/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


पाकिस्तान आइपुग्यो रुसी सेना, भारतलाई खतरा!

Posted: 27 Sep 2016 09:00 AM PDT

१ असोज, काठमाडौं । भारत प्रशासित काश्मिरको उरी घटनापछि रुसी सेना पाकिस्तानसँग संयुक्त अभ्यासको लागि पाकिस्तान पुगेको छ । पाकिस्तान र रुसको संयुक्त ड्रिल शनिबारदेखि सुरु हुने पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेंट जनरल असीम सलीम बाजवाले शुक्रबार बताएका छन् । यो बीचमा रुस बाट ड्रील रद्ध भएको खबर पनि आएको थियो जुन गलत प्रमाणित भइसकेको छ । पाकिस्तानी सुरक्षा बलको सञ्चारमाध्यम विंगका इन्टर सर्विस पब्लिक रिलेसनका डीजी समेत रहेका लेफ्टिनेन्ट जनरल बाजवाले ट्वीट गरेर रुसी सेनाको एक टुगडी पाकिस्तान र रुसबीचको संयुक्त अभ्यासको लागि पाकिस्तान पुगिसकेको जानकारी दिएका छन् । यस मिलिटरी एक्स-साइजमा लगभग २ सय सैनिक सहभागी रहने समाचारमा बताइएको छ । रुसी सेना पाकिस्तान आएको खबरले भारतको नयाँ दिल्लीमा चिन्ता बढेको छ ।

धादिङ दुर्घटनाः १३ घाइतेको काठमाडौंमा उपचार हुँदै, मृतकको संख्या १९ पुग्यो

Posted: 27 Sep 2016 06:06 AM PDT

असोज ११, २०७३ काठमाडौं : धादिङको मार्पाकमा भएको बस दुर्घटनामा घाइते भएका १३ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ। घाइतेहरुलाई दुर्घटनास्थलबाट दुईवटा होलिकप्टरमा काठमाडौं ल्याएको हो। उपचार भैरहेका ३ जनाबाहेक अरुको नाम खुलेको छ।शिक्षण अस्पतालमा उपचार भैरहेका घाइतेको नामावली मिलन तामाङ २७ नुमु लामा ४२ बिक्की थापा २२ धनबहादुर लामा ५० प्रेम विक ३५ ईश्वर सुवेदी मनिङ तामाङ टेकुमाया घले मतेन तामाङ चेले तामाङ १८ को मृत्यु धादिङको मार्पाकमा बिहान ११ बजे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। १८ जनाको घटनास्थलमा र एकजनाको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। धनकुमारी सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। मृतक १४ जना पुरुष ५ जना महिला छन्। धादिङका प्रहरी सहायक निरीक्षक नारायण श्रेष्ठका अनुसार एयर डाइनेस्टीबाट ६ जनालाई र नेपाली सेनाको हेलिकप्टरबाट ७ जनालाई काठमाडौं ल्याइएको छ।

महन्थ ठाकुरको घरमा चोरी गर्ने पूर्व ड्राइभर ! दुई युवक पक्राउ

Posted: 27 Sep 2016 05:54 AM PDT

भदौ २४ गते साँझ ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुरको आँखामा खुर्सानीका धुलो हालेर सानोठिमीस्थित घरमा चोरी भएको थियो । चोरहरुले ठाकुरलाई कुखुरी हानेका थिए, जसबाट उनको हातमा चोट लागेको थियो ।
ठाकुरको घरबाट ब्रिफकेस चोरेर भागेकाहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा सर्लाही पिडाडी ३ घर भई पेप्सीकोला बस्ने रन्जितप्रसाद गुप्ता र महोत्तरी मेघनाथ घोरन्ना घर भई पेप्सिकोला बस्ने प्रमानन्द भन्ने प्रचण्डप्रताप सिंह रहेका छन् ।
पक्राउ परेकामध्ये गुप्ता तमलोपा अध्यक्ष ठाकुरका पूर्वड्राइभर हुन् । महाशाखाका डीएसपी रमेश थापाका अनुसार गत असोजदेखि फागुनसम्म ठाकुरका सवारी चालकका रुपमा उनले काम गरेका थिए । 'घरमा काम गर्ने अन्य व्यक्तिसँग सम्बन्ध राम्रो नभएपछि गुप्तालाई हटाइएको रहेछ,' डीएसपी थापाले अनलाइखबरसँग भने, 'उनकै योजना चोरी भएको पाइयो ।'
अर्का अभियुक्त सिंह पनि जागिरको लागि पटक-पटक ठाकुर कहाँ पुगेका थिए । जसका कारण उनीहरुलाई घरको अवस्थितिबारे जानकारी थियो ।
प्रहरीका अनुसार बाहिरको ढोका पनि खुल्ला देखेपछि उनीहरु सिधै कोठामा पुगेर सोफामा भएको ब्रिफकेस बोकेर भागेका थिए । त्यसक्रममा ठाकुरकी छोरी मिनाक्षीले देखेपछि खुर्सानीको धुलो हानेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार उनीहरुले चोरी गर्नु दुईदिन अघिदेखि नै घरको रेकी गरेका थिए । र, २३ गते पनि चोरी गर्ने योजनासहित पुगे पनि सफल हुन नसकेपछि दोस्रो दिन अर्थात २४ गते फेरि पुगेका थिए ।
चोरी भएको ब्रिफकेसमा ५० हजार जति मात्रै पैसा भएको तमलोपा अध्यक्ष ठाकुरले प्रहरीसमक्ष बताएका छन् । अपराध महाशाखाको टोलीले गुप्तालाई काठमाडौं काँडाघारी र सिंहलाई ललितपुरबाट पक्राउ गरेको हो ।

‘रेडियो सरगम’ एफएमको उद्घाटन

Posted: 27 Sep 2016 03:06 AM PDT

Radio Sargam 93 Mhzअसोज ११, लाहान । सिराहाको लहानबाट आजदेखि 'रेडियो सरगम' एफएम ९३ मेगाहर्जको नियमित प्रसारण सुरु भएको छ । शेख मिडिया हाउसद्वारा लहान नगरपालिका–८ मा सञ्चालित एफएमको नियमित प्रसारणको एक कार्यक्रमका बीच प्रेस चौतारी नेपालका महासचिव राजेश राईले उद्घाटन गर्नुभयो । यससँगै लहानमा एफएम रेडियोको सङ्ख्या पाँच तथा सिरहा जिल्लामा आठ पुगेको छ । यसअघि लहानबाट 'रेडियो सौगात', 'रेडियो समग्र', 'रेडियो समाद' र 'रेडियो फूलबारी' प्रसारण हुँदै आएको छ । सो अवसरमा महासचिव राईले रेडियो एफएमको विकाससँगै मुलुकमा पछाडि परेका समुदायका आवाज राज्यसम्म पुग्न लागेकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । शेख मिडिया हाउसका अध्यक्ष फिरोज शेखको अध्यक्षतामा आयोजित एफएम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सिरहाका पूर्वसभापति तथा 'रेडियो सौगात'का सञ्चालक दिनेश्वर गुप्ता, पत्रकार सुरेन्द्रप्रसाद गुप्ता र 'रेडियो समग्र' एफएमका अनुज राउतलाई सम्मान गरिएको थियो । रासस

राजविराज नगरपालिकाका कर्मचारीको कुर्सीमा वसि घुस लिईरहेको एक पक्राउ

Posted: 27 Sep 2016 02:29 AM PDT

राजविराज, ११ असोज । राजविराज नगरपालिकामा कर्मचारीको कुर्सीमा वसेर सेवाग्राहीसँग घुस लिईरहेको आरोपमा सोमवार एक जना पक्राउ परेको छ । घुस लिईरहेको आरोपमा पक्राउ पर्नेमा राजविराज नगरपालिकाका एक कर्मचारीको भाई राजविराज नगरपालिका–७ निवासी २८ वर्षीय प्रकास चौधरी रहेका छन् । प्रकास नगरपालिकामा पञ्जिकाधिकारी पदमा कार्यरत लोकेन्द्र चौधरीको भाई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाजुकै कुर्षिमा वसेर जन्म, मृत्यु दर्ता गर्ने काम गर्दै आएका चौधरी एक सेवाग्राहीसँग एक हजार तीन सय घुस लिईरहेको अवस्थामा पक्राउ परेको हो ।

उनी विगत एक महिनादेखि दाजुकै कार्यकक्षमा वसेर सेवाग्राहीसँग लेनदेन र कामकाज गर्दै आएका थिए । एता, नगरपालिकाका कार्यकारी अधिकृति विष्णुप्रसाद गुरुङ्गले कर्मचारी नै नभएका ब्यक्तिलाई यसरी महिनौदेखि कार्यालय गर्दा पनि कहिल्यै नरोकेको अन्य कर्मचारीको भनाई छ ।कार्यालयको एक कर्मचारीका अनुसार
कार्यकारी गुरुङकै मिलोमतोमा घुस लेनदेनको काम हुदै आएको छ । अर्कोतर्फ सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले यसरी सेवाग्राहीसँग घुस लिने ब्यक्ति र त्यसलाई प्रयोग गर्ने कर्मचारीमाथि आवश्यक अनुसन्धान सूरु गरिएको तथा संलग्ता कर्मचारीलाई कानुन वमोजिम कारवाही गरिने बताए l
सभार : सि एफ एम

बिराटनगरमा आज २५ लाख लुटपाट

Posted: 27 Sep 2016 01:27 AM PDT

बिराटनगरमा आज लुटपात भएको छ । विराटनगरको बुधहाट चौकको बि प्लट भवन छेउको स्थानबाट पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटपाट भएको हो । नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालय विराटनगरमा जम्मा गर्न ल्याएको २५ लाख रकम लुटिएको जानकारी आएको छ । प्राप्त जानकारी अनुसार तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैङ्कबाट राष्ट्र बैङ्कमा जम्मा गर्न ल्याइएको २५ लाख रुपैया कार बाट लुटिएको हो । रकम मंगलबार दिउँसो १०:४० बजे अज्ञात समूहले लुटपाट गरेको हो । अज्ञात समूहले गाडीको शिशा फुटाई रकम लुटेको गाडीका चालकले बताए। घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजदेखि ५० को नयाँ नोट बजारमा

Posted: 26 Sep 2016 11:38 PM PDT

भेडाको चित्र हटाएर किन राखियो हिउँचितुवा?

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि रु ५० दरका नयाँ नोट बजारमा पठाउने भएको छ। नयाँ नोटमा गभर्नरका रुपमा डा. चिरञ्जीवी नेपालले हस्ताक्षर हुनेछ भने पुरानो नोटमा भएको चित्रको ठाउँमा नयाँ चित्र आउनेछ।

बजारमा पठाउनका लागि गभर्नरले हिजै साँझ मुद्रा व्यवस्थापक विभागलाई स्विकृति दिएका थिए। गभर्नर नेपालले नयाँ नोटमा नेपालकै 'हिउँचितुवा'को तस्बिर राखिएको जानकारी दिँदै पहिलो पटक नेपाली नोटमा प्रामाणिक तस्बिर राखिएको बताए।


पुरानो नोटमा हिमालतिर भेटिने भनिएको 'हिमाली भेडा' अर्थात् थारको तस्बिर राखिएको थियो। 'थार प्रमाणित जनवार होइन। छ भनिएको छ तर त्यो छ कि छैन कसैलाई थाहा छैन,' नेपालले भने, 'यसपालि नेपालमै पाइने हिउँचितुवा राखिएको हो।'

गभर्नर नेपालले एक हजारबाहेक सबै नोटमा प्रमाणित जनवारहरु मात्र राखिएको जानकारी दिएका छन्। अहिलेसम्म १०० को नयाँ नोट मात्र बजारमा छ।

'आजैदेखि नयाँ नोटको वितरण सुरु हुनेछ,' विभागका कार्यकारी निर्देशक भुवन कँडेलले भने, 'नयाँ नोटको विशेषता भनेको हिउँचितुवासँगै नयाँ गभर्नरको हस्ताक्षर।'

उनले ठूला दरका नोटमा सेक्युरिटिज फिचरहरु राखिए पनि ५ देखि ५० सम्मका नोटमा नथपिएको जानकारी दिए। 'लागतका कारणले पनि सानो दरका नोटहरु नक्कली निस्कँदैनन्,' उनले भने, 'ठूला दरका भने हरेक पटकजसो हामीले सेक्युरिटिज फिचर थपिरहेका हुन्छौं। किनभने यसको नक्कली निस्कने सम्भावना बढी हुन्छ।'
 

पैसा कसरी प्रयोग गर्ने?

राष्ट्र बैंकले नयाँ नोट नीति अन्तर्गत सर्वसासधारणलाई पैसा प्रयोग गर्ने विधि पनि सिकाएको छ। उसले ९ वटा बुँदामा नयाँ नोट प्रयोग गर्ने विधि सिकाएको हो।

'नयाँ नोट दसैंमा मात्र होइन हरेक समयमा उपलब्ध गराउने हाम्रो नीति हो,' गभर्नरले भने, 'त्यसका लागि सर्वसाधारणले पनि पैसा प्रयोग गर्न जान्नुपर्छ।' उनले पैसालाई जतन गरेर चलाए सधैंभरि नयाँ नोट बोक्न सकिने बताए।


प्रयोग विधिबारे राष्ट्र बैंक यसो भन्छ-

  • मनी ब्याग वा परेसको प्रयोग गरी नोटको जतन गर्ने।
  • नोटलाई जथाभावी केरमेट नगर्ने।
  • नोटलई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो र पानीबाट जोगाउने।
  • नोटलाई कच्याककुच्चक नपार्ने, पोको नपार्ने तथा जमिनमा नगाड्ने।
  • पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएको हातले नोट नछुने।
  • आवश्यकभन्दा बढी नोट बैंकमा जम्मा गर्ने।
  • बैंक चेक, एटिएम कार्ड प्रयोग गरी नगद कारोबार कम गर्ने।
  • कारोबारको क्रममा शंकास्पद नोटहरु पाइए राष्ट्र बैंक वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गराउने।
  • नोटलाई जतन गर्ने विधि अरुलाई पनि सिकाउने।             स्रोत:पहिलोपोस्ट 

टिकापुर घटनाका दोषीलाई माफी दिए गृहमन्त्री निधि बिरुद्ध कडा प्रतिरोध गर्ने नेपाल प्रहरीको चेतावनी

Posted: 26 Sep 2016 11:26 PM PDT

ऑनलाइन सिरहा डटकम असोज ११ ।  कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ । मधेस आन्दोलनका क्रममा टीकापुरमा दुइबर्से बालक र आठ प्रहरीको हत्या गर्ने आपराधिक व्यक्तिहरूमाथि लगाइएको मुद्दा झूटो भएको भन्दै गृहमन्त्री निधिले मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएपछि नेपाल प्रहरी नेतृत्वले त्यसको कडा प्रतिवाद र आलोचना गरेको छ । गृह र कानुन मन्त्रालयसाथै सर्वोच्च अदालतको विगतको फैसलाले समेत प्रहरीको अडानलाई बल पुर्‌याएपछि गृहमन्त्री अहिले अप्ठ्यारोमा परेका छन् । मधेस आन्दोलनका क्रममा विभिन्न व्यक्तिमाथि लगाइएको मुद्दा फिर्ता लिने लिखित सहमति गरेपछि मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो । त्यही सहमतिका आधारमा मधेसी मोर्चाले झन्डै पाँच सय हाराहारीमा मुद्दा फिर्ता गर्नुपर्ने व्यक्तिहरूको नाम गृहमन्त्रीलाई बुझाएको थियो । सूचीमा हालै प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा भेटेका प्रहरीको खोजी सूचीमा रहेका सद्भावना पार्टीका स्थानीय नेता एवं टीकापुर प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार रेशम चौधरीसमेत छन् । मधेसी मोर्चाले सूची बुझाएका झन्डै ५ सय हाराहारीमा मुद्दा फिर्ता लिने गृहमन्त्री निधिले बताएपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले त्यस्तो निर्णय नगर्न गृहमन्त्रीलाई सुझाव दिएका थिए । महानिरीक्षक अर्यालले गृहमन्त्री निधिसँग गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिए प्रहरी संगठन र प्रहरीको कार्यशैलीमा असर पर्ने बताएको स्रोतले उल्लेख गरेको छ । महानिरीक्षकको सुझाव सुनेपछि असन्तुष्ट बनेका गृहमन्त्री निधिले राजनीतिक विषयवस्तु भएकाले राजनीतिक ढंगले सुल्झाउन जसरी पनि उनीहरूको मुद्दा फिर्ता गरिने बताए । जबाफमा महानिरीक्षक अर्यालले भने, 'हत्या गरिएका ती प्रहरीका पत्नीहरू आए भने के जबाफ दिनुहुन्छ ? म ती सेता लुगा लगाएका एकल महिलालाई तपाईंकोमा ल्याइदिन्छु ।' महानिरीक्षकको भनाइबाट क्रुद्ध बनेका गृहमन्त्री निधिले, 'आन्दोलनकारी पनि मारिएका छन्, ती सबैको जिम्मा लिनुहुन्छ ? ' भन्दै महानिरीक्षक अर्याललाई प्रतिप्रश्न गरेको स्रोतले बताएको छ । गृह मन्त्रालयकै एक अधिकारीले पनि गृहमन्त्रीको मुद्दा फिर्ता लिने अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरेका छन् । 'गृहमन्त्रीज्यूले किन जघन्य अपराधका आरोपितहरूको मुद्दा फिर्ता लिने अभिव्यक्ति दिनुभएको हो', ती अधिकारीले भने, 'अदालती प्रक्रियामा रहेको मुद्दा फिर्ता लिन उहाँले भनेजस्तो सजिलो छैन ।' ती अधिकारीले मुद्दा फिर्ता लिन भएको कठिनाइबारे गृहमन्त्रीलाईसमेत थाहा भएको बताए । 'मुद्दा फिर्ता लिन कठिनाइ छ भन्ने मन्त्रीज्यूलाई पनि राम्ररी थाहा छ । खै किन विवादित अभिव्यक्ति दिनुभएको हो ? ' ती अधिकारीले भने, 'उस्तै प्रकृतिका मुद्दा खेपिरहेकाहरूले मुद्दा फिर्ता गर्न माग राखे भने के गर्ने ? ' सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीको २०६९ वैशाख ४ गतेको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गर्दै 'नियतवस गरेको हत्या, राज्यविरुद्धको अपराध, युद्धअपराध, मानवअधिकार र क्रूर तथा अमानवीय प्रकृतिका मानवताविरुद्धको अपराध, संगठित अपराध, महिला एवं बालबालिकाविरुद्धको अपराध, जाति हत्या, सार्वजनिक हकविरुद्धको अपराधजस्ता अपराधमा जुनसुकै सौदा गरी मुद्दा फिर्ता लिने निर्णय नगर्नू', भनेको छ । सर्वोच्चले नैतिक पतन देखिने फौजदारी कसुरसँग सम्बन्धित मुद्दा फिर्ता लिन नमिल्ने ठहर पनि गरेको थियो ।सरकारले सर्वोच्चको फैसलाविपरीत जबर्जस्ती मुद्दा फिर्ता लिएमा संविधानको धारा १२८ को उपधारा ४ अनुसार अवहेलनामा सजाय हुनसक्ने व्यवस्था छ । सोही धारामा सर्वोच्चको फैसला र आदेश सबैले मान्नुपर्ने बाध्यकारी प्रावधान छ । फौजदारी कानुनका ज्ञातासमेत रहेका वरिष्ठ अधिवक्ता लभकुमार मैनालीले गृहमन्त्री वा कसैले चाहँदैमा मुद्दा फिर्ता हुन नसक्ने बताए । उनले अन्नपूर्णसँग भने, 'कसैको मुद्दा फिर्ता लिन मिल्ने/नमिल्ने त अदालतले ठहर गर्ने हो । कसैको तजबिजमा गम्भीर प्रकृतिको मुद्दा फिर्ता हुँदैन ।' गृहमन्त्रीसँगको पटकपटकको छलफलमा सामान्य मुद्दा चलाइएका व्यक्तिहरूको मुद्दा फिर्ता लिन सकिने तर हत्या आरोपित व्यक्तिहरूको मुद्दा कुनै हालतमा फिर्ता लिन नहुने अडानमा गृहकै अधिकारीहरू छन् । उनीहरूले गम्भीर प्रकृतिका मुद्दा फिर्ता नलिन गृहमन्त्री निधिलाई आग्रह र दवाव दिइरहेका छन् । गृह मन्त्री निधिले भने प्रहरी हत्यामा संलग्न अपराधिहरूलाई राजनीतिक मुद्दाको संज्ञा दिदै सर्वोच्चको आदेश, कानुनको विधी र प्रक्रिया मिच्दै अदालतमा विचराधिन मुद्दा फिर्ता लिइ छाडने तयारी र अठोट गरेको गृहस्रोत बताउँछ । निधिलाई गृहसचिव लोकदर्शन रेग्मीको साथ छ । मुद्दा फिर्ता लिन मधेसी मोर्चाको दिनहुँजसोको दबाब र आफ्नै सहकर्मीको हत्या गर्ने अपराधीको मुद्दा कुनै पनि राजनीतिक सहमतिको आवरणमा लिन नहुने प्रहरीको अडानपछि गृहमन्त्री निधि चेपुवामा परेका छन् । प्रधानमन्त्री बन्न मधेसी मोर्चासँग मुद्दा फिर्ता लिने विषयमा सहमति गरे पनि मुद्दा फिर्ता प्रधानमन्त्री दाहाललाई समेत टाउकोदुखाइको विषय बनेको छ । गृहमन्त्री निधिले गत शनिबार गृह मन्त्रालयमा पत्रकारहरूसँग दसैंअघि नै मधेस आन्दोलनका क्रममा लगाइएका झूट्टा मुद्दा फिर्ता लिने बताएका थिए । प्रमुख प्रतिपक्षी एमाले, विभिन्न मानवअधिकार संघ/सङ्गठनले अदालतमा विचाराधीन मुद्दा तत्काल फिर्ता लिने भन्दै दिएको अभिव्यक्तिको चर्को विरोध गरेका छन् । सर्वोच्चको परमादेशमा पीडितलाई मुद्दा फिर्ताको सुनुवाइ प्रक्रियामा सहभागी गराउने र आफ्नो भनाइ राख्ने मौका दिनुपर्ने उल्लेख छ ।

मधेशी मोर्चाले समर्थन फिर्ता लिन सक्ने चेतावनी

Posted: 26 Sep 2016 08:45 PM PDT

काठमाडौं, ११ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । मोर्चाको सोमबार बसेको बैडकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको हो । बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले दाहालले मोर्चालाई धोका दिएको आरेप लगाएका थिए । बैठकपछि मोर्चाका नेता रामनरेश रायले मधेस आन्दोलनका क्रममा लगाइएको झुट्टा मुद्दा फिर्ता नभएकोमा बैठकले दुःख व्यक्त गरेको बताए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment