/ , , , , , , / जनकपुर: दुईको मृत्यु, ६० वर्षीयले गरे आत्महत्या

जनकपुर: दुईको मृत्यु, ६० वर्षीयले गरे आत्महत्या

जनकपुरधाम २८ असोज । धनुषामा शुक्रवार एक बालकसहित तीन जनाको ज्यान गएको छ । एक बालकसहित दुई जना मृत अवस्थामा फेला परेका छन् भने ६० वर्षीय एक वृद्धले घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।
पूर्वी धनुषाको पटेर्वामा ६० वर्षीय श्रीनारायण अधिकारीले घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । गाउँ नजिकै आँपको रुखमा झुण्डिएर उनले आत्महत्या गरेको प्रहरीले जनायो । पटेर्वा –९ घर भएका उनले आत्महत्या गर्नुपरेको कारण वारे अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
जनकपुर –४ स्थित शान्तिनगरमा घर भएको विजय महतोका १२ वर्षीय छोरा विकास बिहीबार घरबाट भागेका थिए । शुक्रबार जनकपुर–जटही सडक खण्डमा पर्ने गंगुली नजिकै सडकको कल्भर्ट मुनि उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रारम्भिक अनुसन्धानले घटना रहस्यमय देखिएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव प्रहरी उपरिक्षक मनोज यादवले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरेको बताए ।
सबैला नगरपालिकाको सतोषर पोखरीमा स्थानीय ३५ वर्षीय मदन यादव मृत अवस्थामा फेला परेका छन् । सबैला –७, मखनाहा घर भएका मदनको पनि मानसिक सन्तुलन ठीक नरहेको स्थानीय राजेश यादवले जनाए । केही महिनादेखि मानसिक सन्तुलन गुमाएका उनको गाउँदेखि करिब पाँच किलोमिटर दक्षिण सतोषर पोखरीमा शुक्रबार शव भेटेको उनले जानकारी दिए । उक्त घटनावारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।हुलाकी न्यूज

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment