/ , , , , / ४८ घण्टाभित्र भारत छाड्न पाकिस्तानी कुटनीतिज्ञलाई नयाँदिल्लीको आदेश ‘।

४८ घण्टाभित्र भारत छाड्न पाकिस्तानी कुटनीतिज्ञलाई नयाँदिल्लीको आदेश ‘।


   काठमाडौं  । भारत सरकारले नयाँदिल्लीस्थित पाकिस्तान उच्चायुक्त कार्यलयका एक कर्मचारीलाई जासुसीको आरोपमा देश निकाला गरेको छ । उनलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिइएको छ ।  भारतीय प्रहरीका अनुसार, मेहमुद अक्तारलाई सुचनाका आधारमा गिरफ्तार गरिएको र त्यसबेला उनीसँग प्रतिरक्षा लगायतका दस्तावेज फेलापरेका थिए ।

भारतीय बिदेश मन्त्रालयका प्रबक्ता बिकास स्वरुपले ट्वीट गर्दै त्यसबारेमा पाकिस्तान उच्चायुक्तलाई जानकारीका लागि बोलाइएको र त्यसबेला ती कुटनीतिज्ञलाई देश निकाला गरिएको जनाइएको बताएका हुन् । पाकिस्तानी उच्चायुक्त अब्दुल बसितले भने आरोपलाई ढाडै अस्विकार गरेका छन् । 
उनले भारतीय बिदेश सचिब एस जयशंकरलाई भेटी आफ्ना एक कुटनीतिक कर्मचारीलाई दुब्र्यबहार गरी थुनेको भन्दै कडा बिरोध जनाएका हुन । उनले यस्तो दुब्र्यबहार पछि पनि हुन नहुने सुनिश्चित गर्न समेत आग्रह गरेका छन् । उनले पाकिस्तानी उच्चायुक्तको कार्यलय र त्यसका कुटनीतिज्ञ कर्मचारीले कुटनीतिक मर्यादाबाहिर गएर कुनै काम नगरेको समेत स्पष्ट पारेका छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment