/ , , , , , / संस्थालाई आत्मनिर्भर वनाउन उचित योजनाको आवश्कता ः सासंद चौधरी

संस्थालाई आत्मनिर्भर वनाउन उचित योजनाको आवश्कता ः सासंद चौधरी

राम नारायण पंडित, सिरहा, ०३ कार्तिक । कुनै पनि संस्थालाई आत्मनिर्भर बनाउन उचित योजनाको आवश्कता रहेको प्रमुख अतिनी नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं. १ का सासंद पदमनारायण चौधरीले बताएको छ । भवानाी एकीकृत सामुदायीक विकास केन्द्र, धनगढी २ को २१ औं, साधारणसभाको उद्घाटन गर्दै चौधरीले संस्था खोल्न सजिलो भएपनि त्यसलाई आत्मनिर्भर बनाउन उचित कार्ययोजनाको आवश्यकता भएको बताए ।
कुनैवेला सिरहाकै अवल दर्जाको संस्थाको पछिल्लो दिनमा आत्करीक कलह र सहयोगी संस्थासंगको सम्झौता सकिएकोले अलमलमा परेको  सुनेपछि चौधरीले संस्थालाई सधै दातामुखिमात्र बनाउँदा यस्तो समस्या आएको बताए । २१ वर्ष अघि स्थापना भएको यो संस्थाले अहिलसम्म आफूलाई आत्मनिर्भर बनाउनु पर्ने हो, अवका दिनमा यस संस्थालाई आत्मनिर्भर बनाउ
न कार्यसमितिले मेहनत गर्नु पर्ने भन्दै त्यसको लागि आफ्नो जुनसुकैवेला सहयोग रहने बताए ।
यसअघि केन्द्रले जिल्लाको दुर दराज गाँउहरुमा खानेपानी, शिक्षा, स्वास्थ्य तथा बालकालिकाको क्षेत्रमा उदाहरणीय काम गरेको सम्भदै सिरहा क्षेत्र नं. ४ का सासंद रामचन्द्र यादवले संस्थालाई त्यहि अवस्थामा पुर्याउनु आफूले सहयोग गर्ने बताए । उनले कुनै समय शिक्षाको क्षेत्रमा यो संस्थाले राम्रो काम गरेको बताउँदै यसलाई त्यही ठाउँमा फर्काउन आफूले सकेको सहयोग गर्ने बताए । 
जिल्लामा १०५० सामाजिक संस्थाहरु दार्ता रहेपनि वार्षिक १२५ नविकरण भईरहेको र त्यसमध्यपनि थोरै संस्थामात्र कृयाशिल रहेको गैसस महासंघका जिल्ला अध्यक्ष गोविन्दराज विष्टले बताए । यतिको संस्थाहरुको विचमा भवानीले आफ्नो कार्यकालमा असल र सम्झनयोग्य कामहरु गरेको बताए । उनले अहिले संस्थाहरु दातामुखि छ, अवको दिनमा यसलाई सुधार गर्दै लैजानु पर्ने जरुरी रहेको बताए । 
दुई चार हजार रकम जम्मा गरेर गठन भएको भवानी एकिकृत करोडोको रकम चलाएर सामाजिक दायित्व निर्वाह गरिरहेकोले यो संस्थालाई जोगाउन हामी सवैले लाग्नुपर्ने प्रधानाध्यापक शिक्षक राम विलास यादवले बताए 
सोही क्रममा पत्रकार महासंघ सिरहाका सचिव जिवछ यादव, प्रेस चौतारी सिरहाका अध्यक्ष राम भरोसी महतो प्रेस सेन्टरका केन्द्रिय सदस्य मणिलाल विश्वकर्मा लगायतकाले आफनो धारणा राख्नु भएको थियो ।
 संस्थाले हरुवा , चरुवा र कोदर्वाको लागि पनि प्रभावकारी कार्यक्रम गरिहेको छ । खुल्ला दिशामुक्त र वातावरणको क्षेत्रमा समेत काम गर्न दत्तचित्त भएर लाग्नुपर्ने सुझा पनि सधारण सभामा सहभागीहरुले दिएको थियो । यस संस्थाको अगुवाईमा सिरहाको दक्षिणी भेगका महेशपुर पिप्रा प्रध र पोखरभिण्डा गाविसमा हरुवा चरुवाको लागि १२ वाटा समूह निर्माण गरि २८० घरधुरीका हरुवा चरुवाहरुलाई मानव अधिकार महिला प्रजनन स्वास्थ्य बधुवा मजदुर ानव वेचविखन सुरक्षित बसाई सराई भूमि अधिकार र रोजगारी सम्वन्धमा सचेतना कार्यक्रमले निकै प्रभाव पारेको छ । २१ औ सधारण सभाका अध्यक्षता भवानीका अध्यक्ष दिपेश चौधर।ीले गर्नु भएको थियो भन्ने कार्यक्रममा प्रतिवेदन सचिव राम वाहादुर चौधरीले प्रस्तुत गरेको थियो भन्ने भावी वजेट तथा विगतका आर्थिक गतिविधि झल्कने प्रतिवेदन कोषाध्यक्ष उपेनद्र साहले राख्नु भएको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment