
संविधान संशोधनमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सोमबार साँझ बस्दैछ । बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा छलफल भएको थियो । साथै पार्टीको संगठन लगायतका विषयमा आवश्यक निर्णय लिन मंसीर ११ गते पार्टीको पोलिट्ब्यूरो बैठकको आयोजना गर्ने निर्णय भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन्– ‘आजको बैठकमा संविधान संशोधन र पार्टीको संगठनात्मक विषयमा छलफल भयो । प्रधानमन्त्रीज्यूले आज पाँच बजे प्रमूख दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको छ । संविधान संशोधनका विषयमा उक्त बैठकमा छलफल हुनेछ, पार्टीको आन्तरिक संगठनबारे निर्णय गर्न मंसीर ११ गते पोलिट्ब्यूरोको बैठक बोलाइएको छ ।’ दैनिकनेपालबाट
No comments:
Post a Comment