काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले पाकिस्तानमा हुन लागेको सार्कको १९ औं शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न हुने बताएका छन्। व्यवस्थापिका(संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा बिहिबार राजधानीमा भएको कार्यक्रममा बोल्दै सार्कका अध्यक्षसमेत रहेका दाहालले विवाद होइन सहकार्यका माध्यमबाट सार्कको शिखर सम्मेलन समयमै सफलतापूर्वक सम्पन्न हुने बताएका हुन्।
व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा पहिलोपटक आयोजित सो सम्मेलनमा सार्कको तीन दशक, आर्थिक सहयोग, संस्थागत विकासजस्ता पाँच विषयमा सातवटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
सन् २०१४ मा काठमाडौँमा भएको सार्कको अठारौँ शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो । सार्कको आगामी उन्नाइसौँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा तय गरिएको छ। सम्मेलनका क्रममा पाँचजना पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा र विजयकुमार गच्छदारले अलगअलग सत्रको अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ। सेतोपाटी
No comments:
Post a Comment