Onlinesiraha-Nepali |
लगातारको झरीले सिरहा जीवन कष्टकर Posted: 26 Sep 2016 06:20 AM PDT सुरेन्द्र कुमार कामति सिरहा, असोज १० गते । लगातारको झरीले सिरहाको जनजीवन प्रभावित बनेको छ । नियमित रुपमा यसरी भईरह्ने झरीका कारण गाउँघरका कच्ची सडकमा हिड्न नसक्ने भएको छ । गाउँघरका सडक साँघुरो र गाईवस्तु चल्ने भएकोले पनि सडकको अवस्था कहालिलाग्दो छ । पैदलयात्रा गर्न समेत कठिनाई भईरहेको छ । जिल्लाका सवै ग्रामीण सडक माटो र ग्राभेलको छ । जसले गर्दा वर्षाको पानीको निकास नहुँदा सडक खाल्डोमा परिणत हुने गरेको छ । वर्षा पानीले निकास नपाउँदा प्राथमिक स्वास्थ्य केन्द्र औरही नजिकै सडक भत्काएको छ । त्यस सडकलाई कटान गरी पानी बगिरहेको छ । यस्तै सिरहाको सिमावर्ती गाविसहरुको अवस्था दयनीय छ । सिरहा नगरपालिकासँगै टासिएको लक्ष्मीनियाँमा साईकल लिएर पुग्न नसक्ने अवस्था छ । जसले गर्दा आकस्मिक सेवाका सवारी साधन पुग्न गाउँमा पुग्न समस्या हुने लक्ष्मीनियाँका अरुण यादवको भनाई छ । गाउँघरका सडकहरु हिलाम्मे छ । पानी थुनिदाँ सडकमा खाल्डाखुल्डी भएको जिझौैल ५ का शिवनारायण यादवले बताए । यस्तै प्रिपा प्रपीको करहर्वामा वर्षाको पानीले फुसको घरमा क्षति पु¥याएको छ । नयाँ शक्ति नेपालका सिरहा संयोजक जीवछ यादवका अनुसार गरिव दलित वस्तीलाई लगातारको झरीले वढी क्षती पु¥याएको हो । सदरमुकाम छेउकै सिरहा नगपालिकाका वडाहरु महिसोथा, छोटकीटोल, बसपिट्टा, ठेंगही र कृष्णपुर, हकपारा, अर्नमा प्रपी लगायतको गाविसको अवस्था पनि उस्तै छ । यस्तै बलान र गागन नदि देउका हरकट्टी, तुलसीपुर, बरियारपट्टी, भगवानपुर, गाँढा गाविस भित्र पर्ने ग्रामीण सडकहरुमा खाल्डाखुल्डी र पानी जमेको छ । 'पानी निकास पनि छैन्, पैदल हिड्न नसक्ने अवस्था छ,' गाढाका कपिल कामतले थपे ।जिल्ला विकास समिति मातहतमा रहेको कृषि सडकको अवस्था झन दयनीय छ । वर्षे विकासले हुने काम गुणस्तरीय नहुँदा सडकहरु भाँसिने गरेको छ । नयाँ र ग्राभेल सडकको दुईतर्फ पानीले बगाउने गरेको छ भने सडकहरुमा दुई फिट जति खाल्डाखुल्डी भएको छ । यसले सवारी आवतजावतमा कठिनाई छ । गाउँहरुमा चारपाङे् मात्र होइन दुई पाङ्े सवारी साधन पुग्न सक्ने अवस्था नभएको नेपाल पत्रकार महासंघका अध्यक्ष देवकुमार यादवले बताए । उनले भने,'स्थानीय निकायले सडक स्तोरोन्नती र मर्मत सम्भार समयमा नगर्दा ग्रामीण सडकहरु हिड्न नसक्ने भएको छ ।' फोटो क्याप्सन ः लगातारको झरीले सिरहाको ग्रामीण सडकहरु हिलाम्मे हुँदा जनजीवन प्रभावित भएको छ । झरीको पानीले ठाउँ ठाउँमा सडक भत्काउँदा आवतजावतमा समस्या थपिएको छ भने त्यस्ता बहाब हुने सडकमा बालबालिकाहरु माछा मार्दै रमाउने गरेको छ । |
आजबाट बर्दिबासका उपभोक्ताले खानेपानी पाउने Posted: 25 Sep 2016 09:10 PM PDT , असोज १० गते । खानेपानीको हाहाकार खेप्दै आएका महोत्तरी बर्दिबासका जनताले सोमबारबाट खानेपानी पाउने उपभोक्ता संस्थाले जनाएको छ । पहिरो खसेर फुटेको खानेपानीको पाइप शनिबार जोडिएसंगै खानेपानीको लाइन सहज भएपछि बर्दिबास नपाको १,२,३ र ४ गरि चार वडाका २० हजार जनताले सहज रुपमा पानी पाउने भएका छन् ।आइतबार घण्टौं लगाएर बर्दिबास नपा–५ स्थित कारे खोलाको भिरमा फुटेको पाइप सशस्त्र प्रहरी बल छिन्नमस्ता गणका २० जना समूहको सहयोगमा खानेपानी संस्थाका कर्मचारीले पाइप जोडेका छन् । खानेपानीको वितरण लाइनमा समस्या कुनै खराबी नआए सोमबारदेखि उपभोक्ताहरुले घरकै धाराबाट सहजरुपमै पानी पाउने उपभोक्ता संस्थाका अध्यक्ष चुडामणी पोखरेलले बताए । लागातारको वर्षातले खोलामा आएको बाढी र पहिरोले खानेपानीको मुहान र पाइपमा क्षति पु¥याएपछि बर्दिबासमा एक सातादेखि खानेपानीको चरम अभाव भएको थियो । आजको द पब्लिक टुडेमा खबर छ । |
You are subscribed to email updates from OnlineSiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment