/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


आगन्तुक विद्यार्थीलाई स्वागत

Posted: 30 Sep 2016 08:07 AM PDT

एसके कामति
सिरहा, असोज १४ गते/सदरमुकाम सिरहामा रहेको चन्द्र उच्च माध्यमिक विद्यालयमा उच्च शिक्षा हासिल गर्न अध्ययनरत विद्यार्थीहरुले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
प्रवेशिका परीक्षा उत्तिर्ण गरी उच्च शिक्षा आर्जन गर्न कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई एक कार्यक्रम गरी स्वागत गरिएको प्रार्चाय मधुसुदन कर्णले बताए । कक्षा १२ का विद्यार्थीले आयोजना गरेको 'नव आगन्तुक विद्यार्थीहरुको सम्मानमा आयोजित स्वागत कार्यक्रम' मा नव आगन्तक कक्षा ११ का विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुलाई कलम र निधारमा टिका लगाईउँदै स्वागत गरिएको हो ।
उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुति समेत गरेका थिए ।
उत्कृष्टलाई पुरस्कार 
यसैवीच प्रवेशिका (एसएलसी)मा उच्च अंक ल्याएर कक्षा ११ मा अध्ययनरत तीन जना विद्यार्थीहरुलाई ट्रफी र मेडलले पुरस्कृत गरिएको छ । छात्रा तर्फ ३.७ अर्थात ए प्लस अंक ल्याएका पल्लवी यादव र तर्फ ३.३ अर्थात ए अंक प्राप्त गरेका छात्राद्वय मनोज मण्डल र नविन कुसियैतलाई पुरस्कृत गरिएको छ । यस्तै वादविवाद, हाजरी जवाफ प्रतियोगितामा विजेता भएकालाई पनि पुरस्कार प्रदान गरेको उच्च माध्यमिक विद्यालयका शिक्षक राजिप यादवले बताए ।

मनोसामाजिक मनोविमर्श सम्बन्धी तालिम सम्पन्न

Posted: 30 Sep 2016 07:15 AM PDT


लहान । हरुवा चरुवा र आधुनिक दासतामा परेका महिलाहरुलाई मुक्ति हाम्रो प्रतिवद्धता नाराका साथ मुक्ति नेपाल लहानले फ्रिडम फण्डको सहयोगमा आयोजना गरेको मनोसमाजिक मनो विमर्स सम्बन्धी सात दिने तालिम शुक्रवार सम्पन्न भएको छ ।
तालिममा हरुवा चरुवाको क्षेत्रमा काम गर्ने मुक्ति नेपाल, दलित संरक्षण अभियान मञ्च र जन चेतना दलित संगम सप्तरीका कर्मचारी तथा महिला अधिकारकर्मीहरु सहभागी रहेको थिए ।
तालिमको समापन कार्यक्रममा बोल्दै सहभागी जिवछी यादवले, 'पिडित व्यक्तिसँग कसरी सम्बन्ध सुधार गर्ने तथा बन्द प्रश्न गर्ने लगायतको कुरा सिकेको बताईन्' । प्रभावित व्यक्तिसँग कसरी कुरा गर्ने र घटना उठाउने वारे यस तालिममा सिकाएको मुक्ति नेपालकी सचिव तथा महिला अधिकारकर्मी देवकुमारी महराले सुनाईन् ।
सहभागीहरुको मनोसमाजिक समस्या वारे अवधारणागत रुपमा स्पष्ट भई मनोसामाजिक समस्याका आधारभुत लक्ष्णहरुको पहिचान गर्न सक्ने क्षमता विकास, मनोसमाजिक समस्या भएका व्यक्तिहरुलाई भावनात्मक सहयोग प्रदान गर्ने सीप विकास तथा मनोसामाजिक समस्या, मनोविमर्श लगायतका विषयहरुमा सचेतीकरण कार्यक्रमहरु संचालन गर्ने क्षमता अभिवृद्धि हुने आयोजककी रेणु कर्णले सुनाईन् । प्रशिक्षकको रुपमा तालिममा महेन्द्र महतोसहित दुई जना रहेको थियो । ८ गते देखि तालिम संचालन भएका थिए ।

साउदीमा बस्ने नेपालीको लागी ढुखीको खबर

Posted: 30 Sep 2016 06:15 AM PDT

काठमाण्डु, १४ असोज– साउदी अरबका कम्पनीमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय त्यहाँ कार्यरत नेपाली कामदार समस्या पर्ने सङ्ख्या बढ्दै गएको छ ।
प्रवासी नेपाली समन्वय समितिले शुक्रबार पत्रकार सम्मेलन गरी गत असारदेखि साउदीमा कार्यरत कामदार समस्या पर्ने क्रम उल्लेख्य रुपमा वृद्धि हुँदै गएको जानकारी दिएको छ । समितिमा असारपछि कामदार अलपत्र परेको ८४, तलब र काम फरक परेको ३४, तलब तथा अन्य सुविधा नपाएको १४, बाध्यकारी श्रममा लगाएको सात, राहदानी नवीकरणमा समस्या परेको दुई गुनासो सहितको निवेदन आएको जनाइएको छ ।
सुरक्षित आप्रवास परियोजना (सामी) अन्तर्गत संस्थाले १८ जिल्लाका सूचना केन्द्र र समितिको केन्द्रीय कार्यालय मार्फत पछिल्लो नौ महिनामा साउदी अरब सम्बद्ध ३०१ निवेदन परेको समितिका परियोजना संयोजक कृष्णशोभा सुवालले जानकारी दिए।
तीमध्ये मृत्यु भएको ७३, भने अनुसारको काम र तलब नपाएको ५२, तलब नपाएको ३८, स्वास्थ्य समस्या ३६, कारागारसम्बन्धी २०, सम्पर्कविहीन १४, बेचबिखन चार लगायत निवेदन परेका छन् । साउदीमा आवश्यकतानुसार दूतावासमा कर्मचारीको अभाव, उद्धारका लागि साउदी कम्पनीले सहयोग तथा समन्वय नगर्ने, दूतावास र रोजगार संस्थाले एकार्कालाई देखाएर समस्याबाट पन्छिन खोज्ने गरेको समितिले जनाएको छ ।
समितिका अध्यक्ष कुलप्रसाद कार्कीले साउदीमा आर्थिक मन्दी यथावत् रहे यसले विकराल रुप लिन सक्ने भएकाले सरकारले बेलैमा त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने बताए। नेपाल सरकारले साउदी अरबमा करिब तीन लाख नेपाली रहेको बताए पनि त्यहाँ करिब पाँच लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ । रासस

सिरहामा क्रिकेट प्रतियोगिता,महोत्तरी ७.३ ओभरमै बिजय

Posted: 30 Sep 2016 04:54 AM PDT


महिला हिंसा विरुद्धको अभियान अन्तर्गत दलित जन कल्याण युवा क्लबले सिरहाको शंकर रंगशालामा शुक्रबार सप्पन्न भएको एक दिवसीय टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा महोत्तरी जिल्ला क्रिकेट क्लब विजयी भएको छ ।
ट्स हरेर पहिले ब्याटिङ गरेको सिरहा जिल्ला क्रिकेट क्लब १८.१ ओभरमा सबै विकेट्को क्षतिमा ६३ रन मात्र जोड्न सक्यो । जवाफी ब्याटिङ गरेको महोत्तरीले ६ विकेट्को क्षतिमा ७.३ ओभरमै बिजय भए । खेलको प्लेयर अफ दि म्याच महोत्तरीका रवि सिंह भए ।

आङकाजीको टिप्पणी- ओलीको योग्यता गाविस अध्यक्ष हुने पनि छैन

Posted: 30 Sep 2016 03:51 AM PDT

१२ असोज, काठमाडौं ।
विवादास्पद अभिब्यक्ति दिइरहने जनजाति अभियान्ता आङकाजी शेर्पाले केपी ओलीको योग्यता गाविस अध्यक्ष बन्ने पनि नरहेको टिप्पणी गरेका छन् ।
गाविस अध्यक्ष बन्ने योग्यता नभएका ओलीले प्रधानमन्त्री बन्न दिल्लीलाई विन्ती पत्र चढाएको आरोप पनि लगाएका छन् ।फेसबुक पोष्टकै कारण जेल परेर निस्किएका आङकाजीले फेसबुकबाट यस्तो टिप्पणी गरेका हुन् ।केही दिन अघि मात्र भारतसँग कुनै हालतमा नझुक्ने र नेपाली नेता भारतको 'एस म्यान' बन्न नसक्ने भनेका प्रचण्डमाथि आङकाजीले विभिन्न आरोप लगाएका थिए ।                        स्रोत :Nepaliheadlines

नयाँ दिल्लीमा ४८ घण्टा भित्र आतंकबादी आक्रमण हुन सक्ने

Posted: 29 Sep 2016 10:42 PM PDT

१४ असोज, एजेन्सी ।
भारतले देशको राजधानी नयाँ दिल्लीमा ४८ घण्टा भित्र आतंकबादी आक्रमण हुन सक्ने सूचना प्राप्त भएको भन्दै उच्च सुरक्षा सतर्कता कायम राखेको छ ।भारतका महत्वपूर्ण स्थानमा ४८ घण्टा भित्र आतंकबाद हमला हुने सूचना प्राप्त भएको भन्दै दिल्ली लगायतका स्थानमा सुरक्षा ब्यवस्था कडा पारिएको हो ।तत्काल कारवाही गर्न हवाइ सेनाका विमान तयारी अवस्थामा राखिएको छ भने सबै पुलिस फोर्सलाई तयारी अवस्थामा रहन निर्देशन । पुलिसलाई समेत बुलेट प्रुफ ज्याकेट लगाउन कडा निर्दशन दिइएको आजतकले जनाएको छ । किक रेस्पोन्स टिमलाई पनि अलर्ट राखिएको छ ।प्रधानमन्त्री मोदीले शुक्रबार पाकिस्तानी सीमा क्षेत्र लाइन अफ कन्ट्रोलको अवस्थाबारे समीक्षा गर्न आपतकालीन मन्त्रीपरिषदको सुरक्षा समितिको बोलाएका छन् ।

धुर्मुस सुन्तलीको मैथिली फिल्म, बने लखनभाई र लक्षुमनिया [भिडियो]

Posted: 29 Sep 2016 09:24 PM PDT

काठमाडौँ , अशोज १४ -

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मैथिली फिल्ममा देखिएका छन् । बाल विवाह र चेलीबेटी बेचबिखन विरुद्धको फिल्म मुन्नीमा उनीहरु लखनभाई र लक्षुमनियाको भूमिकामा देखिएका हुन् ।समाजसेवासँगै सन्देशमुलक फिल्म निर्माणमा लागेका धुर्मुस सुन्तलीको बालमैत्री स्थानीय शासनसम्बन्धी फिल्मलाई दर्शकले निकै रुचाइरहेका छन् । युट्युबमा उक्त फिल्म करिब २ लाख पटक हेरीसकिएको छ । ज्योतिपछि धुर्मुस सुन्तलीले मैथिली फिल्म मुन्नी युट्युबमार्फत सार्वजनिक गरेका हुन् । सिराहाको लाहानमा छायाँकन भएको मुन्नीमा तराई क्षेत्रको दाइजोप्रथा र यसले निम्त्याउने चलीबेटी बेचबिखनको समस्यालाई देखाइएको निर्देशक सिताराम कट्टेलले बताएका छन् ।


फिल्ममा दाइजो दिनु नपर्ने भन्दै नचिनेको मान्छेलाई छोरी सुम्पिँदा आइपरेको जोखिमलाई देखाइएको छ । मैथिली भाषाका संवादहरु बोल्न कठिन रहेपनि सकेसम्म राम्रो गर्न खोजेको कुञ्जना घिमिरेले बताएकी छिन् । दीपक आचार्यको कथा रहेको मुन्नीमा धुर्मुस सुन्तलीसँगै दीपक आचार्य, महेन्द्र झा, रुपा झा, गौरी नारायण ठाकुर, दिनेश रसिया, सरबन यादब, प्रेमनारायण झा, गजेन्दर ठाकुरलगायको अभिनय छ ।


हेर्नुहोस् पुरा फिल्म ।

दुर्गाको मूर्ति बनाउन व्यस्त छ मूर्तिकार (फोटो फिचर )

Posted: 29 Sep 2016 09:20 PM PDT

प्रमोद यादव ,ऑनलाइन सिरहा डटकम
दशैं र तिहार नजिकिदै गर्दा मदेशमा मूर्तिकार व्यस्त छ। सिरहामा एउटा मूर्तिकार सँग कुरा गर्दा उहाले जवाफमा भन्नुभयो -'रातमा सुते सुन गुम्ने डर छ' त्येसैले दिन र रात काम गरी डिमाण्ड पुरा गर्नुपर्छ। उनी दैनिक २० घण्टा काममा खटिन्छन्। तै पनि उनले ग्राहकको अर्डर पूरा गर्न सकेका छैनन्। दसैँ जति नजिकिँदै छ, उति उनलाई कामले च्याप्दै गएको छ। खाना र नास्ता खाने बेला पनि उनको ध्यान काममै हुन्छ। उनलाई खाना खाने बेला समेत समय खेर गएको आभाष हुन्छ। समाचार संकलनका लागि त्यहाँ पुग्दा उनी देवी भगवतीको मूर्ति बनाउनमै ब्यस्त थिए।कामको बोझले उनी रातमा राम्रोसँग निदाउन समेत सक्दैनन्। ग्राहकलाई दिएको वचन पूरा गर्न नसके राम्रो नहुने भएकोले उनी रातको ११ बजेपछिमात्र घर जान्छन्। बिहान पनि उनी उज्यालो नहुँदै मूर्ति बनाउन थाल्छन्। दसैँका लागि सरस्वती माध्यमिक विद्यालय अगाडी मूर्ति बनाउने उनी यसपालीको दसैँमा २१ सेट दुर्गाको मूर्ति बनाउँदै छन्। 'दैनिक ५/६ जना अर्डर दिन आउँछन्, तर मैले अर्डर लिएको छैन,' मूर्ति बनाइरहेकै बेला उनले भने, 'अर्डर लिएर बनाउन नसके राम्रो हुन्न भनेर लिइन।'
उनले एउटा सेट दुर्गा मूर्ति बनाएको १५ हजारदेखि २५ हजार रुपैयाँ लिन्छन्। माटो र परालले उनले विभिन्न थरिका मूर्तिको आकार निकाल्छन्। कलात्मक तरिकारले मूर्तिमा रङ्ग भरेर दुरुस्त बनाउँछन्। मूर्ति बनाउन थालेको ७ वर्ष भइसकेको उनले बताए। मूर्तिको साइज हेरेर रकम लिने गरेको उनले बताए। 'साइज र सेट अनुसार मूर्तिको मूल्य फरक हुन्छ, ग्राहकले जस्तो अर्डर दिन्छन् त्यहि साइजको बनाई दिन्छौँ,'-मूर्तिकारले भने

सिराहा प्रहरी गर्नेछ दशैँ तिहार समयमा बिशेस ओपरेसन :मदिरा खाएर होहल्ला गर्ने ,लुटपाट जस्ता कार्य गर्नेलाई तह लगाउने

Posted: 29 Sep 2016 08:45 PM PDT

सिरहा, १४ असोज। दशैंको समयमा हुने सम्भाबित घटनालाई मध्यनजर गरी सिरहाका प्रहरीले बिशेष सुरक्षा व्यवस्था मिलाइएको छ । दशैं र तिहारको समयमा हुने लुटपाट, मदिरा खाएर होहल्ला गर्ने, सवारी चलाउने तथा हत्याका घटना घट्न सक्ने भनी जिल्लाका प्रमुख बजार केन्द्रहरु तथा जिल्ला भित्रिने नाकाहरुमा कडाई गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले बताए
नागरिक र प्रहरी विचको सम्बन्धमा सुमधुरता ल्याउने उदेश्यका साथ पनि गाउघरमा पैदल तथा मोवाईल गस्ती गर्न बिशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रवक्त कोईरालाले बताए ।
यस्तै जिल्लाका विभिन्न ट्राफिक पोष्टको अगाडी सवारी साधन र मान्छेको धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले यात्रु सहायता कक्ष राखेको प्रवक्ता कोईरालाले जानकारी दिएका छन् । प्रवक्ता कोईरालाका अनुसार, यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधि रहनेछ । भाडा वढी लिएमा, जथाभावि यात्रु वोकेमा साथै सवारी चालकले सवारी नियम उल्लङ्घन गरी सवारी चलाएमा तत्काल ट्राफिक प्रहरी वा यात्रु सहायता कक्षका अधिकृतलाई सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।अपन दैनिकको सहयोगमा तयार पारिएको समाचार। 
 

पाकिस्तानी सेना प्रमुखको हातमा मोदीको टाउको

Posted: 29 Sep 2016 08:27 PM PDT

एजेन्सी- कश्मिरको उरीमा आक्रमण हुँदा १८ जना भारतीय सैनिक मारिएपछि भारत र पाकिस्तानबीच युद्धको अवस्थामा पुगेका छन् । भारत र पाकिस्तानबीचको वाकयुद्ध संयुक्त राष्ट्रसंघको महासभामा पनि पुगेको छ ।

दुबै देश एकले अर्कालाई गाली गर्दै दोषारोपण गरेका छन् । यस्तो अवस्थामा मंगवार पाकिस्तानी राजधानी इस्लामाबादमा भारतविरुद्ध वृहत् प्रदर्शन भयो ।

उक्त प्रदर्शनमा भारतविरुद्ध चर्का नाराबाजी पनि भए । जुलुसमा सहभागीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको काटिएको टाउको पाकिस्तानी सेना प्रमुख राहिल शरिफले हातमा लिएको तस्बिरसहितको पोस्टर पनि बोकेका थिए ।

एउटा हातमा राहिल शरिफले भारतीय प्रधानमन्त्री मोदीको काटिएको टाउको बोकेको देखाइएको छ भने अर्को हातमा रगत लत्पतिएको तरबार पनि देखाइएको छ।

उक्त पोष्टरको तस्बिरसहितको प्रदर्शनपछि पाकिस्तानी मिडियामा यसबारे समाचार नै बनाए । उक्त तस्बिरसहितको प्रदर्शनलाई लिएर भारतीय सञ्‍चारमाध्यममा पनि ठूलो चर्चा भएको छ ।

पाकिस्तानी पत्रिका 'द नेशन'का अनुसार कश्मिरमा युवा बुरहान वानी मारिएपछि भएको हिंसाको विरोधमा भारतविरुद्ध प्रदर्शन गरिएको हो।

गत जुलाइ ८ मा भारतीय सेनाले आतंकबादी संगठन हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहानी वानीलाई इन्काउन्टर गरेको थियो । त्यसपछि कश्मिरमा भएको हिंसामा कम्तिमा पनि ८० जना मारिइसकेका छन् ।

यसअघि पाकिस्तानी सेना प्रमुख जनरल राहिल शर्रीफले भारतलाई चेवानीको भाषामा युद्धको धम्की नदिन भनेका थिए । उनले भारतबाट युद्ध थालिएमा उसले ठूलो क्षति व्यहोर्ने चेतावनी दिएका थिए।

पाकिस्तानमाथि अल्पकालीन या दीर्घकालीन युद्ध थोपर्न खोजिए भारतले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी उनले दिएका थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment