/ , , , / मधेसी मोर्चाको चेतावनी–‘छठपछि आन्दोलन, देश द्वन्द्वमा’

मधेसी मोर्चाको चेतावनी–‘छठपछि आन्दोलन, देश द्वन्द्वमा’

काठमाडौं, २१ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन गर्दा भएको संविधान संशोधनसहितको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाले असन्तुष्टि जनाउन थालेको छ ।योसँगै सत्तारुढ गठबन्धनसँग मधेसी मोर्चाको सम्बन्ध चिसिएको छ ।लामो आन्दोलन गर्दापनि अघिल्लो सरकारले आफूहरुका माग सम्बोधन हुन नसकेपछि नयाँ सरकार गठनसँगै संविधान संशोधनको सैद्धान्तिक सहमति गरेर पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनाउन मधेसी मोर्चा तयार भयो ।

सरकार बनेको दुई महिना पुग्नैलाग्दासमेत संशोधन प्रस्ताव अघि बढ्ने छाँट नदेखिएपछि मोर्चाका नेताहरु असन्तुष्ट देखिएका छन् ।

मोर्चाले उठाएको प्रदेश सीमांकन, वैवाहिकलाई अंगीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्वलगायतका विषयमा अहिलेपनि सहमति जुट्न सकेको छैन ।

सरकार सबै दललाई मिलाएरमात्र संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा छ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि सबै दलबीच सहमति खोज्दा समय लागेकाले ढिला भएको बताउँछन् ।

उनकाअनुसार छठ सकिएलगत्तै संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने तयारी सरकारको छ । मधेसी मोर्चा भने सरकारको सुस्तताप्रति सन्तुष्ट छैन ।

मोर्चाका नेता एवं तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल अब छठसम्म पर्खने र त्यसबेलासम्म पनि संशोधन प्रस्ताव नआए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताउँछन् ।

संशोधनका विषयमा सरकारमै रहेका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि सहमति बनिसकेको छैन ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment