सिरहा, ८ मंसिर । साइबर क्राइम अभियोगमा सिरहा गोलबजारका पत्रकार अर्जुन थपलियालाई केन्द्रीय अनुसन्धान व्यूरो (सिविआई) विशेष टोलील गिरफ्तार गरेको छ । गोलबजारको मुख्य चोकबाट घर गईरहेको अवस्थामा उहाँलाई पक्राउ गरेको जनाएको छ । पत्रकारीताको आडमा अरुको चरित्र हत्या गर्ने उद्देश्य सहित विभिन्न सामाजिक संजाल (फेस बुक) मा लेखेको, दशैं तिहार र नयाँ वर्षमा मात्र निस्किने पत्रिकामा लेखेको भन्दै पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देवकुमार यादवले मुद्दा दायर गरेपछि पत्रकार थपलीयालाई पक्राउ गरेको जनाएको छ । उहाँले आफ्नो सामाजिक प्रतिष्ठामा नै आचपुग्नेगरी फेसबुकमा लेखेपछि मुद्दादिन बाध्य भएको बताएको छ । पत्रकार महासंघका अध्यक्ष यादवले अरुलाई त्यसरी सामाजिक प्रतिष्ठामा आँच आउने गरी फेसबुकमा लेख्ने जोकोहीलाई कार्वाही हुनु पर्ने बताएको छ । उहाँले पत्रकारीताका आचासंहिता विपतरित पत्रकारीताको आडमा जे लेख्दा पनि हुन्छ भन्ने मानसिकताले व्यक्तिको चरित्र हत्या गर्ने उदेश्य सहित लेखेको प्रति खेद व्यक्त गर्दै कडा कार्वाहीको माग गरेको छ । पत्रकारीताको धर्म नै विर्षेर व्यक्ति चरित्रहत्यामा उत्रिनु कुनैपनि हालतमा पत्रकाहिरता नभएको भन्दै मधेश मिडिया मिसन, प्रेस मञ्च, प्रेस सेन्टर लगायतका संगठनहरुले कार्वाहीको माग गरेको छ । पत्रकारीतालाई नै धुमिलो पार्ने क्रियाकलाप गर्ने, पत्रकारीताको आडमा व्यक्तिगत स्वार्थ पुरा गर्ने तत्वलाई कार्वाही गरिनु पर्ने उनीहरुले माग गरेका छन् ।
Home /
Apradh Khabar
,
Breaking
,
Headline2
,
Special News
/
साइबर क्राइम अभियोगमा पत्रकार थपलिया पक्राउ, पत्रकारहरुद्वारा नै कार्वाहीको माग
No comments:
Post a Comment