/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


पाकिस्तानमाथि अर्को आपत् ,भूकम्पले भगमभाग

Posted: 01 Oct 2016 08:24 AM PDT

एजेन्सी ।
पाकिस्तानको अधिकांस भुभागमा शनिबार दिउँसोे ५ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको छ ।
पेशावर र इस्लामावाद सहित देशका विभिन्न भुभागमा भुकम्पले आधा मिनेट सम्म हल्लाएको र क्षति विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


पाकिस्तानी सेनाको कब्जामा रहेका सैनिक छुटाउन भारतलाई हम्मे हम्मे

Posted: 01 Oct 2016 08:22 AM PDT

काठमाडौं, असोज १५ हतियारसहित सीमा पार गरी पाकिस्तानी भुमिमा प्रवेश गरेका एक जना भारतीय सैनिकलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएपछि भारत सरकारलाई आपत आइलागेको छ ।
काश्मिरको उरी घटनापछि दुई देशबीच विवाद बढिरहेका बेला आफ्ना सैनिकलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएपछि भारत अप्ठेरोमा परेको हो ।
भारतका गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय सैनिकलाई छुटाउन सबै उपाय अपनाइएको बताएका छन् । उनले राजनीतिक तथा कुटनीतिक माध्यमबाट उनलाई छिट्टै रिहाई गरिने गृहमन्त्री सिंहले बताए ।
३७ वी राष्ट्रिय राइफलसहित चन्दू बाबूलाल चौहान नामका २२ वर्षीय एक सैनिक मेढर सेक्टरमा एलओसी पार गरेपछि उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएर अज्ञात स्थलमा राखेको छ ।

Breaking:जनकपुरको महाबीर चौकमा भीषण आगलागी

Posted: 01 Oct 2016 08:15 AM PDT

जनकपुरको  महाबीर चौक मा भीषण आगलागी लागेको छ। आगलागीको क्षतिको विवरण आउन बाकी छ। आगलागी नियन्त्रण गर्न बारुण यन्त्र पुगेको छ। 

प्रेम बानियाँको गोप्य 'यौनकाण्ड' जसले उनलाई अमेरिका भगायो !

Posted: 01 Oct 2016 07:04 AM PDT


काठमाडौं, १४ असोज । टेलिभिजन पर्दामा एक पात्र सँधै उदाउँथे । ती हुन् प्रेम बानियाँ । राष्ट्रवादको खोक्रो शब्दहरुको जालमा उनी भन्थे 'जय स्वाभिमान' । टेलिभिजनको स्क्रिनबाट ठूलो स्वरमा स्वाभिमानी नारा वाचन गरिदिएपछि कतिपयले बानियाँलाई 'भयंकर' राष्ट्रवादी मानिँदै आएको थियो । तर, त्यही राष्ट्रवादको नारा बेचेर प्रेम बानियाँ संयुक्त राज्य अमेरिका हानिएपछि उनको राष्ट्रवाद उदाङ्गिएको छ ।

सामाजिक सञ्जालमा प्रेम बानियाँले उठाएको कदम सकारात्मक भन्नेहरुको जमात पनि छ । अर्को तिर उनलाई खाक्रो राष्ट्रवादी मान्नेहरु त थिए नै । तर, एउटा सत्य हो की राष्ट्रवादको खोक्रो नाराले स्थापीत बनेका प्रेम बानियाँ गुजारा चलाउँनकै लागि अमेरिका जानु पर्ने अवस्था भने पक्कै छैन । किन भने काठमाडौंका सडकहरुमा मकै पोल्ने आमाहरुले आफू मात्रै होइन लालाबालाको जीन्दगी पालेका छन् । एउटा चर्चित टेलिभिजन पत्रकार अमेरिका भासिनुमा कतिपयले राष्ट्र, राजनेता वा देशलाई दोष दिँदै आएका छन् । तर, मान्छेको भविष्य उसको नीजि कारणहरुमा निर्भर हुन्छ भन्ने तथ्यलाई कसैले भुल्नु हुँदैन । ठीक यस्तै प्रेम बानियाँका केही केही नीजि कारणहरु छन् । जसले उनलाई यो देश देखि विरक्त लाग्यो ।

दलित युवाको टाउकोमा पिसाब

केही वर्ष अघि सिन्धुपाल्चोकमा पत्रकार महासंघको कार्यक्रम थियो । कार्यक्रममा प्रेस युनियन नेपालका नेता पोषण केसी पनि सहभागी थिए । त्यतिबेला सिन्धुपाल्चोक कुल्चोकै स्थानीय भएका कारण प्रेम बानियाँ पनि त्यहाँ पुगेका थिए । बेलुका पत्रकारहरुबीच 'जाँड पार्टी' चल्यो । प्रेमले पनि पिए । उनी पिएक्कड नै थिए । बेस्सरी पिए । विश्वकर्मा थरका एक पत्रकार थिए उनीसँगै । ती भाइ जस्ता मान्छे प्रेम बानियाँ भनेपछि नतमस्तक नै थिए । टेलिभिजनका चर्चित पत्रकार थिए प्रेम । अलि बढी नै पिएपछि प्रेमले आफ्नो घमण्ड देखाउन थाले । ती 'भाइ पत्रकारमाथि उनले एक 'किक' हाँने । किक प्रहारबाट ती पत्रकार त्यहीँ ढले । तर, प्रेमको रिस मरेको थिएन । 'त कामी होस्' भन्दै उनले ती विश्वकर्माको टाउकोमा पिसाब फेरिदिएका थिए । उक्त घटनापछि ति पीडितले प्रहरीमा उजुरी समेत दिए तर, पोषण केसीकै सक्रियतामा उक्त घटना थामथुम पारिएको थियो ।

जुम्लामा एक महिलामाथि दुव्र्यबहार

टेलिभिजनका औँलामा गनीने पत्रकार बनिसकेका प्रेम बानियाँ केही वर्ष अघि जुम्ला पुगेका थिए । त्यतिबेला केही अन्य महिला पत्रकारको टोली पनि सँगै सहभागी थिए । त्यतिबेला एक महिला पत्रकारको संवेदनशिल अंगमा सुम्सुम्याएपछि ती महिलाले अन्य पत्रकारलाई सो कुरा बताएकी थिइन् । सो घटना एकाएक बाहिर आएपछि बानियाले ती पत्रकार महिलालाई धम्काएको समेत पत्रकारबीच चर्चा हुने गर्छ ।

गर्व तुहाएको कथा

राजधानीमै बस्थे प्रेम बानिया, नजिकै एक युवती । बानेश्वर आसपास बस्ने गरेकी ती युवती र प्रेमबीचको आकर्षण बढ्यो । प्रेमले प्रेम गरेको भान पारे । ती युवतीले प्रेमलाई सबै कुरा सुम्पिन तयार भइन । उनीहरुबीचकै यौन सम्बन्धबाट तीन महिनाको गर्भ रहन गयो । ती पीडित युवतीले प्रेमसँग विवाह गर्न चाहेकी थिइन् तर प्रेमले अस्विकार गरेपछि गर्भपतन गराइयो । उनीहरुबीचको सम्बन्ध पनि राम्रो भएन । ती युवतीको विहे भयो । केही महिनासम्म त राम्रै थियो तर, जतिबेला ती युवतीको श्रीमानले उक्त घटना थाहा पाए त्यसपछि उनीहरुबीच पनि सम्बन्ध विच्छेद भएको छ । ती युवती अहिले पत्रकारीता क्षेत्रमै सक्रिय रहेकी छिन् ।

अमेरिकी संस्थाको सद्भावना दूत भएर के काे राष्ट्रवादकाे गफ ?

पश्चिमा मुलुकहरुले आफ्नो जालो विस्तारको लागि नेपालमा एनजीओ खडा गरेका छन् । ती एनजीओहरु पश्चिमाहरुको स्वार्थमा केन्द्रीत रहेका छन् । ती मध्ये एक हो, ह्याबिट्याट फर हुम्यानीटि । अमेरिकाको मेरिल्यान्ड मुख्य कार्यालय रहेको उक्त आइएन्जीओको सद्भावना दूतको रुपमा प्रेम बानियाले नियुक्ती पाएका थिए । सोही संस्थाबाट उनले मासिक भत्ता समेत बुझ्दै आएका थिए ।


त्यसो त उनले टेलिभिजनबाट पनि मनग्य कमाउँथे । न्युज २४ टेलिभिजनमा मात्रै उनको तलब झन्डै आधा लाखको हाराहारिमा थियो । आम नेपालीको मासिक आम्दानी औषतमा ६ हजार मात्रै छ । उक्त संस्थाकै कार्यक्रममा चितवन गएको समयमा मदिरा सेवन गरेर प्रहरीको एसपीको फूलि तानेको घटना समेत गत वर्ष चर्चाको विषय बनेको थियो । स्वाभिमान र राष्ट्रियताको चर्को नारा लगाउने बानियाँ आफैले भने विदेशी दूतको जागिर खाएपछि एउटा वृतमा विरोध पनि भएको थियो ।

त्यसो त बानियाँकै नजिकका व्यक्तिका अनुसार उनले केही महिना अघि आफ्नै श्रीमति हरिदेवि रोकायलाई कुटपीट गरेका थिए । उनले श्रीमतिलाई कुटपीट गरेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको थियो । उनको टेलिभिजनमा अधिकांश समय देखिने व्यक्ति हुन् रमेश खड्का । टेलिभिजनका स्रोका अनुसार उनै खड्काले बानियाँलाई आर्थिक सहयोग गर्दै आएका थिए ।

राष्ट्रवादका जति सुकै चर्को नारा लगाएपनि प्रेम आफै भने विभिन्न उच्छृङ्खल गतिविधिहरुले जेलिएका थिए । जसले उनलाई राष्ट्रका लागि केही गर्ने भन्दा आफ्नै विगतहरुबाट उन्मुक्त हुन चाहान्थे । यसको विकल्प नेपालमा पनि थिए । थुप्रै मानिसहरु सुधारिएका छन् । सायद आफ्नै विगतका 'काण्डहरु'को भयबाट उनी अमेरिका हानिए । तर, उनी भासिएको दोष भने आफ्नै देशतिर सोझिएको छ ।                          स्रोत:अर्थ सरोकार



    सिरहा कारागारमा एक कैदिको मृत्यु,कारण पत्ता लागेन

    Posted: 01 Oct 2016 06:58 AM PDT

    सिरहा, असोज–१५ । सिरहा कारागारमा कैदिवन्दी जिवन विताईरहेका एक कैदिको मृत्यु भएको छ । सिरहा, सितपुर प्रध ५ वस्ने ५५ वर्षीय वालेश्वर साह कारागार भित्रै एक्कासी वेहोस हुदा उपचारका लागि सिरहा अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
    मृत्यु भएको साहको जिल्ला अस्पताल सिरहावाट पोष्टमार्टम पछि आफन्तलाई जिम्मा दिएको सिरहाका डिएसपि एकनारायण कोईरालाले वताए । मृतक साह जवरजस्ती करणी मुद्धामा सिरहा जिल्ला आदालतवाट दोशी ठहर भई २०७१ चैत २४ देखि कारागारमा रहेको कोईरालाले वताए ।


    विजयादशमीको पहिलो दिन आज शक्तिपिठहरुमा घटस्थापना गरियो, मिर्चैयमा विशाल कलश यात्रा

    Posted: 01 Oct 2016 11:46 AM PDT



    राम नारायण पंडित सिरहााा, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् पर्व बिजयादशमी आजदेखि बिधिबत सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज शक्तिपिठहरु कलश स्थापना गरी घटस्थापना गरिएको छ । बिगतका वर्षहरु झै यस वर्ष पनि सिरहा सहित देश भरी हर्षोल्लासका साथ बिजयादशमीको पहिलो दिन आज घरघरमा तथा दुर्गा मन्दिरहरुमा कलश स्थापना गरेपछि दुर्गा पुजा ंअर्थात दर्शै शुरु भएको छ । आज स्थापना गरिएको कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।


    दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्र भरी विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गरिन्छ । बिजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादसैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैँ घर, कोत र शक्तिपीठमा बलि सहित विशेष पूजा गर्ने गर्दछन् । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । दसैँ पर्वलाई असत्य माथि सत्य र आसुरी शक्ति माथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मानिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । बडादर्शैको अबसरमा सिरहाका मिर्चैयाको साथै घुर्मी, माडर, भलुवाही, विष्णुपुर, गोलबजार, लहान, वस्तिपुर, बन्दिपुर, कर्जन्हा, कल्याणपुर लगायतका स्थानहरुमा भब्य मेलाको आयोजना गरिएको छ ।


    विशाल कलश यात्रा





    बिजयादशमीको पहिलो दिन आज घटस्थापनाको अबसरमा सिरहामा बिशाल कलश यात्रा निकालिएको छ । मिर्चैयामा रहेको दुर्गा मन्दिरको प्रांगणबाट हजारौको संख्यामा बाजागाजा सहित निस्किएको भब्य कलश यात्रा नगरको बिभिन्न भागको परिक्रमा गदै स्थानिय बतहा खोलामा कलशमा जल भरी मन्दिरमा स्थापित गरिएको मेला समितिले जनाएको छ । त्यस्तै, मिर्चैया १० घुर्मी पिप्रामा रहेको दुर्गा मन्दिरबाट निस्किएको कलश यात्रा नगरका बिभन्न भागको परिक्रमा गर्दै स्थानिय कमल दहमा गई कलशमा जल भरी मन्दिरमा स्थापित गरिएको मेला समितिका अध्यक्ष जितेन्द्र कुमार महतोले जानकारी दिए । यता, दुर्गा मेलाको अबसरमा बिभिन्न शक्तिपिठहरुमा आजैदेखि सांस्कृतिक कार्यक्रमहरु सुरु भएको छ । विभिन्न स्थानहरुमा मेला समितिले मनोरंजनका लागि मिथिलाको संस्कृति झल्किने विभिन्न नाचहरुको आयोजना गरिएको बताईएको छ । । प्रत्येक वर्ष झै यस बर्ष पनि शक्तिपिठहरुलाई नवकनियाँ जस्तै सजाईएको छ भने मठमन्दिरहरुलाई रंग रोगन गरिएको छ । बिजयादशमीको सुरुबात संगै सिरहाका मिर्चैया सहितका स्थाहरुमा श्रद्धालु भक्तजनहरुको चहलपहल वढेको छ भने यातायातका साधनहरु सडकमा अत्याधिक संख्यामा आबथजाबत गरिरहेको देखिएका छन् ।


    सुरक्षा व्यवस्था चुस्त




    आज देखि सुरु भएको बिजयादशमीको मध्यनजर गर्दै सिरहा प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाईएको छ । दशैंको समयमा हुन सक्ने सम्भाबित घटनालाई मध्यनजर गरी बिशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिए । सम्भावित घटनाको ध्यानमा राखदै जिल्लाका बिभिन्न स्थानको साथै जिल्ला भित्रिने नाकाहरुमा कडाई गरिएको उनले बताए । नागरिक र प्रहरीविचको सम्बन्धमा सुमधुरता ल्याउने उदेश्यले गाउँ गाउँमा पैदल तथा मोवाईल गस्तीको बिशेष सुरक्षा व्यवस्था मिलाइएको एसपी ज्ञवालीले दाबी गरे । यता, जिल्लाका विभिन्न ट्राफिक पोष्टको अगाडी सवारी साधन र यात्रुहरुको सुबिधाको लागि यात्रु सहायता कक्ष पनि संचालन गरिएको छ ।

    नेपालीहरुको महान चाड बडादशैँ आजबाट सुरुः घरघरमा घटस्थापना गरिदैँ

    Posted: 30 Sep 2016 09:20 PM PDT



    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।

    यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

    आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

    जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।

    आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।

    यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

    दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ । "दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्मविशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ"– धर्मशास्त्रविद् एवम् समितिका अध्यक्ष गौतमका अनुसार दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

    दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौ कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् ।

    नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्न भक्तजनको भिड लाग्छ ।

    नवरात्र भनेर समेत चिनिने दसैँ यस वर्ष तिथिको घटबढ नरहेकाले १० रात्रि र ११ दिनको छ । विगत केही वर्षमा तिथि टुटी सामान्य अवस्थामा हुनुपर्ने नौ रात्रि पनि दसैँमा नपरेकाले राष्ट्रलाई नै नराम्रो प्रभाव परेकामा यस वर्ष १० रात्रि र ११ दिनको संयोग घटस्थापनादेखि विजयादशमीसम्म जुरेकाले यसको फल समग्र राष्ट्रलाई नै राम्रो हुने नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेले बताए ।

    आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २५ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूल प्रसाद ग्रहण गरिन्छ । असोज २५ गते देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज २५ गते ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

    विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।

    आजका दिन घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्परानुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गादेवीको पूजा आराधना सुरु हुन्छ ।

    रोजगारी, अध्ययन एवम् अन्य कामविशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर दसैँ मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ । आजैदेखि धेरैजसो शैक्षिक संस्थाले सार्वजनिक बिदा दिने गर्छन् ।

    किन फस्यो ‘मधेस अयोग’ विवादमा? कारण यस्तो छ

    Posted: 30 Sep 2016 09:10 PM PDT

    फाइल फोटो 
    तराई, मधेस, थरुहटलगायतका क्षेत्रमा भएको हिंसात्मक घटना छानविनका लागि गठित उच्चस्तरीय जाँचवुझ आयोगको अध्यक्षमा सर्वोच्चका पूर्वन्यायाधीशलाई राख्नुको संवैधानिक हैसियत प्रस्ट पार्न सर्वोच्च अदालतले गृह मन्त्रालयसँग माग गरेको छ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सर्वोच्चका अवकाशप्राप्त न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरीय जाँचवुझ आयोग गठानको निर्णय गरेको थियो।
    सर्वोच्चको पत्रपछि लाल आयोग संवैधानिक विवादमा फसेको आजको अन्नपूर्णमा छापिएको छ।
    प्रधानन्यायाधीश सुशीला कार्की आयोग अध्यक्ष रहेका लालको शपथ खुवाउने व्यवस्था गर्न गृह मन्त्रालयले बुधबार सर्वोच्चमा परिपत्र गरेको थियो।
    सवोच्चले, 'संविधानको कुन धाराअन्तर्गत सर्वोच्चका पूर्वन्यायाधीशको अध्यक्षतामा त्यस्तो आयोग गठन भएको हो ?' भन्दै संवैधाननिक हैसियत प्रस्ट पार्न बिहीबार गृहलाई सोधेको हो।


    प्रचण्डको सरकार धरापमा, छठपछि समर्थन फिर्ता लिने मोर्चा

    Posted: 30 Sep 2016 08:55 PM PDT

    संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने जनाएको छ।
    दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई छठसम्म पर्खने बताएको खबर आजको राजधानी दैनिकमा छापिएको छ।
    संविधान संशोधन विधेयक दर्ता नगराए छठ पर्व सकिनेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः आनन्दोलन चर्काउने निष्कर्षसहित मोर्चाका नेता जुटेका छन्।
    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गर्न सरकारले ढिलाई गरेको आरोप लगाउँदै मधेसी मोर्चाले अब धेरै समय पर्खन ससक्ने बताएको हो ।
    संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले धेरै समय पर्खिन नसक्ने बताउदै अब गम्भीर निर्णय गर्न बाध्य हुने बताए।


    पूर्वमन्त्री र इन्स्पेक्टरलाई जेलको चिनजानले जेलै पुर्‍यायो

    Posted: 30 Sep 2016 08:44 PM PDT


    काठमाडौं – पूर्वमन्त्री श्यामसुन्दर गुप्ता र नेपाल प्रहरीका इन्सपेक्टर अनिल पण्डितबीच तीन वर्षअघि डिल्लीबजार जेलमा चिनजान भएको थियो । गुप्ता अपहरण मुद्दामा जेल परेका थिए भने पण्डित त्यसबेला सइका रूपमा कारागार सुरक्षाको जिम्मेवारीमा थिए । त्यही बेलाको चिनजानले दुबैलाई जेल बास गराएको थियो ।अपहरण मुद्दामा कैद भुक्तान गरेर गुप्ता गतवर्ष जेलबाट निस्किए । यता सइ पण्डितले इन्सपेक्टरमा नाम निकाले । जेलमा कायम भएको दोस्ती झन प्रगाढ बन्दै गयो । गुप्ता ललितपुरमा बस्थे भने पण्डितको दरबन्दी पनि ललितपुरमै थियो । दुबै जना मिलेर पैसा कमाउने उपाय रच्न थाले र धम्क्याएर पैसा असुल्न थाले ।

    यसैबीच म्यानपावर व्यवसायी तारा रेग्मीलाई अपहरणको धम्की दिएर गुप्ताले पैसा माग्न थाले । पण्डित के कम थिए, रेग्मीबाट उनले पैसा अशुले । लगातार पैसा माग्न धम्की दिन थालेपछि रेग्मीले प्रहरीकहाँ उजुरू दिइन् । पैसा असुलेको आरोपमा पूर्वमन्त्रीसहित इन्पेक्टरलाई प्रहरीले पक्राउ गर्‍यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    about author

    Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
    Previous Post :Go to tne previous Post
    Next Post:Go to tne Next Post

    No comments:

    Post a Comment