Onlinesiraha-Nepali |
- मधेस आइटीमा किन पछाडी र के हुनसक्छ आगामी योजना ?
- ऑनलाइनसिरहा डटकम सहकर्मी अशोकले पाए अवार्ड ऑफ़ एक्सीलेंट कंट्रीब्यूसन
- बौलाह स्यालको आतंक, स्यालको टोकाइबाट दर्जनौँ स्थानीयवासिन्दा घाइते
- सिरहाको कटारीमा मोटर साइकलको ठक्करबाट ७ वर्षिय बालिकाको मृत्यु
- मधेसमा एमपिएल प्रतियोगिता,१६ क्रिकेट टिम सहभागी हुने
- सिरहामा संकृतिक रयाली ,साँझ झिझिया प्रदशन (फोटो-भिडियो सहित )
मधेस आइटीमा किन पछाडी र के हुनसक्छ आगामी योजना ? Posted: 06 Oct 2016 04:47 AM PDT ![]() प्रमोद यादव ( इन्जिनियरिङ्ग विद्यार्थी ) विश्वले आईटीमा यति धेरै फड्को मारि सक्दा पनि नेपालमा भने आईटी शिक्षा बामे सर्दै गरेको अवस्थामा छ । केहि समय अगाडि नेपालका गृह तथा उपप्रधानमन्त्रीले मेसिन रिडेबल पासपोर्ट भारतलाई नै छाप्न दिनुको एउटा कारण नेपालमा आईटीको दक्षता नभएको उल्लेख गरे । यसबाट नै प्रष्ट हुन्छ कि हामी आईटी प्रबिधिमा कति पछाडि छौं । मधेसको कुरा गर्ने हो आईटीमा मधेस निकै पछाडी छ। दैनिक रुपमा काम लग्ने इमेल ,एस.एम.एस ,रिचार्ज जस्तो कुरा पनि धेरै मानिसलाई आउदैन। मधेसमा प्राय डक्टर , इन्जिनियर (सिविल ) जस्ता पढाई अभिभावकमाझ लोकप्रिय छ। तर अहिले आईटी पढाई धेरै अपरिहार्य भईसकेको छ। विदेश जाने युवाहरुलाई समान्य आईटीको तालिम दिन सक्यो भने धेरै ढुकुटी जुन मोबाइलमा खर्च हुन्छ त्यो बचन सक्छ। आजको युगमा फेसबुक ,एसकाइप जस्ता सोसल मेडियाले निशुल्क संचार स्थापित गरेको छ सही उपयोग गर्न सकियो भने यो निकै फाईदाजनक छ। आज भन्दा १० वर्ष अगाडीको आइटी शिक्षा र आज को आइटी शिक्षाको तुलना गर्ने हो भने नेपालमा आइटी शिक्षाको विकासमा ठुलो फड्को मारिएको छ । त्यत्ति बेला आधिकारिक रुपले नेपालमा आइटी सम्वन्धी पाठ्यक्रम एउटा कुनै विषयको च्याप्टरको हिसाबले राखिन्थ्यो भने आज आएर भित्रि रुपले नियाल्ने हो भने आइटी शिक्षाको प्रायः हरेक कलेजको पाठ्यक्रममा कुनै न कुनै प्रकारले समाहीत गरेको पाईन्छ । यसका मुख्य २ कारण हुन सक्छन् । पहिलो बाहिरी मुलुकबाट आएको लहर जसले गर्दा आइटी शिक्षाको बारेमा जाँदै नजानेका विज्ञहरुले नेपालमा आइटी शिक्षाको शुरुवात गराउन बाध्य पार्यो र जे भए पनि शुरुवात चै भयो । अर्को कारण हो, नेपालका निजि स्तरका ठुल्ठुला कम्पनीहरुले आइटी सम्वन्धी विज्ञहरु बाहिरी मुलुकबाट झिकाउन बाध्य पार्यो । विस्तारै विस्तारै नेपाली आधिकारिक संस्थाहरुलाई यति ज्ञान त् भयो की नेपालमा आइटी शिक्षाको अभाव छ । यो क्षेत्रमा दक्ष जनशक्ति को उत्पादन गर्नु आवश्यक हैन अपरिहार्य नै भै सकेको छ । नतिजा सबैका सामुन्ने खुल्ला छ । मेरो प्राथमिक तहको पढाई सिरहामा नै भयो र कक्षा ८ को पढाई सकेर म बिराटनगर गए। यो कुरा करिब सात वर्ष पहिलेको हो। बाहिर बस्दा आफ्नो गाउ-ठाउको समाचार ,गतिबिधि सुन्ने कुनै स्रोत थिएन कहिले काहिँ ठुलो घटना भयो भने मात्र रेडियो कान्तिपुर र कान्तिपुर पत्रिकामा आउथियो। मेरो मन भित्रि देखि खिन्न भयो र मैले निधो गरे जसरी भएपनि आफ्नो ठाउँको लागी केहि गर्नुपर्यो जसले गर्दा आफ्नो गृहजिल्ला भन्दा बाहिर रहेको जोसुकैले ताजा गतिबिधि र समाचार पढ्न सकोस् र आजसम्म सिरहा जिल्लामा मात्र आधि दर्जन आनलाइन पत्रिका बनाई सके।खुशी लाग्छ आफ्नो जिल्लाको लागी काम गर्न। यस्ता परिवर्तन कुनै किताबी पाठ्यक्रम नभई विद्यार्थीमा आत्मबल कसरि वढाउने, केहि गर्न सक्ने जोश जाँगर कसरि वढाउने र सबै भन्दा महत्वपुर्ण नयाँ आईडिया तथा इन्नेभेसबन का कुराहरु उनीहरुमा विकसीत गराउन सक्ने तरिकाहरुमा केन्द्रित हुनु पर्छ । हाम्रा पाठ्यक्रमहरुमा यी मध्ये कुनै एउटा पनि देखिन्न । सूचना प्रबिधि ले हामीलाई यति नजीक ल्याएको अवस्थामा हामी कुनै पनि पाठ्य सामग्रीहरुबाट टाढा छैनौ । हामीलाई विश्वमा अन्यत्र हुने कुनै पनि नँया शिक्षा प्रणालीमा अपनाउन तरिकाहरु खोज्न कसरत गरिरहनु पर्दैन । तै पनि किन हामी पछाडी छौ रु यसको जल्दोवल्दो उदाहरण आज प्रायः जसो हाम्रा आदरणीय नेताज्यूहरु ईमान्दार नहुनुमा उनीहरुमा र त्यस्तै उनीहरुमा सहि सोच र दूरगामी दृस्टी नहुनुले हो । उनीहरुले हाम्रा पाठ्यक्रमबाट विद्यार्थीहरु किताबी त बन्छन तर अन्वेषक बन्न सक्दैनन् भन्ने कुरा राम्ररी बुझेका छन् । उनीहरु धेरै जसोले आफै पनि हामीले पढेकै पाठ्यक्रम अपनाएर आएका हुन् । यो जान्दाजान्दै पनि नयाँ पुस्तालाई परिवर्तन गर्ने सोच छैन उनीहरुमा । आज भोलि आई टि ले सबै वर्ग र क्षेत्र लाई नै छोएको छ । हामि मध्ये प्रायःले आई टि को कुनै ज्ञान नै नभएको अवस्था मा पनि आई टि को प्रयोग गर्ने पर्ने जान्ने पर्ने वा भनौ त्यसमा संलग्नता नभएको खण्डमा त्यसको असर गाँस बाँस मा पर्न सक्ने सत्यता प्रायः सबैले बुझेकै हुनुपर्छ । यस्तो परिस्थीति हुँदाहुँदै पनि सरकारले आई टि संग सम्वन्धीत आधारभूत उपलब्ध गराउन सकेको छैन । प्रायः जसो सरकारी विद्द्यालयहरुमा पुराना, त्यसमाथिपनि चल्दै नचल्ने अवस्थाका कम्प्युटर थुप्रै ठाउँहरुमा रहेको देखिन्छन्। त्येसैले अब आभिभावकहरुको विचारमा परिवर्तन हुन जरुरी छ र स्कूल संचालकहरुले पनि यो कुरामा सोच्नुपर्छ। | ||||
ऑनलाइनसिरहा डटकम सहकर्मी अशोकले पाए अवार्ड ऑफ़ एक्सीलेंट कंट्रीब्यूसन Posted: 06 Oct 2016 03:28 AM PDT
मैथिली जिन्दाबादले गर्दै आएको मैथिली भाषा र मिथिला संस्कृतिको संरक्षण, सम्वर्धन र प्रवर्धनको वर्ष 2017 को अवार्ड ऑफ़ एक्सीलेंट कंट्रीब्यूसन अशोक कुमार सहनीलाई दिने घोषणा गरेको छ। अवार्डमा सम्मानपत्र र सँगै कश्यप विद्यापीठ, इनरुवा, सुनसरी, मिथिला, नेपा को सौजन्यबाट 11 हजार नगद पुरस्कार दिने गरेको छन । अशोक कुमार सहनी ऑनलाइनसिरहा डटकमको मैथिली संस्करण सम्पादन गर्दै आएको छ। यो सम्बन्धमा मैथिली जिन्दाबाद संपादक प्रवीण नारायण चौधरी सम्मानित सहनी संग टेलिफोमा कुरा गर्दै यो जनकारी दिएको छ । सहनी केहि महिनामा दोहा क़तारबाट नेपाल आएपछि यो एक कार्यकममा सम्मान समारोहपूर्वक दिने घोषणा गरेको जानकारी अशोकलाई दिएको छन।
अशोक कुमार सहनी आनलाइन सिरहाबेबसाईट http://apanmithila.onlinesiraha.com पत्रिकामा मैथिली भाषा र मूलतः मिथिला संस्कृति संग जोड़ेको पक्ष मा विशेष केन्द्रित समाचार, विचार, तस्वीर आदि पोस्ट गर्दै आएका छन। अशोक पेशाले टेलरको काम गरेपनि आफ्नो सबै खाली समय आफ्नो मातृभाषा, मातृभूमि र राष्ट्रप्रेम मैं बिताउदै आइरहेका छन। हेल्प मधेशी, सांझक चौपाड़ि र प्रबासी मिथिला समाज कल्याण, दोहा-कत्तार अरु अन्य संस्थागत अभियानमा साहियोगी सक्रिय रहेका छन। अशोक पहिले नेपाली र हिन्दीमा लेख्दै आएको थियो तर आफ्नो रुचि मैथिलीमा भएको हुनाले उनी मैथिलिमै लेख्न सुरे गरे। अशोक अपन मिथिला फेसबुक पेजमा संचालन गर्दै र विभिन्न लेखक, कविता लेख्दै आएको छ। | ||||
बौलाह स्यालको आतंक, स्यालको टोकाइबाट दर्जनौँ स्थानीयवासिन्दा घाइते Posted: 05 Oct 2016 11:19 PM PDT ![]() जिल्लाको गरुडा, महम्मदपुर, पिपरापचरुवी र गम्हारियामा बौलाह स्यालको आतंक छाएको छ । स्यालको टोकाइबाट घाइते भएकाहरुमध्ये २६ जानको गौर अस्पताल र बाँकीको गरुडा उपचार भइरहेको छ । गम्भीर घाइते १८ जनालाई उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । | ||||
सिरहाको कटारीमा मोटर साइकलको ठक्करबाट ७ वर्षिय बालिकाको मृत्यु Posted: 05 Oct 2016 11:01 PM PDT ![]() मिचैयाबाट कटारी आउँदै गरेको मोटरसाइकलको ठक्करबाट पैदल हिड्दै गरेको बालिकाको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइलक र चालकको खोजी कार्य भई रहेको प्रहरीले जनाएका छन । | ||||
मधेसमा एमपिएल प्रतियोगिता,१६ क्रिकेट टिम सहभागी हुने Posted: 05 Oct 2016 10:33 PM PDT जनकपुर, १९ असोज । मधेशलाई खेलकुदमा पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यकासाथ गठन गरिएको मधेश प्रिमियर लिग (एमपिएल) अन्तर्गत दोस्रो चरणको प्रतियोगिता सञ्चालन गर्न लागिएको छ । ![]() मधेशमा उत्कृष्ट प्रतिभावान खेलाडिहरु रहेपनि विभेदको कारण राष्ट्रिय टोलीमा समेटिन नसकिने खेलाडीहरुलाई प्रोत्साहित गर्ने उदेश्यले एमपिएल गठन गरेको एमपिएलका सल्लाहकार डा.विरेन्द्र यादवले जानकारी दिए । उनले केही वर्ष भित्र नेपाल भन्दा पनि मधेशको नाम खेलकुद जगतमा बढी प्रख्यात हुने दावी गरे । पत्रकार सम्मेलनमा सहभागी क्यान यु–१९ टोलीका पूर्व कप्तान दिव्यांशु मल्लिकले आफूलाई उत्कृष्ट बलरको दावी गर्दै जातिय विभेदकै कारण अन्तर्राष्ट्रिय खेलमा भाग लिन नपाएको गुनासो गरे । 'नेपालको खेल क्षेत्रमा राम्रोलाई होइन हाम्रोलाई प्राथमिकता दिने परिपाटी छ' मल्लिकले भने, 'मधेश समुदायका थुप्रै राम्रा खेलाडी प्रोत्साहन नपाएर प्रतिभा प्रदर्शन गर्न पाइरहेका छैनन् ।' दिव्यांशुजस्तै अनिल मण्डल र महबुब आलमजस्ता कयौं खेलाडी क्यानको विभेदमा परी निरुत्साहित भएको दावी गर्दै एमपिएल अध्यक्ष यादवले ती खेलाडीहरुको मनोबल टुट्न नदिन र अन्य प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्न अगाडि बढेको आयोजकले दावी गरे । एमपिएललाई गैरआवासीय मधेशी संघ, मधेशी इन्जिनियरिङ स्टुडेन्ट युनियन र अमेरिकास्थित मधेशी एराउन्ड द वल्र्ड एशोसिएशनलगायत संघसंस्थाले सहयोग गरिरहेको अध्यक्ष यादवले जानकारी दिए । | ||||
सिरहामा संकृतिक रयाली ,साँझ झिझिया प्रदशन (फोटो-भिडियो सहित ) Posted: 05 Oct 2016 10:11 PM PDT |
You are subscribed to email updates from Online Siraha. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment