सुरेन्द्र कामती, सिरहा, मंसिर ८ गते र मानिस अनेक उपायहरु अपनाउँछन्, अरुको धनसम्पत्ति हत्याउन । विश्वास गर्न गाह्रो तर घटना यर्थाथपरक हो । यस्तै घटना घटेको छ, सिरहाको हकपारा ९ का २८ वर्षिय जयराम यादवसँग । समान्य परिवारका जयराम शिक्षण पेशामा आवद्ध युवक हुन् । उमेरको माग र घरपरिवारको आवश्यकतालाई ध्यानमा राख्दै उनी लगनगाँठो कस्सिन बाध्य भए । उनी २०७१ फागुन २० गते समाजिक रीति रिवाज अनुसार महदेवा पोर्ताहा ३ का १९ वर्षिय सुचिता यादवसँग विवाह बंधनमा बाँधिए । विवाह बन्धनमा बाँधिएको १ वर्षजति दुवैवीचको सम्बन्धमा गहिराई र अथाह प्रेम थिए ।
यस्तो अथाह मायाप्रेममा कसैको कुदृष्टि परेछ । कुदृष्टिकै कारण उनको जीवनमा आँधीबेहरी आए । खासमा कुरा केहो भने, जयराम सिरहा सदरमुकाममा रहेको एक नीजि विद्यालयमा शिक्षकको रुपमा कार्यरत थिए । बुबा विहिन जयरामको घरमा वृद्ध आमा दुःखनीदेवी, भाई राजाराम र बहिनी पुनम बस्दै आएका थिए । जयराम कर्तव्यपालनको क्रममा सिरहामा पनि बस्ने गर्थे । दैनिक साईकलबाट ओहोरदोहार गरी शिक्षण पेशालाई निरन्तार दिएका थिए । कहिकेकाही सिरहा बस्नु पर्दा उनी परिवारजनको सम्र्पकमा रहन्थे । सम्पर्कको माध्यम बनेको थियो मोबाईल फोन ।
यही वीचमा जयरामको बहिनी पुनमको मितिनी भाई पर्ने सन्तोषको घरमा आउजाउँ थियो । जयरामले बहिनीको मितिनी भाई भएर होला औंधी विश्वास गर्थे सन्तोषलाई । घनिष्ठता वढ्दा नै जयरामले पत्नी सुचितालाई माईत९नैहर० जानुपर्ने भएपछि पुर्याइदिन सन्तोषलाई अह्राउथे । ‘सन्तोषसँग भाई राजाराज र पत्नी सुचितासँगै माईत जान्थे,’ जयरामले थपे । सन्तोष मोटरसाईकल चलाउन जान्थे, त्यही भएर उसैलाई अह्राउने गर्थे, जयरामले ।
अत्याधिक विश्वास गरे धोकामा पर्न सकिने कुराबाट जयराम अनभिज्ञ थिए । सन्तोषको घरमा आउने जाने क्रम बाक्लिन थालेको । यता पटक पटक सुचितालाई माईत पुर्याउने क्रममा सन्तोष–सुचितावीचमा धनिष्ठता पनि बढ्न थाले । तर त्यस कुराको जयरामलाई कुनै भनक थिएन, उनी र्निधक्क विश्वास गर्ने भएकोले अन्यथा सोच्ने स्थान नै थिएन । त्यही भएर केही जरुरी भएपछि सन्तोषलाई अह्राउथे उनी । यही मौकामा उनीहरुवीचको सम्बन्धले विस्तारै ‘सेक्रेट लभ’को रुप लियो । विस्तारै उनीहरुवीचको यो ‘सेक्रेट लभ’ लोभमा परिणत भयो । यता जयरामलाई यसवारे कुनै जानकारी भएन् । किनकी कर्तव्यपालनमा दृढ उनी जीवनमा त्यस्तो कुनै घटना घट्ला भन्ने सोचेका थिएनन् ।
विस्तारै समय वित्दै गयो । यसवीचमा सन्तोष–सुचितावीचको सम्बन्धले गाढा रंग लिदै थियो । यसको जानकारी त्यसवेला भयो, जब भाईलाई भेट्न लहान हिडेकी उनी वेपक्ता भईन् ।
सुचिता आफ्नो मामा विदेश जादैछ भन्दै जयरामलाई माईत जानदिन आग्रह गरिन । मामा विदेशिक रोजगारमा खाडी जाने भएपछि भेटघाट गर्न आफूलाई जानुदिनुपर्ने भनेको जयरामले बताए । जयराम सोझो, छल कपट नजान्ने भएकाले भित्रि आशय बुझ्न सकेनन् । बहिनीको मितिनी भाई सन्तोष र भाई राजारामसँगै पत्नीलाई मोटरसाईकलबाट महदेवा पोर्ताहा पठाए । ‘भाई र सन्तोष माईत पुर्याएर त्यही दिन फर्किए,’ उनले थपे । माईतबाट १५ दिन पछि सुचिता फागुन २० गते घर९हकपारा० आउने फोनमा कुराकानी हुँदा तय भएको जयरामको भनाई छ । पत्नीको प्रतिक्षामा रहेका जयरामको जीवनमा ठूलो आँधी आयो । पत्नी सुचिता माईतबाट लहान २०७१ पुष १४ गते निस्किए । एपोलो ईग्लिस बोर्डिग स्कूल लहानमा अध्ययनरत भाई सन्तोष यादवलाई भेट्न घरबाट हिडिन् । त्यसदिन फोन गर्दा कुराकानी भएको र आफू भाईलाई भेट्न लहान गईरहेको बताएको सुनाए । भाईलाई भेट्न गएकी सुचिता त्यस लगतै वेपक्ता भईन् । यता राती सासुलाई फोन गरेपछि नआएको र उत्ता भाईसँग नभएपछि पटक पटक जयरामले पत्नी सुचितालाई फोन गरे तर फोन ‘स्वीच अफ’ भन्दैथियो । जयराम सम्झन्छन, ‘त्यो खबर पाउँनासाथ मेरो दिन पहाड भयो । के गरु, नगरु भयो । ममा छटपटाहट र ब्यग्र चिन्ता थपियो ।’
‘आफ्नो मनलाई स्थिर र दरिलो बनाउने अनेक प्रयत्न गर्थे तर मनै त हो, थामिनसक्नु हुन्थ्यो,’ उनी सम्झन्छन् । उनी हार मानेनन् । परिस्थितीसँग जुझ्नुपर्छ भन्दै मनलाई दरिलो बनाउने प्रयास गरे । त्यस प्रयासमा केही साथीहरुले जयरामलाई साथ दिए । अचानक पत्नी कता गईन रु किन फोन सम्पर्क भईरहेको छैन रु आखिर किन यस्तो भयो होला रु लगायतका जिज्ञासालाई केलाउँदै पत्नीको खोजबिन उनी जुटे । प्रहरीमा निवेदन दिए । प्रहरीमा निवेदन दिए । प्रहरीमा दिएको निवेदन आधारमा प्रहरीले पनि अनुसंधान थाल्यो । यता यसवारे गाउँमा पनि गाईगुई र गन्थन मन्थनले बाक्लो रुप लियो । त्यसवीचमा गाउँको इज्जतको कुरा भएर हो, पंचायत बैस्न थाले । पटक पटक पंचायत बसेपछि गाउँकै सर्विन यादवले यसको भेद खोल्यो । सर्विनले पंचायतमै सन्तोषले नै सुचितालाई भगाईएको बताए । यो पोल खुलेपछि सन्तोष एकछिन अलमलमा परेको थियो, तर समाजिक दबाबपछि उनले आफूले नै लगेको स्वीकार गरे । आफूले जनकपुरमा डेरा लिई सुचितालाई सुरक्षितसाथ राखेको त्यस दिनको पंचायतमा कबुल गरेको स्थानीय जिवछ यादवले बताए ।
यो कुरा बाहिर आउनासाथ गाउँलेहरु सुचितालाई ल्याउन जनकपुर पुगे । जनकपुरको जानकीमन्दिरमा रहेको प्रहरी चौकीले सन्तोषलाई काका सितलको जिम्मा र सुचितालाई हरिदेव यादव९जयरामको काका०को जिम्मा दिएर घर पठाए । सुचितालाई हकपारा ल्याएरपछि जयरामले घरमा निकै सम्झाए । ‘तिमि किन यस्तो गर्यो रु गाउँसमाजमा हाम्रो परिवारको इज्जतमा दाग लगाइदियौं, त्यस्तो गर्नु हुँदैन्थ्यो’ भन्दै सम्झाए,’ जयरामले भने । ‘यो कुराले सुचितालाई मुटुमा भतभति पोल्यो होला त्यही भएर उनी म बाट गल्ती भयो । मलाई माफ गरिदिनुस् भन्दै रुन कराउन थालिन,’जयरामले सम्झिए । सोधपुछकै क्रममा पत्नी सुचिताले भएभरको गरगहना र ८१ हजार रुपैयाँ आफूले लिएर गएको र त्यो गरगहना र रुपैयाँ सन्तोषकै जिम्मा सुम्पिएको बताए । जयरामका अनुसार पत्नी सुचिताले व्यक्त गरेका कुरामा गम्भीरता झल्किएकोले अब त्यस्तो गर्दैनन् भन्ने विश्वास लागएको बताए । यता सन्तोषमाथि गाउँमा गरगहना, रुपैयाँ र सुचितालाई लिएर गएको विषयमा पंचायत बस्ने तय थियो । पंचायत बस्ने दुई दिन अगावै पत्नी सुचिता सन्तोषको घर भागिन । त्यो साँझको समय थियो ।
दुवैजना घरबाट पंचायत बस्ने एक दिन बाँकी रहेको मौकामा घरबाट परिवारजनकै मिलोमतोमा भागे । भारतको मधुबनीमा डेरा लिएर बस्न थाले । यता प्रहरीमा पुनः छलफलको लागि दबाब परेपछि सन्तोषको काका सितलले दुवैजना ९सन्तोष–सुचितालाई० उपस्थित गराए । प्रहरीमा भएको त्यस छलफलमा सुचिताले सन्तोषसँगै बस्ने इच्छा व्यक्त गरे । तर समाजले समाजिक रितिरिवाज र ‘समाजिक वातावरणमा नराम्रो असर पुर्याउने भन्दै त्यस रात सुचिताको आमा सेलोदेवीको जिम्मा सुम्पिए । आमाको जिम्मा रहँदापनि सुचिता १८ दिनपछि फेरी सन्तोषसँग भागिन,’ जयरामले भने । आमाको जिम्मा रहेकी सुचिता सन्तोषको घर गएर त्यही बस्न थाले ।।।।
आफूले पटक पटक सम्झाएर अपनाउन खोजेपनि सुचिता सन्तोषसँगै बस्ने भएपछि आफूसँग कुनै विकल्प नभएपछि छाडिदिए । जयरामले पछि आफूमाथि कुनै आरोप नलागोस भन्दै जिल्ला अदालत सिरहामा ‘जारी र धनमाल’ मुद्दा दर्ता गराए । भएभरको गरगहना र नगद लिएर गएपछि सम्भावित आरोपबाट सुरक्षित रह्न र लगेको गरगहना फिर्ता पाउँन अदालतमा मुद्दा दर्ता गराउनु परेको जयरामले बताए । यसवीचमा सुचिताले सन्तोष र उनको परिवारजनको उक्साहटमा जिल्ला अदालत सिरहामा जयराममाथि ‘सम्बन्ध विच्छेद र अंशको दाबी’ सहितको मुद्दा दर्ता गराए । मानिस अरुको सम्पत्ति हत्याउन कतिको तुक्ष्य योजना बुन्दो रहेको छ, त्यसको ताजा प्रमाण हो यो । विवाहमा आफूले दिएको गरगहना फिर्ता नगरेर उल्टै सम्बन्ध विच्छेद सहित अंशको मुद्दा दर्ता गराएपछि जयराम जिल्ल परेको छ । त्यत्रो अन्याय भएको छ । सवैथोक गुमिसक्यो फेरी अंशको मुद्दा दर्ता गरेर मानसिक यातना दिएको छ,’ जयरामले निराश हुँदै भने, ‘यो त घोर अन्याय हो । दुनियाँमा कहि कतै यस्तो अन्याय भएको सुनेको छैन् ।’ ज्ञात रहोस, जयरामले विवाह दहेज विना गरेको हो ।
यसवीचमा सन्तोष–सुचिताले विवाहइतर राख्ने सम्बन्धबाटै एक बच्चाको जन्म भएको छ । लहानमा रहेको सप्तऋषी अस्पतालमा समान्य तरिकाले २०७३ भदौं १० गते बच्चा ९किसन०को जन्म भएको स्थानीयहरुको भनाई छ । बच्चा जन्म भएको कुरा लुकाउन खोजिएपनि बाहिरिएको थियो । हाल बच्चालाई गाउँकै स्वास्थ्य केन्द्रमा खोप लगाउने कार्य समेत भएको छ । सन्तोष र सुचितावीचको सम्बन्धबाटै बच्चाको जन्म भएपनि आफूमाथि २०७२ असार ३१ गते ‘अंश र सम्बन्ध विच्छेद’को मुद्दा जिल्ला अदालत सिरहामा दर्ता गराएको हो । त्यो विचारधीन अवस्थामा छ ।
मुलकी ऐन लोग्ने स्वास्नी महलको ३ ९२६०को टिप्पणीमा ‘अन्यथा प्रमाणित नभएमा ऐन बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद भएको मितिले दुई सय बहत्तर दिनभित्र जन्मेको सन्तान सो सम्बन्ध विच्छेद भएको लोग्नेको सन्तान ठर्हछ । प्रमाण ऐन, २०३१ को दफा ६ ९घ० बमोजिम उक्त अवधिभित्र जन्मेको सन्तान सो लोग्नेको सन्तान हो भनी अदालतले अनुमान समेत गर्दछ । अन्य प्रमाणबाट अर्काको सन्तान ठहर्ने अवस्थामा सोही बमोजिम हुन्छ ।’ उल्लेख छ । ‘यति हुँदापनि सन्तोष र उनका परिवारीक सदस्यहरुले जयरामलाई सताउन छाडेको छैन,’ स्थानीय जिवछ यादव भन्छन्,‘त्यसैको परिणाम स्वरुप अंश र सम्बन्ध विच्छेदको मुद्दा हो ।’
‘मानिसमा लोभको सिमा नाघिन्छ भने त्यो अनावश्यक मानसिक र विभिन्न प्रकारका तनाव सृजना गर्नमै केन्द्रित रहन्छ । यो घटना पनि त्यहि प्रकृतिको रहेको धेरैको भनाई छ । ‘पत्नीपनि लिएर गए । त्यससँगै ६ लाख वढीको नगद र गरगहना पनि लियो र थप तनाव र हत्याउने मनसायले अंशको मुद्दा दर्ता गराउन लगाएको छ,’ जयरामले भने । उनी भन्छन्,‘म न्यायमा विश्वास गर्छु । मेरो इज्जत प्रतिष्ठामा आँच पुर्याएरपनि उनीहरुलाई पुगेको छैन । त्यही भएर अंश र सम्बन्ध विच्छेदको मुद्दा दिएको छ । मलाई अदालतले न्याय दिन्छ । त्यसैको अपेक्षामा छु ।’
‘समाजमा वढ्दै गरेको यस्तो डरलाग्दो घटनाक्रम ९समाजिक विकृति०लाई रोक्न समाजका विभिन्न तप्काले अगुवाई गर्नुपर्छ । यसमा दलीय आस्ता र पूर्वाग्रहको सट्टा समग्र समाजको अवस्थालाई चित्रण गरी सुक्ष्म विश्लेषण गर्नुपर्ने नितान्त जरुरी छ,’ स्थानीय युवा विवके यादवको भनाई छ ।
No comments:
Post a Comment