइनन भनियो । तिरस्कारको पनि हद हुन्छ नि । मधेस आन्दोलनमा अहिलेसम्म ३ सय मानिस मरिसके । यत्तिका वर्षसम्म आन्दोलन चलिरहेको छ । तर, नक्कली राष्ट्रवादी र नक्कली राष्ट्रवादीहरुले हामीलाई अधिकार दिने कुरा त के झन् तिरस्कृत गर्ने, घृणा गर्ने काम गरिरहे । अब मधेसी जनताको धैर्यताको बाँध टुट्न लागिसक्यो । लगातारको तिस्कार सहनुभन्दा अर्कै बाटो रोज्नु ठीक भन्ने मेरो भनाइ हो ।

कसले तिरस्कृत गरेको छ र रु मधेसको समस्या समाधान गर्न भनेर दलहरु र सरकार प्रयासरत रहेकै छन् होइन र ?
एमालेले मधेसीलाई तिरस्कृत गरेको छ । एमालेबिना संविधान संशोधन हुँदैन । ऊ हामी मधेसीलाई नेपाली नै मान्न तयार छैन । एमालेले १० गजासम्म नेपाल हो, तर चुरेभन्दा तल बस्ने कालो छाला भएकाहरु नेपाली होइनन् भन्ने कुरालाई सिद्धान्त नै बनाइसक्यो । उसका नेताहरुका पटकपटकका अभिव्यक्तिमा त्यही कुरा आइरहेको छ । हामीलाई उत्तर प्रदेश र बिहारबाट आएको भन्ने रु हामीलाई सधैं भारतका दलाल र विखण्डनकारी भन्ने रु म पनि जनताबाट चुनिएर आएको प्रतिनिधि हुँ । मलाई नेपाली हो कि होइन भनेर डिएनए टेस्ट केपी ओलीले गर्ने रु

कुनै अमुक पार्टीको रिसले देशै टुक्रयाउने कुरा गर्नुभन्दा राजनीतिक रुपमै उसलाई पराजित गर्ने बाटाहरु पनि त छन् नि ?
जब जनताले शान्तिपूर्ण रुपमा अधिकार माग्दा पाउँदैनन्, तब मुलुक टुक्रिएका उदाहरण विश्वमा धेरै छन् । एमाले उग्रराष्ट्रवादी शक्ति हो । उसले हरुको भावनाको सम्मान होइन, अपमान मात्र गर्न जानेको छ । उसको नक्कली राष्ट्रवाद एक दिन छताछुल्ल हुन्छ । एमालेका धेरै नेता र केपी ओलीले कसको छहारीमा राजनीतिमा टिके र कसरी शक्ति आर्जन गरे भन्ने मैले बताउँनै पर्दैन ।

त्यस्ता व्यक्तिहरुले हाम्रो राष्ट्रियताको डिएनए टेस्ट गर्न सुहाउने कुरा हो रु एमालेको उग्र राष्ट्रवादले मुलुकलाई अखण्डित राख्न मद्धत गर्दैन । जब देशलाई सबै जात, भाषा, क्षेत्र र बर्णका जनता चाहिँदैन भने हामीलाई पनि यो देश चाहिँदैन । एउटै देशमा बस्ने हो भने हामीलाई बराबरीको अधिकार र सम्मान चाहियो । कुरा स्पष्ट छ, नत्र बस्न सकिँदैन । एमालेकै कारण देश टुक्रँदैछ । मधेसी नेपाली होइन, मधेसी यो देशका नागरिक होइन, तिनलाई अधिकार दिनुहुँदैन । कुनै तह र तप्कामा पुग्न दिनु हुँदेन भन्ने एमालेको सोचकै कारण नेपाल अब अखण्ड रहन सक्दैन ।

तपाईको विखण्डनकारी अभिव्यक्तिप्रति तपाईंकै पार्टीले आपत्ति जनाएको छ नि थाहा छ ?

