/ , , , , , / मिर्चैयामा कुस्ति प्रतियोगिता सम्पन्न

मिर्चैयामा कुस्ति प्रतियोगिता सम्पन्न

राम नारायण पंडित, सिरहा, १८ कार्तिक । सिरहाको मिर्चेयामा बुधबार कुस्ति प्रतियोगिता सम्पन्न भएको छ । संस्कृतिक समबद्र्धन र खेलकुदको प्रवद्र्धनको गर्ने उदेश्यले लक्ष्मी पुजाको अवसरमा मिर्चैयमा आयोजना गरिएको तीन दिवसीय कुस्ति प्रतियोगिता सम्पन्न भएको छ । कुस्ती प्रतियोगितमा छिमेकी मुलुक भारत र नेपालका प्रसिद्ध कुस्तिवाजहरुले कुस्ति लडे्का थिए । कुस्तिमा उत्कृष्ट गरेका भारत चंडीगढ पंजाबका प्रदिप खाना, अध्योध्यका मुनु पहलमान र मध्यप्रदेशका बाबा नायक लगायतका पाँच जना पहलमानहरुलाई आयोजकले दोसल्ला ओढाई सम्मान गरेको लक्ष्मी पुजा मेला समिति मिर्चैया ६ मटियर्बाका सचिब रामप्रित साहले बताए । कुस्ति प्रतियोगितामा भारतका अयोध्या, मध्यप्रदेश, कानपुर, गजियाबाद, कुरुक्षेत्र त्यस्तै नेपालका बिभिन्न स्थानका पहलानहरुले कुस्तिको माध्यमले दर्शकहरुलाई मनमोहित गरेका थिए । यसैबिच एक जोडी महिला पहलमानले पनि कुस्तिको माध्यमले दर्शकहरुलाई झुमाएका थिए । प्रतियोगितामा पुरुष तिर मखन सिंह, अरविन्द यादब, मंगल यादब, भिम सिंह, सैतान सिंह, विरजु यादब र  महिला तिर रंजिता र सरिता पहलमानले कुस्ति लडेका थिए । यहि कार्तिक १५ गते नेपाल सरकारका कानुन मन्त्री अजय शंकर नायकले कुस्ति प्रतियोगिताको उदघाटन गरेका थिए ।  उक्त अबसरमा राष्ट्रपतिका स्बकिय सचिव जिवछ साह र नेकपा माओबादी केन्द्रका नेता जगत यादव लगायतका सहभागिता रहेको थियो । लक्ष्मी पुजाको अबसरमा आयोजना गरिएको तीन दिने कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानका दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।










about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment