असोज २९ । दसैंका अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब ९ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू र बैंक तथा वित्तीय संस्थाबाट असोज महिनामा उक्त मूल्यबराबरका नयाँ नोट साटिएको जानकारी राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले दिए । ‘त्यस अवधिमा बजारमा गएका नयाँ नोटमध्ये ४९ अर्ब रुपैयाँ पाँच सय र हजार दरका नोट हुन्ु, उनले भने, ‘बाँकी साना दरका सयभन्दा कम दरका हुन् । बैंक तथा वित्तीय संस्थाले भुक्तानीमा ठूलो दरका नोट प्रयोग गर्ने गर्छन् । ठूला नोटमध्ये करिब ५६ प्रतिशत भुक्ता
नीका लागि उपयोग हुने गरेको छ ।ुसाना नोटले बजारमा खुद्रा भुक्तानीलाई सहजता प्रदान गर्ने बताइएको छ । कतिपय उपभोक्ताले दसैंका अवसरमा वर्षदिनभरि विशेषगरी पूजाआजा गर्न तथा सांस्कृतिक पर्वलाई समेत पुग्ने गरी नयाँ नोट साट्ने गरेको पाइएको छ ।
अहिले प्रायः बैंकबाट पैसा निकाल्नका लागि एटीएम प्रयोग हुने र यो प्रणालीबाट साना दरका नोट निकाल्न नपाइने भएकाले पनि दसैंमा नयाँ नोट साट्नेको चाप बढ्दै गएको छ । । बैंकिङ प्रणालीले साना दरका नोट भुक्तानी गर्न गाह्रो हुने भएकाले पनि हरेक वर्ष राष्ट्र बैंकले दसैंको अवसर पारेर साना दरका नोट बजारमा पठाउने गरेको छ ।
पुराना वा ठूलो दरका नोटसँग साना दरका नयाँ नोट सटही सुविधासहित राष्ट्र बैंकले बजारमा हरेक वर्ष नयाँ नोट प्रवाह गर्दै आएको छ । राष्ट्र बैंकले हरेक वर्ष दसैंअघि नयाँ नोट बजारमा पठाउने गरेको छ । दसैं पुराना नोट खिच्ने र नयाँ नोट प्रवाह गर्ने अवसर रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले दसैंका लागि असोज ९ गतेदेखि १४ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराएको थियो भने सर्वसाधारणका लागि १६ गते आइतबारदेखि २१ गते शुक्रबारसम्म नोट साट्ने सुविधा दिएको थियो । राष्ट्र बैंकले सर्वसाधारणलाई पाँचदेखि एक सय रुपैयाँसम्मका नोट दुईदुई बिटाका दरले उपलब्ध गराएको हो ।
उक्त व्यवस्थाअनुसार एक व्यक्तिले ३७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाएका थिए । गत वर्ष एकजनालाई २२ हजार रुपैयाँको सटही सुविधा दिइएको थियो । दसैंमा बजारमा गएको नयाँ नोट तिहार तथा छठ पर्वपछि बजारमा फर्कने पण्डितले बताए । ‘असोज महिनामा बजारमा गएको नयाँ नोट दसैंलगत्तै बैंक तथा वित्तीय संस्थामा फर्कंदैनु, पण्डितले भने, ‘हाल बजारमा गएको नोट पनि ५० देखि ६० प्रतिशतमात्र फर्कने हो । अन्य नोट भने उपभोक्तासँगै रहन्छ ।ु
सामान्यतया साना दरका नोटभन्दा ठूला दरका नोटको आयु बढी हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सामान्यतया नोटको आयु भनेको तीनदेखि पाँच वर्र्ष हो । साना दरका नोटको आयु तीनदेखि चार वर्ष हुन्छ भने ठूला नोटको आयु करिब ५ वर्ष हो ।
नोटको आयु सकिएर पुरानो भएपछि राष्ट्र बैंकले नोट जलाउने गर्छ । बजारमा नोटको उपलब्धता हेरी जलाइने गरेको पण्डितले बताए । ‘बजारमा नोटको अभाव छैन भने पुराना नोट जलाइन्छु, उनले भने, ‘नोटको अभाव छ भने केही समय बजारमा नोट प्रवाह हुन्छ ।ु
राष्ट्र बैंकले दसैंमा नोट सटही सुविधा दिएको समयमा साटिएको मुद्राले बजारमा मूल्यवृद्धिमा खासै असर नपर्ने राष्ट्र बैंकले जनाएको छ । दसैं नेपालको सबैभन्दा ठूलो पर्व भएकाले पर्वको खर्चका कारण मूल्यवृद्धिमा प्रभाव नपर्ने राष्ट्र बैंकले जनाएको छ ।
नेपालको अर्थतन्त्रको आकारअनुसार हाल बजारमा प्रवाह भएको नोटको हिस्सा सानो भएकाले यसले मूल्यवृद्धि नगर्ने बैंकको तर्क छ । हाल नेपालको अर्थतन्त्र २२ अर्ब ४८ अर्ब रुपैयाँ छ । अन्नपुर्णपोष्ट
No comments:
Post a Comment