राम नारायण पंडित सिरहा, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् पर्व बिजयादशमी आजदेखि बिधिबत सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज शक्तिपिठहरु कलश स्थापना गरी घटस्थापना गरिएको छ । बिगतका वर्षहरु झै यस वर्ष पनि सिरहा सहित देश भरी हर्षोल्लासका साथ बिजयादशमीको पहिलो दिन आज घरघरमा तथा दुर्गा मन्दिरहरुमा कलश स्थापना गरेपछि दुर्गा पुजा ंअर्थात दर्शै शुरु भएको छ । आज स्थापना गरिएको कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्र भरी विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गरिन्छ । बिजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादसैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैँ घर, कोत र शक्तिपीठमा बलि सहित विशेष पूजा गर्ने गर्दछन् । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । दसैँ पर्वलाई असत्य माथि सत्य र आसुरी शक्ति माथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मानिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । बडादर्शैको अबसरमा सिरहाका मिर्चैयाको साथै घुर्मी, माडर, भलुवाही, विष्णुपुर, गोलबजार, लहान, वस्तिपुर, बन्दिपुर, कर्जन्हा, कल्याणपुर लगायतका स्थानहरुमा भब्य मेलाको आयोजना गरिएको छ ।
विशाल कलश यात्रा ।


सुरक्षा व्यवस्था चुस्त ।
आज देखि सुरु भएको बिजयादशमीको मध्यनजर गर्दै सिरहा प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाईएको छ । दशैंको समयमा हुन सक्ने सम्भाबित घटनालाई मध्यनजर गरी बिशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिए । सम्भावित घटनाको ध्यानमा राखदै जिल्लाका बिभिन्न स्थानको साथै जिल्ला भित्रिने नाकाहरुमा कडाई गरिएको उनले बताए । नागरिक र प्रहरीविचको सम्बन्धमा सुमधुरता ल्याउने उदेश्यले गाउँ गाउँमा पैदल तथा मोवाईल गस्तीको बिशेष सुरक्षा व्यवस्था मिलाइएको एसपी ज्ञवालीले दाबी गरे । यता, जिल्लाका विभिन्न ट्राफिक पोष्टको अगाडी सवारी साधन र यात्रुहरुको सुबिधाको लागि यात्रु सहायता कक्ष पनि संचालन गरिएको छ ।
No comments:
Post a Comment