परासी, १४ मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माग सम्बोधन नगरे देशमा ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् । उनले प्रमुख तीन दल मोर्चाको मागप्रति उदासीन रहेको बताउँदै संविधानलाई असफल बनाउन खोजेको आरोप लगाए ।
सदभावना पार्टी नवलपरासीले मंगलबार गरेको पत्रकार सम्मेलनमा महतोले संबिधान संशोधन प्रक्रियालाई तीन ठूला दलले ओझेलमा पार्ने चलखेल गरिरहेको आरोप लगाउँदै संविधान कार्यान्वयन नभए सम्पूर्ण उपलब्धिहरु समाप्त हुने खतरा रहेको बताए ।
तीन पार्टीले संघियतालाई समाप्त गरी पुनः देशलाई द्वन्द्वमा धकेल्ने काम गरिरहेको आरोप लगाए । सरकार गठनको बेला मोर्चासँग भएको तीनबुँदे सम्झौता अनुरुप सरकारले संविधान संशोधन प्रस्ताव दर्ता नगराई अनावश्यक रुपमा मोर्चालाई बदनाम गर्ने कार्य गरिरहेको बताए ।
सरकारले समयसीमाभित्र संशोधन प्रस्ताव दर्ता गराओस् त्यसपछि मोर्चाले आधिकारिक धारणा व्यक्त गर्ने महतोले बताए ।
पत्रकार सम्मेलन सदभावना पार्टी नवलपरासीका अध्यक्ष जिजय अग्रहरीको सहभापतित्वमा सम्पन्न भएको थियो भने सम्मेलनको सहजीकरण प्रेस मंच नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले गरेका थिए । मधेशबाणीबाट
No comments:
Post a Comment