मैले पार्टी को होइन, मधेसी जनताको आधिकारिक धारणा राखेको हो । पार्टीमा लागेको भन्दैमा व्यक्तिगत स्वतन्त्रता हुँदैन र रु म पार्टीको मान्छे मात्र नभएर जनताबाट प्रत्यक्ष चुनिएको सांसद हुँ । मलाई जनताले आफ्ना मुद्धाका लागि संघर्ष गर्न जिताएर पठाएका हुन् । म पार्टीलाई धोका दिन सक्छु, तर मतदातालाई धोका दिन सक्दिन ।

पार्टीले तपाईंलाई अब यस्तै अभिव्यक्ति दिन नछाडे कारबाही गर्ने चेतावनी दिएको छ रे नि ?
 पार्टीले कारबाही गरोस् । मलाई त्यसमा भन्नु केही छैन । तर, म मेरो दृष्टिकोण र एजेण्डामा स्पष्ट छु । जनताले मलाई जेका लागि मत दिएका थिए त्यो कुरा गर्छु÷बोल्छु । पार्टीभन्दा मेरो लागि मधेस र मधेसी जनता ठूलो हो । जबसम्म पार्टीले मधेस र मधेसीको मुद्धा बोक्छ तबसम्म पार्टीमा रहन्छु । जब मुद्दा छोड्छ पार्टीमा बस्नुको के औचित्य हुन्छ र रु

तपाईंलाई जनताले देश टुक्र्याउनका लागि मत दिएको हो ?
म पनि पहिला विखण्डनको पक्षमा थिइन । जहिले पनि विखण्डनको विपक्षमा उभिँदै आएको छु । तर, यत्तिका मानिस मरिसके, अझै मुद्धाहरुको राजनीतिक सम्बोधन गर्नुको साटो उल्टै अपमानित र तिरस्कृत गर्न थालिन्छ भने नेपालबाट मधेस अलग्गिएकै राम्रो । मेरो फेसबुक स्टाटस पोस्ट भएपछि मधेसी युवाहरुमा खुसीयाली छाएको छ । सयौं सन्देशहरु आइरहेका छन् । कसैले फोनमा, कसैले फेसबुकमा र कसैले मोबाइलमा म्यासेज गरेर ‘तपाईं अघि बढ्नुस, हामी साथमा छौं भनेका छन् । देश विदेश सबैतिरबाट मेरो समर्थन भएको छ ।
 देश विखण्डन गर्ने कामको नेतृत्व कसले गर्ने, तपाईं कि सिके राउतले ?
सिके वा मैले होइन, मधेसी युवाले गरिहेका छन् । मेरै स्टाटस हेर्नुस् न । त्यसमा पहाडेले विरोध गरेका छन् । मधेसी सबैले समर्थन गरेका छन् । मधेसी युवाले अघि बढ्नुस भनेका छन् । रुची देखाइरहेका छन् ।
सरकारले तपाईंहरुको माग सम्बोधनका लागि संविधान संशोधनको तयारी गरिरहेका बेला यस्तो दुर्भाग्यपूर्ण विचारको वकलात किन गर्नुभएको ?
सरकारसँग वा सरकारको नेतृत्वसँग मेरो गुनासो होइन । मेरो आपत्ति एमालेसँग हो । संसदको गणित नै त्यस्तै छ कि एमाले समहत नहुँदासम्म संविधान संशोधन हुँदैन । लेखेर राख्नुस् एक, दुई, तीन मधेस नेपालमा अब रहँदैन । मधेस छुट्टै राज्य बन्छ ।

सांसद जस्तो गरिमामय र जिम्मेवार पदमा बसेको मानिसले आफ्नो मातृभूमि र राष्ट्रिय अखण्डतालाई बलात्कार गर्ने प्रकारको अभिव्यक्ति दिन सुहाउँछ ?
किन सुहाउँदैन रु मधेसीलाई भारतीय दलाल भन्न सुहाउने रु मधेसीहरु नेपाली होइनन्, बिहारी हुन भन्न सुहाउने रु मधेसीको राष्ट्रभक्तिमाथि प्रश्न उठाएर बारम्बार तिरस्कृत गर्न सुहाउँने रु अनि हामीले सबैविकल्प बन्द भएपछि आफ्नो भूमिमा आफ्नै अधिकार कायम गछौं भन्न नसुहाउँने ? काठमाण्डु टुडेबाट

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment