कतार । नेपाल प्रवासी तराई–मधेश मञ्च, दोहा कतारको प्रथम महाधिवेशन आगामी शुक्रबार अर्थात यही २१ अक्टोबर, २०१६ मा कतÞरको दोहा शहरमा हुन गइरहेको छ ।
मञ्चका अध्यक्ष अहमद्दीन खानले बताएअनुसार तराई–मधेश लोकतान्त्रिक पार्टीको भातृ संगठन नेपाल प्रवासी तराई–मधेश मञ्च, दोहा कतÞरको स्थापना आफ्नो मधेशी पहिचानलाई मजबूत बनाउँदै प्रवासमा कार्यरत तराई–मधेशका मधेशीहरुको हकहितको संरक्षण, आपसी सहयोग र एकता सुदृढिकरण तथा मधेशी, थारु, आदिवासी(जनजाति, दलित, पिछड़ावर्गको समानता, समावेशी समानुपातिकता र राज्यका अंगहरूमा जनसंख्याको आधारमा प्रतिनिधित्वका लागि नेपालमा जारी संघर्षलाई प्रवासबाट सक्दो सहयोग पुर्याउनका लागि भएको हो ।
अध्यक्ष अहमद्दीन खानले यस अधिवेशनले मञ्चको घोषित उद्देश्य र लक्ष्य प्राप्तिका लागि चलाइने अभियानलाई मद्दत गर्ने बताए ।
प्रथम अधिवेशनले मञ्चको संगठन विस्तारका साथै आपसी एकतामा समेत बल पुर्याउने मञ्चका कार्यसमितिका सदस्यहरुले विश्वास व्यक्त गरेका छन् ।
यस अधिवेशनले आफ्नो नयाँ कार्यसमितिको गठन समेत गर्ने बताइएको छ । नेपाल प्रवासी तराई(मधेश मञ्च दोहा कतार पहिचान, स्वाभिमान र सम्मानको नारा साथ प्रथम अधिवेशनबाट नयाँ चरणमा प्रवेश गर्ने बताइएको छ ।
अधिवेशनको तैयारी अन्तिम चरणमा पुगिसकेको जनाइएको छ । अधिवेशनलाई तराई–मधेश लोकतान्त्रिक पार्टीको निर्वाचित उपाध्यक्ष एवं भातृ संस्था संयोजन तथा समन्वय विभाग प्रमुख बृषेशचन्द्र लालले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।हुलाकी न्यूज
No comments:
Post a Comment