/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सिरहा आज तीनवटा दुर्घटना

Posted: 29 Sep 2016 11:11 AM PDT

सिरहा,१४ असोज – सिरहामा आज भएको सवारी दुर्घटनाम तीनजना घाइते भएका छन्। सिराहाको गोलबजार.-६ मा पश्चिमबाट पूर्बतर्फ आउँदै गरेको ना. ४ ख.६७१३ नम्बरको बसले ठक्कर दिदाँ गोलबजार-३ बस्ने त्रिलोचन वाग्ले घाइते भएका छन्।विहान १०;३० बजेतिर पैदल हिड्दै गर्दा उनलाई बसले उक्त स्थानमा ठक्कर दिएको थियो। ठक्करबाट घाइते वाग्लेको माँ धमनी अस्पतामा मा उपचार भइरहेको छ भने बसका चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ।       

नेपाल टेलिकमको भारी छुटः निःशुल्क भ्वाइस र डाटा !

Posted: 29 Sep 2016 10:24 AM PDT

असोज १३ गते नेपाल टेलिकमले दशैं, तिहार तथा छठ पर्वका अवसरमा विभिन्न सेवाहरुमा छुटको घोषणा गरेको छ । टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क १ रूपैयाँ भएकोमा असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट दिने भएको छ । यस्तै, जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई पनि आकर्षक डाटा अफर प्रदान गरिने भएको छ । आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १०० एमबीको डाटा ५० रूपैयाँमा र २५० एमबीको डाटा १ सय रूपैयाँमा उपलब्ध गराइने टेलिकमले जनाएको छ । १०० एमबी डाटाको अवधि ५ दिनसम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहनेछ । १ सय एमबी डाटा प्रयोगकर्ताले १० मिनेट भ्वाइस कल तथा १० वटा एसएमएस र २ सय ५० एमबी लिनेले २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस निःशुल्क पाउनेछन् । यस्तै, नाइट अफरमा राती १० बजे देखि बिहान ६ बजेसम्म ४० रूपैयाँमा ५०० एमबी ७ दिनका लागि र ८५ रूपैयाँमा १२०० एमबी डाटा १५ दिनका लागि प्रदान गरिनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिनासम्म उपलब्ध गराइने छ । यो सुविधा जिएसएम तथा सिडिएमए दुवै नेटवर्कमा लागू हुनेछ ।

हात हतियार खर खजाना मुद्दाका फरार अभियुक्त पक्राउ

Posted: 29 Sep 2016 10:20 AM PDT

फिरोज शेख . लहान असोज १३ -
आज ईलाका प्रहरी कार्यलय लहान बाट खटिएको प्रहरी टोलीले हात हतियार खर खजाना मुद्दाका फरार अभियुक्त पक्राउ लाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा शिबु भन्ने शिव कुमार मण्डल रहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी राज कुमार केसीले जानकारी दिनुभएको छ । हात हतियार खर खजाना मुद्दामा जिल्ला अदालत सिरहाको मिति २०७२ चैत्र ३ गतेको फैसलाले २ बर्ष ७ महिना ८ दिन कैद र रु. १,००,०००/- ( एक लाख ) जरीवाना तोकिएको थियो। हालसम्म फरार रहेका जिल्ला सिरहा धनगढीमाई न.पा. वडा नं. १२ बस्ने बर्ष ४२ को शिबु भन्ने शिव कुमार मण्डललाई आज आफ्नै घर बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सिरहा जिल्ला अदालत पेश गरि कैद भुक्तानको लागि सिरहा कारागार पठाइएको छ। पक्राउ परेका मण्डल हात हतियार खर खजाना मुद्दाको अनुसन्धानको सिलसिलामा सिरहा कारागारमा पुर्पक्षमा रहेको बेला मिति २०६५/०६/२८ गते कारागारबाट फरार समेत रहेको डिएसपी राज कुमार केसीले जानकारी दिएकाछन् ।

महन्थ ठाकुरको घरमा भएको चोरीले लियो नया रुप

Posted: 29 Sep 2016 10:08 AM PDT

       रु १ करोड कहाँबाट आयो त्यो व्रिफकेशमा      

फाइल फोटो 


काठमाण्डौ । ठाकुरसाव, छोरी मिनाक्षी ठाकुरको आँखामा खुर्सानीको धुलो छर्केर र गर्धनमा खुकुरी तेस्र्याएर तमलोपाका अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी भयो ।
चोरी कस्तो भने व्रिफकेसमात्र । दुई जना रञ्जित गुप्ता र प्रचण्डप्रताप सिंह पक्राउमा परे । उनीहरुले दिएको बयानअनुसार व्रिफकेस लगेको हो, पैसा छ भन्ने थाहा थियो, बाँडेर लिने सहमतिमा लुटेको हे ।
व्रिफकेसमा १ करोड आइसी थियो । त्यो एक करोड आइसी कहाँबाट आयो ठाकुरसाव ?
एसपी सहकुल थापाले प्रश्न गर्दा महन्थ ठाकुर बोलेनन् । यसरी खुलासा भइसक्दा पनि पीडितपक्ष स्पष्ट बोल्दैन, लुटेरा पक्राउ परे, बयान दिए ।
सरकारको सहयोगी दल भएका कारण प्रहरी अनुसन्धानको सतहमै अल्मलिइरहेको छ । आइसीको स्रोत खोज्ने हो भने लहरो तान्दा पहरो गर्जन्छ भन्छन् अफ दी रेकर्ड भनेर प्रहरी अधिकारी ।                                         -स्रोत:newsoperation

अमेरिकामा रेल दुर्घटना, १ को मृत्यु १०० भन्दा बढी घाइते

Posted: 29 Sep 2016 09:47 AM PDT

असोज १३, २०७३ अमेरिकाको न्यूजर्सीमा रेल दुर्घटना हुदाँ १ सयभन्दा धेरै घाइते भएका छन्। घटना एक व्यक्तिले ज्यान गुमाएको पुष्टि भएको छ। न्यूजर्सीस्थित होबोकेन रेल स्टेशनमा भएको तिव्र गतिमा आइरहेको ट्रेन एक्कासी स्टेशनको रिसेप्शन एरियातर्फ गएको प्रत्यक्षदर्शीले जनाएका छन्। घटनाका ५१ जना घाइतेहरुको उपचार जर्सी सिटी मेडिकल सेन्टरमा भइरहेको छ। यस अस्पतालका अधिकारीहरुले ३ जनाको अवस्था गम्भीर रहेको र ११ जनाको चोट असामान्य रहेको बताएका छन्।

लहानमा भएको यो कार्यले सिङ्गो भारत र पाकिस्तनले सक्नुपर्छ ठुलो पाठ

Posted: 29 Sep 2016 09:00 AM PDT

आजकल भारत र पाकिस्तानको युद्धको कुरा सनसनी बन्दै गर्दा आज सिरहाको एउटा यस्तो कुरा भयो जसले भारत र पाकिस्तानको सिर झुकाईदेको छ। धार्मिक भाइचाराका लागि लहान नगरका हिन्दु तथा मुस्लिम समुदायहरु मिलि शुरु गरिएको अभियान अन्तरगत आज लहानमा हातेमालाे : अन्तर धार्मिक समिति लहानद्धारा अायाेजना गरिएकाे घाेषाणा सभामा धर्म गुरुहरु, सुरक्षा निकाय र राजनैतिक दलका प्रतिनिधि ज्युहरु साथै समुदायहरुले लहान नगरलाइ धार्मिक भाइचारा र सहिष्णुताकाे शहर बनाउन प्रतिबद्धता व्यक्त गर्नुभएका छन् ।

रोकिएन विद्यार्थीको प्रयोग, अस्थाई शिक्षकहरुले आफ्नो मांग पुरा गराउन विद्यालय नै बन्द गराए

Posted: 29 Sep 2016 12:49 AM PDT

रंजन भण्डारी
जलेश्वर,असोज १३ गते ।
समय समयमा आफ्नो स्वार्थ सिद्धीको लागि विद्यार्थीको प्रयोग भैरहेको हामीले देखेकै छौ । विद्यालय शान्ति क्षेत्र घोषणा गर्नु पर्ने आवाज उठिरहेको वेला पुनः महोत्तरीमा शिक्षकहरुले आफ्ना मांग पुरा गराउन विद्यार्थीको प्रयोग गरेका छन । राजनितिक दल,शिक्षक,नागरिक समाज,तथा विद्यार्थी संघ संस्थाहरुले विद्यार्थीलाई स्वार्थ पुर्तीको माध्यम नबनाई उनीहरुलाई स्वतन्त्र रुपमा शिक्षा आर्जन गर्न दिनु पर्ने कुरा भाषणमै मात्र देखिएको छ । अस्थाई शिक्षकहरुले रोजाई फारम भराई उनीहरुको हक र अधिकार कुण्ठित पार्न प्रयास गरेको भन्दै विगत केहि दिन देखि आन्दोलन गर्दै आईरहेकोमा असोज १३ र १४ गते स्थानिय सवै सामुदायिक विद्यालय बन्द गराएका छन । जस अनुरुप महोत्तरीका सवै सामुदायिक विद्यालय आज बन्द रहेको छ । असोज ११ गते नेपाल शिक्षक संघ महोत्तरीका अध्यक्ष शुशील यादवको अध्यक्षतामा वसेको अस्थाई शिक्षकहरुको भेलाले विद्यालय बन्द गराउने निर्णय गरेका थिए । अस्थाई शिक्षकहरुले उपलब्ध गराएको वैठकको माईनेटको फोटोकोपीमा शिक्षा ऐन विपरित अस्थाई शिक्षकहरुलाई शिक्षा विभागले रोजाई फारा मभर्न भने दिएको निर्देन प्रति गम्भिर ध्यानाकर्षन भएको र शिक्षकहरुलाई सो फारम नभर्न अनुरोध समेत सो माईनेटिंगमा गरिएको छ ।
मांग पुरा गराउन विद्यार्थीको प्रयोग गरि उनीहरुलाई शिक्षाबाट बन्चित राखि उनीहरुको पढ्न पाउने अधिकारको हनन भएको भन्दै मानव अधिकार रक्षक संजाल,नेपाल विद्यार्थी संघ समेतको ध्यानाकर्षण भएको र दुवैले प्रेस विज्ञप्ती निकाल्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । यता नागरिक समाज,बुद्धिजिवी र अभिभावकहरुले समेत शिक्षकहरुले आफ्ना हितको लागि विद्यार्थीको पढाई नै बाधिक गर्नु कदापी सहि नभएको बताएका छन । अस्थाई शिक्षकहरुले विगतमा शिक्षक फ्रन्टहरुको कार्यालयमा तालाबन्दी,र्याली,फारम जलाएर विरोध,जिल्ला शिक्षा कार्यालयमा काम रोक आन्दोलन र अहिले समेत शिक्षा कार्यालयको गेटमा धर्ना कार्यक्रम यथावत राखेका छन ।
यता निमित शिक्षा अधिकारी गणेश महत्तोले समेत उनीहरुको मांग सम्बोधन गर्ने सम्बन्धित निकाय हुदा हुदै विद्यालय नै बन्द गराई विद्यार्थीको भविष्यसंग खेलवाड गर्नु गलत भएको बताएका छन । साथै हामीले स्रोत व्यक्तिहरुलाई प्रतिवेदन बुझाउन समेत निर्देशन गरिसकेको उहाले बताएका छन ।

जब एउटा मधेसीले हेरो बन्छु पर्ण गरेपछि के-के गर्नु पर्यो :(हेर्नुहोस कामेश्वर चौरसियाको भिडियो कथा )

Posted: 28 Sep 2016 11:52 PM PDT

कामेश्वर चौरसिया नेपाली फिल्म बजारको अहिलेको चर्चित नाम हो | यो नाम फिल्म 'रेशम फिलिली'मा जब कामेश्वरले 'हरिया'को भूमिका निर्वाह गरे तब चर्चित बन्न पुग्यो | सुरुवाती संघर्षका दिनमा कार पुछ्ने देखि लिएर भुजिया बेच्ने काम सम्म गरेका कामेश्वरको रेखा थापा संगको 'पलास' फिल्म प्रदर्शनको तयारिमा रहेको छ |
त्यस्तै 'लूट २'मा पनि कामेश्वरले अभिनय गरेका छन् | अभिनयका कारण चर्चामा आएका कामेश्वरले फिल्म खेल्नैका लागि के के सम्म गरेनन |

लहानमा ईरिक्साले भाडामा मनोमानी गरेपछि ,लहान सिटीले तोक्यो भाडादर (भाडादर सहित )

Posted: 28 Sep 2016 11:36 PM PDT

प्रमोद यादव आश्विन १३
लहानमा ईरिक्साले संचालनसंगै चुनौती पनि तेतिनै छ। केहि दिन देखि ईरिक्साले लहानमा आफूखुसी भाडा लिन थालेपछि यात्रुहरु मर्कामा परेको छ।  यहि समस्या समाधानको निमित लहान सिटी सवारी ईकाई कमिटीले ईरिक्साको भाडादर तोकेको छ। यात्रुहरु ठगीमा नपरोस भनेर तोकेको भाडाडर संचालकले मान्ने कि नमाने कुरा आँउने समयले बताउछ तर यसको उचित कर्योनोयन  सरकर्वोलाहरुले समय-समयमा चेक जाच गर्नुपर्छ।

हेर्नुस  भाडादर;

त्रिशूली नदीमा गाडी फेला, पूर्वगृहमन्त्री घिमिरेको हुनसक्ने शंका

Posted: 28 Sep 2016 09:35 PM PDT

काठमाडौं – पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप दुर्घटनापछि खोजीका लागि परिचालित भएको नेपाली गोताखोरले त्रिशूली नदीमा गाडी फेला पारेको छ । चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार नदीको ८÷१० फिट गहिराईमा गाडी फेला पारिएको जानकारी दिनुभयो ।उक्त गाडी पूर्वगृहमन्त्री घिमिरे चढेकै गाडी हो वा अन्य गाडी हो भन्ने यकिन हुन सकिरहेको छैन । घोप्टेभीरबाट २० मिटर दक्षिण क्षेत्रमा नेपाली गोताखोरले बुधबार बेलुका गाडी फेला पारेको हो ।उहाँका अनुसार नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी तथा गोताखोरको प्रयासमा गाडी निकाल्ने काम भइरहेको छ । आइतबार साँझ काठमाडौं आइरहेका बेला पूर्वगृहमन्त्री घिमिरेसहित परिवार चढेको बा ९ च १५३१ नम्बरको जीप घोप्टेभीरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।घटनास्थलबाट तत्काल आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले र निजी सुरक्षाकर्मी रामचन्द्र कार्कीको शव फेला परेको थियो। चालक विष्णु राई घाइते अवस्थामा फेला परेका थिए । घिमिरेसहित उहाँका दुई भाइ त्रिशुलीमा हराइरहेका थिए ।

सिरहामा मोबाइल हरायो ! चिन्ता नलिनुहोस लहान प्रहरीले खोजेर दिन्छ तपाइको हराएको मोबाइल

Posted: 28 Sep 2016 09:24 PM PDT

प्रमोद यादव लाहान,१३  आशिन |


बिभिन्न समयमा हराएका तथा चोरी भएका मोबायलहरु खोजतलास गरी  लहान प्रहरीले जनतामाझ खुसी खबर लाएको छ। जीपीयसको सहयोगले चोरी  भएको मोबाइल पता लगाई मोबाइल धनीलाई हस्तान्तरण गर्दै आएको छ। यो नया सिस्टमले प्रहरीलाई धेरैनै सहयोग पुर्याएको छ। मोबाइल हराएको केही दिनमै उत्कट मोबाइल कहाँ छ र कुन नेटओर्क बाट चलाउदै छ जस्त डाटा पाएपछि प्रहरीले खोजतलास सुरु गर्छ। आहिलेसम्म लहान प्रहरीले दर्जन भन्दा बढी मोबाइल पता लगाई मोबाइल धनीलाई बुझाईसकेको छ। 

सिरहाको दक्षिणी ग्रामिणभेगमा एम्बुलेन्स जान छोडियो

Posted: 28 Sep 2016 08:20 PM PDT

दिनेश्वर गुप्ता लहान १२ असोज । 'गुहार गुहार हौं' हमर पुतौहके बच्चा होअवाला छैय, कनि एम्बुलेन्सवालाके बोलाअ द ' यो सम्वाद एउटा सडक नाटकका पात्रको हो जसको नाम मानविर रहन्छन् । त्यतिकैमा एक जना शिक्षकले एम्बुलेन्सको फोन गर्छन् । एम्बुलेन्स आउंने क्रममा ग्रामिण सडकको हिलोमा फस्छ । राजमार्गदेखि दक्षिण ग्रामिण भेगको अवस्थालाई सडक नाटकमा दर्शाउंने गरेको हुन्छ । तर, यो सम्वाद सत्य घटनामा परिनत भएपछि नाटकका कलाकारहरु नै पीडा खेप्नुपर्ने अवस्था आउंछ । सिरहाको ग्रामिण भेगमा बर्षाको कारण पूर्णरुपमा सडकहरु बिग्रिएको छ ।
 
'गुहार गुहार हौं' हमर पुतौहके बच्चा होअवाला छैय,
नेपाल मधेश फान्डेशनको सहयोगमा मधेश मिडिया मिशन नेपालद्धारा संचालित रेडियो सौगातका कलाकारहरु सडक नाटकको लागि आज पर्सा पोखरभिन्डा र रामपुर पिप्राबाट फर्किने बेला भवानीपुर कुर्वामा पिकप जिप फसेर कलाकारहरु सास्ती खेपे । लहानको फुलवारी मेला हुंदै पोखरभिन्डा पुग्दा बाटो विग्रिएकोले जिप पल्टिने त्रासमय पुगियो । त्यहांबाट पिप्रा पुग्न घण्टौं लागियो । फर्किदा त बाटोमै जिप फसिहालियो । जेनतैन त्यहांबाट धनगढी पुग्न खोज्दा सम्भव भएन् । ग्रामिण सडक बिग्रिने मुख्य कारण ट्रायक्टरको गतिलो ओहोरदोहोर रहेको स्थानीयले बताए । स्थानीय एक युवा भने 'धनगढी जाने सजिलो बाटो छ, तर थारुहरुले आफ्ै बनाएको बाटो हुंदै जानुपर्छ । उने भने थारुहरुले त्यो बाटो जान दिन्छ की दिदैन् ? त्यो तपाईंहरु जानुस् । जीपका ड्राइभर र नेपाल मधेश फान्डेशनका सिरहा संयोजक रामजीवन यादवले कलाकारहरुलाई लिएर थारुले बनाएको बाटोमा लगियो । त्यो बाटोको प्रवेशमै डांट लगाएर गाउंले थारुहरु बसेका थिए । कलाकारहरुले आफ्नो परिचय दिने वितिकै डाट खोलियो र स्वागत गर्दै राजमार्गतर्फको बाटो देखायो । 
थारुहरु सजग भएको कारण आफ्नो गाउंको बाटो व्यवस्थित गरेर राखेको छ । उक्त बाटो राजमार्गदेखि तीन किलो मिटरसम्म रहेको छ । सिरहाको दक्षिणभेगमा यतिबेला बाटो विग्रिएको कारण हजारौं रोगी विरामी एम्बुलेन्सको सुविधाबाट बंचित छन् । आजको सडक नाटकले यस्तै घटनाको उजागर गर्दै प्रदर्शन गरियो । नाटकको पात्र मानविरका बुहारी बाटो विग्रिएको कारण एम्बुलेन्स आउंन नसकेर मृत्यूको मुखमा परेको दर्शाएको थियो । जो मानविर सडक निर्माणको उपभोक्ता समितिका अध्यक्ष रहन्छ । जतिबेला उनका बुहारीको एम्बुलेन्स नआएको कारण मृत्यु हुन्छ । त्यतिबेला मानविरलाई होस आउंछ । आज आफ्नो गाउंको बाटो राम्रो बनाएको भए न एम्बुलेन्स फस्थियो न मेरी गर्भवती बुहारीको मृत्यू नै हुन्थियो । अन्तमा जसले खाल्डो खन्छ, उही खाल्डोमा लडछन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment