सिरहा, ६ मंसिर । नेपाली काँग्रेसका केन्द्रिय कोषाध्यक्ष तथा शान्ति तथा पुनर्निर्माण मन्त्रि सीता देवी यादब क्षेत्रिय भेलालाई सम्वोधन गर्न बुधवार सिरहाको सुखीपुर आउन लागेको हो ।नेपाली काँग्रेस सिरहा क्षेत्र नम्बर ४ को आयोजनामा सम्मान तथा अभिनन्दन कार्यक्रममा उहाँले क्षेत्र भित्र रहेको समस्याहरुलाई सम्बोधन गर्न आउन लागेको क्षेत्रिय सभापति रामचन्द्र यादबले बताउनुभयो उहाँले भन्नुभयो – कार्यक्रममा क्षेत्र भित्रका पार्टी कार्यकर्ता, जनसमुदाय लगायत केन्द्रिय स्तरका नेताहरुको सहभागिता रहने छ । उक्त कार्यक्रमले मधेश र स्थानीय समस्या हल हुने विश्वास राखेको छु । सीता देवी यादब मन्त्रि भएपछि पहिलो पल्ट सुखीपुर आउन लागेको हुँदा यहाँका स्थानीयबासीहरु हर्षित भएका छन् । सिरहा जिल्लाकै ख्याती प्राप्त नेत्री यादब महिला प्रतिनिधित्व गर्ने भएकाले अत्यधिक महिलाहरु पनि सहभागी हुने र उक्त कार्यक्रम सुखीपुरको रामजानकी मन्दिरको मैदान हुने कार्यक्रमका आयोजक समितिले जनाउनुभयो ।
No comments:
Post a Comment