/ , , , / संविधान संशोधनबारे निर्णायक बैठक साँझ ५ बजे

संविधान संशोधनबारे निर्णायक बैठक साँझ ५ बजे

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान संशोधनका विषयमा निर्णायक छलफल गर्न आज साँझ ५ बजे शीर्ष तीन दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा संविधान संशोधनको विषयमा शीर्ष तीन दलबीच समझदारी खोज्ने प्रयास गरिने बताइएको छ । यसैबीच, नेकपा माओवादी केन्द्रका समेत अध्यक्ष रहेका प्रधानमन्त्री प्रचण्डलाई पार्टीको केन्द्रीय कार्यालयको बैठकले संविधान संशोधनको विषयमा छलफल गर्न र निर्णय लिन सम्पूर्ण अधिकार दिएको छ ।

‘प्रधानमन्त्रीज्यूले आज पाँच बजे प्रमुख दलका शीर्ष नेताहरुको बेठक बोलाउनु भएको छ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । रातोपाटी

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment