/ , , , / १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड भारतको गोवा प्रस्थान

१८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड भारतको गोवा प्रस्थान

काठमाडौँ, २९ असोज ।  ‘ब्रिक्स सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान भारतको गोवातर्फ प्रस्थान गरेका छन् ।

सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री प्रचण्डको चिनियाँ राष्ट्रपति सि जिन पिङसँग शनिबार साँझ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

त्यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम रहेको पराराष्ट्र मन्त्रालयले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्ने छन् ।

सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको छ ।

सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई ब्रिक्स सम्मेलनमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको हो। दक्षिण एसियाबाट नेपाल, भारत, भुटान र श्रीलङ्का उक्त सम्मेलनमा सहभागी हुनेछन्। बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा आतङ्कवाद नियन्त्रण गर्ने र वातावरण परिवर्तनका असरलाई सम्बोधन गर्ने, प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने, सदस्य राष्ट्रबीच सम्पर्क सञ्जाल विस्तार गर्ने, कृषि, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन एवम् गरिबी निवारणजस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने एवम् जनस्तरको सम्बन्ध प्रगाढ गर्ने सम्बन्धमा छलफल हुनेछ।

प्रधानमन्त्रीको नेतृत्वमा रहने भ्रमण दलमा पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा महत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मा र परराष्ट्र सचिव शङ्करदास वैरागीलगायतको टोली रहेको छ । आगामी कात्तिक १ गते प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कने छन् । रातोपाटी

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment