/ , , , , / मधेशको झापादेखि कञ्चनपुरसम्म ‘रंगभेद विरोध दिवस’

मधेशको झापादेखि कञ्चनपुरसम्म ‘रंगभेद विरोध दिवस’


,काठमाडौं ८ मंसिर । रंगभेदी गिरफ्तारीको दुई वर्ष पूरा भएको भन्दै डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले यही मंसिर १० गते ‘रंगभेद विरोध दिवस’ मनाउन लागेको छ ।


गठबन्धनले मंगलबार एक अपील जारी गर्दै ‘रंगभेद विरोध दिवस’ लाई सफल बनाउन अपील गरेको छ । मधेशका झापादेखि कञ्चनपुरसम्म मंसिर १० गते प्लेकार्ड र बैनरसहित शान्तिपूर्ण प्रदर्शन गर्ने गठबन्धनले जनाएको छ ।

२०७१ साल मंसिर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ३०० भन्दा बढी मधेशीहरुलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको वार्षिकीको रुपमा डा। सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले यस वर्ष पनि मधेशका जिल्लाहरूमा यही मंसिर १० गते शुक्रबार प्लाकार्ड र वैनर सहित शांतिपूर्ण प्रदर्शन गर्दै ‘रंगभेद विरोध दिवस’ मनाउने निर्णय गरेको जनाइएको छ ।

सो कार्यक्रम झापादेखि कंचनपुरसम्म आयोजना गरिने गठबन्धनका सहसंयोजक कैलाश महतोले जनाएका छन् ।

डा। सीके राउत जेलबाट रिहा भएपछि, २०७१ साल मंसीर १० गते काठमाडौंमा सार्क सम्मेलन चलिरहेको मौका पारेर, काठमाडौंकै खुलामञ्चमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । सोही कार्यक्रमका लागि तैयारी गरिरहेका कार्यकर्ताहरुलाई मंसिर ९ गतेदेखि नै काठमाडौं तथा बाहिरबाट धरपकड गरिएको थियो ।

मंसीर १० गते पनि सो धरपकड गर्ने क्रम जारी नै रह्यो र सुन्धारा क्षेत्रबाट डा। सी।के। राउत लगायत ३०० भन्दा बढी मधेशीहरुलाई गिरफ्तार गरिएको थियो ।

त्यस क्षेत्रमा कालो छाला भएको मान्छे देखिने बित्तिकै गिरफ्तार गरिन्थ्यो । सोही क्रममा वीर अस्पताल जान लागेका विरामी कुरुवाहरु तथा कालो वर्णका सादा पोशाकका मधेशी प्रहरीहरु समेत गिरफ्तार भएका थिए । नेपाल सरकारद्वारा गरिएको सो गिरफ्तारी त्यो हदसम्मको पूर्ण रुपले रंगभेदी रहेको गठबन्धनको दाबी छ ।

त्यस रंगभेदी गिरफ्तारीलाई एमनेष्टी इन्टरनेशनल तथा एशियन ह्युमन राइट्स कमिशन समेतले विज्ञप्ति जारी गरी विरोध गरेको थियो । सोही रंगभेदी गिरफ्तारीको सम्झना स्वरुप, देश र विदेशमा मधेशी माथि भइरहेको रंगभेदको संदेश दिन, हरेक वर्ष मंसिर १० गते ‘रंगभेद विरोध दिवस’ मनाइने गरेको छ । यसभन्दा अघिल्लो वर्ष पनि सो दिवस मनाइएको थियो, जसमा लगभग १५० जनाले विभिन्न जिल्लाबाट गिरफ्तारी दिएका थिए ।

  ⇛ डा.सी.के. राउत, रंगभेदी गिरफ्तारी, स्वतन्त्र मधेश गठबन्धन
  हुलाकी न्यूजबाट

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment